लुम्बिनी प्रदेश : एमालेको एकल सरकार बनाउन मुख्यमन्त्रीको राजीनामा


विचार
आयाेमेल संवाददाता
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत

आयाेमेल संवाददाता
प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा…

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत

आयाेमेल संवाददाता
माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद…

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश


लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलले दिएको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गरेका छन्। प्रदेश प्रमुख कार्यालयका प्रवक्त्ता चिरञ्जिवी पौडेलका अनुसार प्रदेश प्रमुखले अर्को व्यवस्था नभएसम्मका लागि मौजुदा मन्त्रिपरिषदलाई नै प्रदेश मन्त्रिपरिषदको कार्यभार सम्हाल्न तोकेका छन्।

यसअघि संविधानको धारा १६८ (२) अनुसार बनेको सरकारबाट माओवादी केन्द्रका दुईजना मन्त्री बाहिरिइसकेपछि धारा १६८ (१) अनुसार सरकार बन्नुपर्ने परिस्थिति सिर्जना भएकोले मुख्यमन्त्री पोखरेलले राजीनामा दिएको मुख्य मन्त्री पोखरेलका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिए।

‘विपक्षी दलबाट अविश्वास प्रस्ताव दर्ता भइसकेपछि सरकार गठनका लागि मार्ग प्रशस्त गर्न उहाँले राजीनामा गर्नु भएको हो,’ केसीले भने।

संविधानको धारा १६८ (१) मा प्रदेश प्रमुखले प्रदेशसभामा बहुमतप्राप्त संसदीय दलका नेतालाई मुख्यमन्त्री नियुक्त गर्ने व्यवस्था छ।

उपधारा (१) बमोजिम प्रदेशसभाको कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा प्रदेशसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेशसभा सदस्यलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गर्न सक्ने उपधारा (२) मा भनिएको छ।

विपक्षी दलहरूको निवेदनका आधारमा आइतबार विशेष अधिवेशन बस्नुअघि मुख्यमन्त्री पोखरेलले राजीनामा दिएका हुन्। अपराह्न बस्ने विशेष अधिवेशनमा उनीविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि छलफल हुने कार्यसूची तय भएको छ।

ठूलो दलको हैसियतले अब पोखरेल फेरि आफै मुख्यमन्त्री भएर सरकार बनाउनेछन्।

लुम्बिनी प्रदेश सभामा ८१ जना संसादमध्य एमालेको ४१ जना छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
माओवादीलाई लक्षित गर्दै ओलीले भने : सिंह बनाएपछि तँलाई नै…

'मैले सिद्धिन लागेको, ४–५ सिट ल्याउन नसक्ने माओवादीलाई ४० प्रतिशत दिएर सहयात्रा गरेँ। माओवादीले जुन हैसियत प्राप्त गर्‍यो, सिंह बनाएपछि

प्रधानमन्त्री ओली भन्छन् : मैले होइन्, संविधानले प्रतिनिधिसभा विघटन गरायो

'मन्त्रिपरिषदको सिफारिसमा अथवा संविधानको धारा ७६ (७) बमोजिम विश्वासको मत प्राप्त गर्न नसकेपछि अनिवार्यरुपमा ६ महिनाभित्र अर्को प्रतिनिधिसभाको निर्वाचन सम्पन्न

माओवादी केन्द्रबाट एमाले प्रवेश गरेका १४ जनप्रतिनिधिको पद रिक्त

निर्वाचन आयोगले नेकपा माओवादी केन्द्रबाट निर्वाचित भएर नेकपा एमालेमा प्रवेश गरेका स्थानीय तहका १४ जनप्रतिनिधिहरुको पद रिक्त गराएको छ। आयोगले

अमेरिकामा आवासीय भवन भत्कियो : एकको मृत्यु, दर्जनौं बेपत्ता

अमेरिकास्थित फ्लोरिडा राज्यको मियामी शहरमा १२ तल्ले आवासीय भवन भत्किएको छ। भवन भत्किँदा हालसम्म एकजनाको मृत्यु पुष्टि भएको छ भने