संक्रमितको उपचार नगर्नेलाई जेल हाले हुन्छ : डा. जागेश्वर गौतम


विचार
आयाेमेल संवाददाता
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु

आयाेमेल संवाददाता
कोरोना खोपको चरम अभावले गरिब देश संकटमा :…

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव

आयाेमेल संवाददाता
कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी,…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे


शुक्रबार स्वास्थ्य मन्त्रालयले एउटा विज्ञप्ति निकाल्यो। त्यसमा भनिएको थियो– अस्पतालहरूमा अब बेड नै नपाउने अवस्था आइसक्यो। सावधान र संवेदनशील हुन आग्रह गर्दछौं।

सरकारले किन यति चाँडै महामारीको व्यवस्थापनबाट हात झिक्न खोज्दैछ? आयोमेलकर्मी पुष्पराज चौलागाईंले स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमसँग यसबारेमा थप कुरा बुझ्न खोजेका छन्–

महामारीको व्यवस्थापनबाट किन यति चाँडै हात पन्छिन खोज्नु भएको?

त्यसको एउटै कारण छ। कोरोना संक्रमण जसरी बढेको छ, नागरिक गम्भिर छैनन्। हामी के सोचेका थियौँ भने मानिसहरू संक्रमणदेखि डराउन्। संक्रमण यसरी जाँदैगरोस्, कन्ट्रोल गर्दै जान्छौ भन्ने हाम्रो रणनीति थियो।

जुन रणनीती हामीले १५ महिना अघिदेखि लिएका थियौं। तर यो रणनीती अहिलेको अवस्थामा फेल खायो। मानिसहरू पटक्कै डराएका छैनन्। तपाईंहरू घरमा बस्नुहोस्, बाहिर नस्किनुहोस् भनेर हजार अनुरोध गर्‌यौं। त्यसमा पनि मानिस गम्भीर हुन सकेनन्। 

हाम्रा मानिसलाई डर देखाउनैपर्ने, लठ्ठी हान्नैपर्ने, बाटो हिँडाएको गाडी प्रक्रिनैपर्ने रहेछ। देखियो त्यस्तो व्यवहारले।

त्यही भएका कारण हामीले अहिले कस्तो अवस्था छ भनेर भनिदिन खोजेका हौं। ताकि मानिसहरू डराएर अलि होसियार होउन् भन्ने चाहना हो। त्यसो गर्दा नागरिक आफ्नै जीवन बच्ने हो। तपाईं–हामी सबैलाई राम्रो हुन्छ।

देशमा कति संक्रमितलाई उपचार गर्ने क्षमता छ?

संक्रमितलाई कति बेड छ भन्ने छैन। सरकारले आदेश जारी गर्छ। सरकारी, निजी अस्पताल हाम्रै हो। स्रोत, साधनले धान्न नसकेमा निजी अस्पताल लिएर चलाउछौं।

निजीले साझेदारी मार्फत जान अनुरोध गर्छौं। नत्र सरकारले निजी अस्पताल लिएर चलाउने योजना छ।

नागरिकको स्वास्थ्य भन्दा ठूलो के हुन सक्छ? हामी दिन्छौं उनीहरूको पैसा कति हो?  हामीसँग सम्झौता गर्न आउने निजी अस्पताललाई गम्भीर बिरामी उपचार गरे प्रति दिन–प्रति बिरामी १५ हजार, त्यसभन्दा तल सात हजार र तीन हजार पाँच सयको दरले अहिले पनि दिइरहेका छौं।

जो आफै चलाउछौं भन्छन्। हामीले तोकेको शुल्कमा ५० प्रतिशत थपेर लिन सक्छन्। त्यो भन्दा बढी लिएको खण्डमा बाणिज्य बिभागलाई लेखेर पठाउँछौ। जथाभावी पैसा लिन पाइन्न।

स्वास्थ्य मन्त्रालयले हामी उपचार गर्न नसक्ने भयौँ भनेर सन्देश दिँदा धेरै ठाउँबाट आलोचना भइरहेको छ नि?

आजको आजै थाहा हुने हो यो सबै कुरा। हात उठाउँछ कि उठाउँदैन। हेर्नुहोस् न। धैर्य गर्नुहोस् न। हामीले स्रोत–साधन छैन भनेर भन्नु कोरोना नियन्त्रण गर्ने एक उपाय हो। धेरै मानिसले आलोचना गरे भनेर तपाईं दुखी हुनुभयो? प्रजातन्त्रमा आलोचना गर्दैमा के फरक पर्छ र।

डाक्टर जागेश्वर गौतमको बारेमा कति आलोचना भएको थियो। पछि थाहा पाए नि ठीक कुरा बोल्दो रहेछ भनेर। मलाई त्यसमा किन दुखी हुनुपर्ने? सार्वजानिक पदमा भएपछि आलोचनासँग डराउनु हुँदैन। त्यसबाट शिक्षा लिने मात्र हो।

पत्रकारहरूलाई पनि धेरै कुरा पढाउनै पर्ने भएको छ। दुरी कायम गर्ने, मास्क लगाउने बाहेक कोरोनाबाट बच्ने कुनै पनि अन्य उपाय छैन। अहिलेको लकडाउन पनि त्यसैको लागि गर्नुपरेको हो। त्यो भन्दा अरू छ भने हामीलाई भन्दिनुहोस्। सबैलाई थाहा छ नि यो कुरा। गर्ने नसक्ने अनि सरकारतिर तेर्साउने। आफू नगर्ने अनि त्यसैमा सरकारको आलोचना गरेर आत्मसन्तुष्टि लिने?

यो राजनीतिक विषय होइन। यो माहामारी हो। जनस्वास्थ्यको समस्या हो। जनस्वास्थ्यको समस्यालाई राजनैतिक रंग दिएर केही हुनेवाला छैन। यो माहामारीले कुनै सरकार ढल्ने वाला पनि छैन। अर्को आउनेवाला पनि छैन।

धेरै मानिसको क्षति हुन्छ। जति क्षति हुन्छ हाम्रै दाजुभाई–दिदीबहिनी, बा–आमा, छोराछोरी हुन्। उनीहरूलाई बचाउने कर्तव्य लागि हामीले बोलेको शब्द कडा भयो भने पनि केही बिग्रिदैँन।

एचयुडि बेड तयार गर्ने भनेर मन्त्रालयले सबै अस्पतालाई पैसा निकासा गरेको थियो। तर, समयमा किन निमार्ण हुन सकेन? मन्त्रालयले किन राम्रोसँग काम गर्न सकेको छैन?

८ सय ५० बेड तयार भएको छ। अरू पनि बन्ने प्रक्रियामा छन्। जहाँ बस्ती छन् त्यहाँ धेरै बेड हुन्छन्।

काठमाडौंमा निजी मेडिकल कलेजलाई समेत हामीले पैसा दिएका छौं। प्रदेशलाई ७५–७५ वटा एचयुडी बेड निमार्ण गर भनेर पैसा निकासा गरेको छौं। अस्पताल, प्रतिष्ठान सबैलाई दिएका छौं। यो पैसा दिएको गत असोजमै हो। त्यति बेला नै पैसा लिएर तयार नगर्ने अस्पतालको विकल्प खोजिन्छ। पैसा दिएर काम नगर्ने, के गर्न बस्या त्यहाँ?

जनतालाई सेवा चाहिँदा सरकारले पैसा दिँदा पनि नबनाउनेलाई पूजा गरेर राख्ने? उहाँहरूको पनि विकल्प सोचिन्छ।

काम नगर्नेहरूले बाटो खुल्ला गर्नुपर्छ। यो एक सय बर्ष पछि आएको ठूलो माहामारी हो। यो हैजा वा अरुजस्तो महामारी आएको होइन।

यस्तो बेलामा कानमा तेल हालेर सुत्ने। टेण्डर गर्न नसक्नेलाई सरकारले डाइरेक्ट किन्न मिल्छ भनेको छ। मन्त्रिपरिषद्ले निर्णय गरेको छ। के कुराले रोकेको?

आज बेड पाएन भनेर मिडियाले गीत गाउने। अनि त्यही गीतमा उनीहरू ताली बजाउने? यसको बारेमा मन्त्रालयले सोचेको छ। असक्षम मानिस पाखा लाग्नुपर्छ, सक्षम आउँछन्।

सरकारलाई काम हुनेसँग मतलव छ नि। वीर अस्पताल, शिक्षण अस्पतालको निर्देशकलाई यो प्रश्न किन सोध्नु हुन्न? स्वास्थ्य मन्त्रालय तिर मात्रै किन फर्केर कुरा गर्नुहुन्छ तपाईं? स्वास्थ्य मन्त्रालयमा केपि शर्मा ओलीको अनुहार देख्नुहुन्छ। एक दिन आयोजना गर्नुस् राउण्ड टेबल गरौं न। काठमाडौंका पाँच वटा अस्पतालका निर्देशक सहित मलाई बोलाउनुहोस्। त्यहीँ सबै कुरा गरौँला।

दैनिक पाँच हजार भन्दा धेरैको दरमा संक्रमण बढिरहेको छ। नेपालले अझै कस्तो अवस्थासम्म भोग्नुपर्ने होला, के संकेत पाउनुभएको छ।

यसमा दुई कुरा छन्। यो रोग लागेर बाँचेका मानिसको भविष्यमा के हुन्छ भन्ने बारेमा कसैलाई थाहा छैन। हामीँसग १५ महिनाको मात्रै हिस्ट्री छ। आज आइसियुमा बसेर बाँचेका भोलि के हुन्छ केही पनि थाहा छैन।

जनस्वास्थ्यका मापदण्ड पालना गरिएन भन्ने संक्रमण दर बढ्ने निश्चित नै छ। मास्क नलाई हिँड्नुहुन्छ त। तपाई–मलाई रोग नलाए कसलाई रोग लाग्छ त? हामी ठूला–ठूला कुरा गरिरहेका छौँ नि। ती भन्दा जनस्वास्थ्यको मापदण्डलाई पालना गर्नुपर्छ।

खोप पनि सबैलाई लगाउन पाइएको छैन। संसारमा खोप पनि उपलब्ध छैन। एक अर्ब डोज बनेको छ। साढे छ अर्बलाई लगाउन पर्नेछ।

यो रोगको प्राकृतिक हिस्ट्री कस्तो छ भनेर भन्न सकिन्न। तर, स्थित भयावह हुने नहुने कुराचाँही जनताको व्यवहारमा फरक पर्छ।

बिरामी भएपछि उपचार गर्ने काम सरकारको हो। तर तीन करोडका पछाडी एक–एक जना पुलिस लगाउन सम्भव छ र? स्वास्थ्य मन्त्रालयका पचास जना कर्मचारीले यो सब गर्न सम्भव छ?

अर्को कुरा नेपालमा जानी नजानी कनिकुथी कुरा गर्ने धेरै विज्ञ छन्। स्वास्थ्य मन्त्रालयले व्यवस्थापन गरिरहेको छ। एउटा फुटपाथमा हिँडेको मान्छेले सबै जान्ने हुन्छ? त्यस्ता मानिसको भाषा मिडियाले लेख्ने गर्छन्।

जसले काम गरेको छ। त्यसको कुरा लेख्दैनन्। उल्टो–पाल्टो पारेर लेख्छन्। जब हाम्रो प्रस्ताव सिसिएमसीमा लगेर पास हुन सकेन। त्यसपछि मन्त्रालये के निर्णय गर्‌यो भने, सर्वसाधारणलाई अनुरोध गरियो। त्यसबाट बुझ्नुपर्दैन?

यो अवस्था भयावह रहेछ। मन्त्रालयले नेपाल सरकारको अनुमति विना पनि यस्तो बोलिरहेको छ भन्ने मानिसले ठम्याउन पर्दैन? भारतको जस्तो अवस्था आउन सक्छ। किनभने संक्रमण दर भारतको भन्दा नेपालमा धेरै छ।

भारतको ‘आर’ (एकजनाले अर्कोमा संक्रमण सार्ने दर) १.६ छ। नेपालको २ भन्दा बढी छ। अर्थात् नेपालमा अहिले एकजना संक्रमितले २ जना भन्दा बढीलाई संक्रमण सार्नसक्छ। र त्यो संक्रमण त्यसैको दोब्बर हुँदैजान्छ। अर्थात् २ बाट ४, अनि ४बाट ८ यस्तै यस्तै।  

भन्दा भन्दा हाम्रो घाँटी सुकिसक्यो। लेख्नेले उल्टो लेख्छन्, सुन्नेले उल्टो सुन्छन्।

अनि सरकारको विरोध गर्ने अस्त्र बनाउँछन्। सबै मिलेर बाँचौ अनि हाम्रो हिसाब खोजौँला। क–कसको कति ठिक–कति बेठिक भनेर। बाँचियो भने सबै कुरा गर्न पाइन्छ।

पत्रपत्रिका, अनलाइनहरूले पनि सकारात्मक रूपमा लेखेको देखिएन। जुन एकदम दु:खद् कुरा हो।

संक्रमणको दोस्रो लहरलाई तपाईं आफैले कसरी हेर्नुभएको छ?

बिरामी धेरै गम्भीर भएका छन्। एकदम धेरै मानिसले दु:ख पाएका छन्। आज एउटा बिरामीले फोन गरेर के भन्यो भने, निजी अस्पतालको प्रसंग थियो। वार्डमा बस्दा अक्सिजन नपाउने सम्भावना हुन्छ। त्यसो भएर अक्सिजन पाउने आइसियुमा बस्नुहोस्। नेपाल सरकारले तोकेको मूल्य साढे २२ हजार हो। त्यो तिर्नुहोस् अनि मात्रै भर्ना गर्छु भन्यो रे!

हेर्नुहोस् त। मानिसलाई कति गाह्रो छ। बिचरा त्यो बिरामीलाई थाहा छैन नि, अक्सिजन कति चाहिने हो।

त्यस्तो अप्यठारो पारेर पैसा लिने काम गरेका छन्। तर, वार्डमा बस्नुपर्नेलाई आइसियूमा राखेर मनलाग्दी पैसा असुली गरिरहेका छन्। यहि बेला हो कमाउने भनेर लागिपरेका छन्।

बिरामीले धेरै दु:ख पाएका छन्। अस्पताल पुर्‌यो उसले लिँदैन। अस्पतालले आकस्मिक सेवा दिन्न भन्न मिल्छ?

उदाहरणको लागि कोही कोभिडको बिरामीको आयो। उसलाई न्यूरो सर्जरी सेवा दिन सक्दैन भने सम्पर्क गरेर सम्बन्धित अन्य अस्पतालमा पठाउनुपर्‌यो नि।

यहाँ नि हुँदैन। उता नि हुँदैन। यता–उति गर्दै बिरामीको मृत्यु हुन्छ। त्यस्तालाई तुरून्तै जेल हाल्नुपर्ने हो।

डाक्टर होस् वा अरू कोही। सक्ने त गर्नुपर्‌यो नि। राज्यलाई अप्ठारो परेको यही बेला हो। यही बेला ठग्ने हो भनेर लाग्न मिल्छ?

सरकार कमजोर छ। यही बेला हो ढाल्ने भनेर लागिपरेको छन्। जहाँ अनुसान छ त्यहाँ सजिलै कन्ट्रोल हुँदोरहेछ। साउथ कोरिया, चीन, जापन, जर्मनीजस्ता देशलाई हेरौं न। भारत, नेपालजस्ता कच्चा प्रजातन्त्र भएको देशमा व्यवस्थापन गर्न धेरै गाह्रो रहेछ। किनभने मानिस यसलाई टेरेकै छैनन्।

बुझेका पनि उल्टो बुझाइरहेका छन्। अहिले हामी अलि अप्यठारो अवस्थामा आएका छौं। सात दिनपछि सिनारियो फरक हुने अवस्था छ। अहिलेको लकडाउनले तीन हप्ता संक्रमण दर घटाउन सकेन भने एकदमै भयावह अवस्था पुग्छौं।

सकारको तयारी छैन। तयारी भएन अनि मानिसले लकडाउन वा निषेधाज्ञा गर्ने? भनिरहेका छन्। त्यो गफ हो। पछिल्लो वर्षको तयारीको लागि नै गरिएको हो। तर, यसपटक होइन।

मानिसको भीडभाड कन्ट्रोल गर्नका लागि गरिएको हो।

तपाई आफैं भन्नुहुन्छ, नागरिकले उपचार नपाएर दु:ख पाएका छन्। निजी मेडिकल कलेजले ठगिरहेका छन्। तर, किन त्यस्तालाई कारबाही गर्न सक्नुहुन्न?

राज्य संघीयतामा गएको छ। स्थानीय तहमा २५ हजार कर्मचारी छन्। तिनले गर्ने हो अनुगमन। केन्द्रमा जम्मा २ हजार ५ सय कर्मचारी छन्। २५ सय कर्मचारीले देशभर गर्न सक्दैन। सिस्टमले गर्ने हो। हामीले नगर्ने अनुरोध गरिहेका छौं।

किनभने अहिले उनीहरूलाई पूरै विच्काउनु पनि भएन। उनीहरूको बेड पनि हामीले प्रयोग गर्नुपर्छ। कलेक्सन गर्दै उनीहरू पनि साथै लिएर जानुपर्छ। अहिले ठूला–ठूला कुरा गरेर भोलि गाह्रो पनि पर्नसक्छ।

सरकारको अबको योजना के छ?

कन्ट्रोल गर्ने रणनीति नै हुन्छ। उपचार गरेर ठीक हुने रोग होइन। अक्सिजन, आइसियु र रेमडिसिभिर, भेन्टिलेटर भयो भने बाँचिन्छ भन्ने मानिसमा भ्रम छ। जुन कुरा धेरै गलत हो। भेन्टिलेटरमा गएका कति जना फर्किए भन्ने हिसाब राख्नुपर्छ। त्यो हिसाब डरलाग्दो छ।

यो रोग पहिलाको भन्दा जटिल भएर आएको छ। धेरै संक्रामक भएको छ। अहिले लक्षण धेरै छन्। अहिले नै दूरी कायम गर्ने, मास्क लगाउने गरिएन भने भयावह अवस्था आउँछ।

महामारीले भयावह रुप लिइरहेको छ,  तपाईंले देख्नुभएको समस्या र त्यसको समाधान के हो त?

सर्वसाधारणले कोरोना खतरा हो, यसको उपचार छैन, यसबाट बच्न सकियो भनेमात्रै जीवन बाँच्छ भनेर महसुस गरेर घरबाट बाहिर नस्किनुहोस्। जनस्वास्थ्यका मापदण्ड पालना गर्नुहो। पुग्दो–नपुग्दो त्यही मिलाएर खानुपर्छ। अहिले आधा पेट खाए पनि मृत्यु हुँदैन। तर, कोरोना लाग्यो भने बाँच्न गाह्रो पनि हुनसक्छ।

स्वास्थ्यकर्मीलाई यस्तो खालको दु:खद् अवस्था कहिले आएको थिएन। मिहीनतका साथ सबैले काम गरौं। हामी पनि त्यही समाज, सर्वसाधारणको माझबाट आएका हौं। तिनै जनताको छोरा–छोरी हौं।

त्यसकारण हामी पनि बचौं र अरुलाई पनि बचाऔं। र, स्वास्थ्य संस्था चलाउनेहरू पनि अहिले अप्ठ्यारो पारेर असुली गर्ने काम नगरौं। पाप–धर्मको कुरा सोंच्नुपर्छ।

अहिले म कसैलाई पनि नराम्रो शब्द बोल्न चाहन्नँ। किनभने सबैलाई अप्ठ्यारो नै परेको छ। हाम्रो स्रोत–साधन र बुझाईको लेबलले गर्दा झन् बढी भयावह अवस्था आउनसक्छ। कोरोनासँग सबैजना मिलेर लडौं।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ट्याक्टर दुर्घटनामा सहचालकको मृत्यु

काठमाडौं – बागलुङमा आज बिहान ट्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु भएको छ। बागलुङ नगरपालिका–३ रात्माटामा ध१च ८३ नम्बरको ट्याक्टर सडकबाट

कोरोना खोपको चरम अभावले गरिब देश संकटमा : डब्ल्यूएचओ

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले गरिब देशमा कोरोनाविरुद्धको खोपको अभाव भएको बताएको छ। उसले ती देशहरुमा देखिएको खोप अभावले खोप

कोपा अमेरिका : अर्जेन्टिना लगातार दोस्रो खेलमा विजयी, उरुग्वे र…

काठमाडौं – कोपा अमेरिकामा अर्जेन्टिनाले लगातार दोस्रो जित निकाल्दा उरुग्वे र चिलिले बराबरी खेल्दै अंक बाँडेका छन्। आज बिहान सम्पन्न

काठमाडौं उपत्यकाको निषेधाज्ञा आजदेखि थप खुकुलो, निजी र ट्याक्सीमा जोरबिजोर

कोभिड–१९ संक्रमण न्यूनीकरण हुँदै गएपछि काठमाडौं उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधान तथा ट्याक्सीमा जोरबिजोर प्रणाली लागू