मंगलबारदेखि कपिलवस्तुमा पूर्णलकडाउन


विचार
आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७

आयाेमेल संवाददाता
भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा…

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५

आयाेमेल संवाददाता
हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

झापा – झापामा हात्तीको आक्रमणमा परी मंगलबार (आज ) एकजनाको


समुदायस्तरमा कोरोनाको संक्रमण भेटिएपछि कपिलवस्तु जिल्ला पूर्णलकडाउन गर्ने निर्णय गरिएको छ। 

जिल्लास्थित कोरोना संकट व्यवस्थापन समिति (डिसिसिएमसी) को सोमबारको बैठकले साउन २७ गते बिहान ५ बजेदेखि साउन ३२ गते राति १२ बजे सम्मका लागि पूर्णलकडाउन गर्ने निर्णय गरेको हो।

बैठकले जिल्लामा कोरोना संक्रमणबाट प्रभावित भएको निष्कर्ष निकाल्दै उक्त निर्णय गरेको हो। 

बैठकले अतिआवश्यकीय वस्तु ढुवानी, एम्बुलेन्स, शवबाहन र राजमार्ग भएर गुड्ने सवारी साधनहरू (जिल्ला भित्र चढ्न-ओर्लन नपाउने गरी) बाहेकका जिल्लाभित्र गुड्ने सबै प्रकारका निजी र भाडाका सवारी साधन सञ्चालन नगर्ने निर्णय गरेको छ।

त्यसैगरी सबै किसिमका व्यापार, व्यवसाय बन्द गर्ने, उद्योगधन्दा, कलकारखानाको हकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको न्यूनतम स्वास्थ्य मापदण्ड अपनाइ सञ्चालन गर्न सक्ने, सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने सेवा पूर्णरूपमा बन्द गर्ने निर्णय गरेको छ।

खाद्यान्न तथा तरकारी किनमेलका हकमा भने  दैनिक दुई घन्टा बिहान ८ देखि १० बजेसम्म मात्रै पसल खोल्ने निर्णय गरिएको छ। 

कपिलवस्तु जिल्ला कोरोना संक्रमणको उच्च जोखिममा रहेको महसुस गरी साउन २७ देखि साउन मसान्तसम्म पूर्णलकडाउन गर्ने निर्णय गरिएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलले जानकारी दिए। सोमबारसम्म जिल्लामा कूल ८ सय ६७ जनामा कोरोनाको संक्रमण पुष्टि भइसकेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप

हात्तीको आक्रमणमा परी एकजनाको मृत्यु

झापा – झापामा हात्तीको आक्रमणमा परी मंगलबार (आज ) एकजनाको मृत्यु भएको छ। मेचीनगर नगरपालिका-९ तल्लो मागुरमाडीका ४५ वर्षीय श्याम

आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा नगरपालिका आज रातिदेखि ‘सिल’ गरिने भएको छ। स्थानीय जनप्रतिनिधिलगायत कोभिड