नेपालगन्जकाे तारे होटलमा ‘आइसोलेसन’, शुल्क २५ सय


विचार
आयोमेल संवाददाता
देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको

आयोमेल संवाददाता
अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको…

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू

आयोमेल संवाददाता
निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि


नेपालगन्जमा पैसा ‘तिर्न सक्ने’ कोरोना संक्रमितका लागि तारे होटेलमा ‘आइसोलेसन’ व्यवस्था गरिएको छ। 

कोरोना संक्रमण बढ्दै जाँदा जिल्लामा आइसोलेसन बेड अभाव हुन नदिनका लागि जिल्ला प्रशासन कार्यालयको समन्वयमा होटलमा ‘सेल्फ पेड’ आइसोलेसन व्यवस्था गरिएको हो। 

यस्तो सुविधा अहिले नेपालगन्जको होटल सिटी प्यालेसमा छ। जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार सोमबारसम्म ४० जना होटलको आइसोलेसनमा बसिसकेका छन्। 

नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखाको प्रत्यक्ष निगरानीमा आफ्नै खर्चमा संक्रमित उक्त आइसोलेसनमा बस्न सक्नेछन्। 

होटलको पाँचौं तलामा आइसोलेसन बेड राखिएका छन्। त्यसका लागि एकजना संक्रमितले २ हजार ५ सय रुपैयाँ तिर्नुपर्छ। त्यसवापत होटलले अरू सेवासुविधा र साँझ बिहान खाना अनि खाजाको समेत व्यवस्था गरेको छ। 

‘संक्रमित सबैको व्यवस्थापन सरकारले नै गर्छ, यसमा कुनै शंका छैन, तर कसैले पैसा तिरेर राम्रो ठाउँमा बस्छु भन्छ भने त्यसको लागि पनि व्यवस्था गरिएको हो’ श्रेष्ठले भने। 

त्यसमा स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीले निगरानी पनि गर्नेछन्। 

होटलका प्रबन्ध निर्देशक लोकेन्द्र रावलका अनुसार सामाजिक दुरी कायम गरेर पूर्णरूपमा स्वास्थ्य प्रोटोकलसहित आइसोलेसनको व्यवस्था गरिएको हो। 

अहिले एउटा कोठामा दुई बेड राखिएको छ। तर, एक्लै बस्न चाहनेका लागि पनि होटलले सुविधा उपलब्ध गराउनसक्ने जनाएको छ। 

‘अहिले हामीकहाँ ४० जना आइसोलेसनमा बसिरहनुभएको छ,’ आयोमेलसँग अर्यालले भने, ‘आवश्यक परे २ सयभन्दा धेरै मानिसलाई राख्नसक्ने क्षमत होटलसँग छ।’ 

जिल्लामा संक्रमितका लागि बेड अभाव भए, स्थानीय सरकारको समन्वयमा आर्थिक स्थिति कमजोर भएका संक्रमितका लागि पनि होटलमा आइसोलेसन व्यवस्था गर्न सकिने उनले बताए।

बाँकेको नेपालगन्जमा अहिले विभिन्न सरकारी कार्यालय प्रमुख, प्रहरी, स्वास्थ्यकर्मी, पत्रकार, व्यापारी, नेता, सांसदलगायत ६ सयभन्दा बढीलाई कोरोना संक्रमण पुष्टि भइसकेको छ। तीनजनाको मृत्यु भएको छ। 

यहाँको सुशील कोइराला क्यान्सर अस्पताल, लायन्स डेन्टल अस्पताल तथा कृषि तालिम केन्द्रमा संक्रमित राखेर उपचार भइरहको छ। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा

अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको सहयोग घोषणा

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको

निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा भइरहेको छ। विश्वव्यापी महामारीको समयमा

नयाँ सरकार बनाउन दौडधुप जारी, प्रचण्ड देउवा निवासमा

काठमाडाैं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन् । केहीबेरअघि उनी त्यहाँ पुगेको सुरक्षा श्रोतले पुष्टि गरेको छ