बिचौलियाको कठपुतली बनेको सरकारबाट कुनै आसा छैन : कांग्रेस


विचार
आयोमेल संवाददाता
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपील

काठमाडौं–काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा

आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त

आयोमेल संवाददाता
सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका


प्रमुख विपक्षी नेपाली कांग्रेसले कोरोना संक्रमण नियन्त्रणमा सरकार पूर्ण असफल भएको आरोप लगाएको छ। 

समितिले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी कोरोना नियन्त्रणमा सरकारले गरेका कामप्रति असन्तुष्टि जनाएको हो।

कांग्रेसको कोरोना अनुगमन समितिका संयोजक एवं सहमहामन्त्री डा. प्रकाशशरण महतले सरकार केही गर्न नसक्ने अवस्थामा पुगेकाले जनतालाई आफैंले उच्च सुरक्षा अपनाउन आग्रह गरेका छन्। 

कांग्रेसले सरकारलाई बिचौलियाको कठपुतली बनेको आरोप लगाएको छ। सहमहामन्त्री महतले सरकार बिचौलियाको कठपुतली बनेकाले अब कुनै आसा गर्ने ठाउँ नरहेको बताए। 'सरकारबाट अब आसा गर्ने ठाउँ छैन। तर, पनि कांग्रेसको खबरदारी सधैं रहिनै रहने छ,' उनले भने।

लकडाउन खोलिए पनि आर्थिक सामाजिक क्षेत्र पूर्णरूपमा सुचारू हुने अवस्था र शिक्षा तथा अर्थतन्त्रका धेरै क्षेत्र लामो समय जोखिममा रहने अवस्थाप्रति गम्भीर बन्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ।

'समुदायमा संक्रमण फैलिएस‍ँगै ज्येष्ठ नागरिकहरू संक्रमित हुँदा मृत्यु दर बढ्दै गएकाले तत्काल निजी अस्पतालहरूलाई पनि सहभागी गराइ कोरोना उपचारमा परिचालन गर्ने व्यवस्था मिलाइयोस्,' उनले भने, 'यसका लागि स्वास्थ्यकर्मीको हौसला कायम राख्न तत्काल भत्ता र बिमाको व्यवस्था कार्यान्वयन गरियोस्।'

विभिन्न ठाउँमा अस्पतालहरूले संक्रमितको उपचार गर्न नमानेको र अन्य बिरामीले पनि उपचार नपाइरहेको खबर आइरहेकाले सरकार त्यसतर्फ गम्भीर हुनुपर्ने कांग्रेसको भनाइ छ। 

'कोभिड- १९ सम्बन्धी होस् वा अन्य बिरामी, उपचारको ढोका बन्द भएर मर्नु हुँदैन। वीरगन्जलगायत धेरै ठाउँमा उपचारको ढोका बन्द हुँदा मर्नुपरेको घटना अत्यन्त दुःखदायी छ। यो अवस्थाको तत्काल अन्त्य गरियोस्,' कांग्रेसले भनेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
निःशुल्क एम्बुलेन्स सेवा लिन काठमाडौं महानगरको अपील

काठमाडौं–काठमाडौं महानगरपालिकाले महामारीमा सहयोग गर्ने उद्देश्यले सञ्चालनमा ल्याएको एम्बुलेन्स सेवा निःशुल्क भएको जनाएको छ। प्रेस विज्ञप्ति जारी गर्दै महानगरले आपतकालीन

उपप्रधानमन्त्री तथा मन्त्रीहरूले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरूलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरूले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको

प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। शितल निवासमा आयोजित एक समारोहबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट