अहिले हामी रसियन खोप लगाइरहेका हुन्थ्यौं तर…


आयोमेल संवाददाता
उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य

आयोमेल संवाददाता
भ्याक्सिन : काेरोनाविरुद्ध ‘रामवाण’ हाेइन

सबैले बुझ्नु पर्ने कुरा के हो भने, भ्याक्सिन कोरोना संक्रमण

आयोमेल संवाददाता
राजनीतिक व्यापारी र डनवाद

तर नेपालमै एकथरि ठूला व्यापारी घरानाहरुको बढदो प्रत्यक्ष राजनैतिक प्रभावका


खोप आयातमा केही स्वार्थ समूहले ‘लाभ’ लिन खोज्दा नागरिक सुरक्षित राख्ने अवसरबाट सरकार नराम्रोसँग चुकेको छ।

कोरोना महामारीको दोस्रो लहर उत्कर्षमा पुग्दै गर्दा अहिले सरकारसँग खोप छैन।

विश्वभरि खोपका लागि लुछाचुडी भइरहेका बेला नेपालमा पनि विभिन्न कम्पनीहरूले खोप प्रयोगका लागि अनुमति मागेका थिए।

रुसी खोप निर्माता कम्पनीले पनि नेपालमा प्रयोगको अनुमति माग्दै निवेदन दिएको थियो। तर, औषधीसम्बन्धि नियामक निकाय औषधी व्यवस्था विभागले रुसी खोपलाई अनुमति दिन निकै ढिला गर्‌यो।

सुरूमा विभागले भारतले ‘उपहार’ दिएको खोप ‘कोभिसिल्ड’लाई नेपालमा आपतकालीन प्रयोगका लागि अनुमति दियो।
सुरुमा भारतले नेपाललाई दश लाख डोज कोभिसिल्ड ‘उपहार’ दियो।

पछि विश्वस्तरीय भ्याक्सिनको सन्जाल कोभ्याक्सले पनि नेपाललाई अनुदान स्वरुप ३ लाख ४८ हजार डोज ‘कोभिसिल्ड’ नै दिएको थियो।
त्यही समयमा नेपालले थप २० लाख डोज खोप किन्नका लागि भारतलाई ८० प्रतिशत रकम अग्रिम भुक्तानी दिएको थियो। प्रतिडोज चार अमेरिकी डलर पर्ने गरी खोप खरिद सम्झौता भएको थियो।

त्योमध्य भारतले पहिलो खेपमा १० लाख डोजमात्रै थियो। बाँकी १० लाख डोज अझै दिएको छैन। सरकारले पटकपटक ताकेता गर्दा पनि भारतले खोप दिएन। त्यसपछि नेपालमा केही समयसम्म खोप कार्यक्रम रोकियो।

गत चैतको अन्तिम सातातिर चीनले आफूले उत्पादन गरेको ‘भेरोसेल’को ८ लाख डोज नेपाललाई दियो। दोस्रो चरणमा चिनियाँ खोप लगाइयो।
यो बीचमा भारतमा पनि कोरोनाको दोस्रो लहर घातक रुपमा फैलियो। त्यसले नेपाललाई पनि प्रभावति गरिरहेको छ। यहाँ दिनमै ३५ जनाको मृत्यु हुन थालेको छ र दिनमै संक्रमित हुनेको संख्या ५ हजार नजिक पुग्न थालेको छ।

यो बीचमा पनि सरकारले भारतलाई निरन्तर ताकेता गरिरहेको थियो। तर, अब भारतले त्यो खोप दिनसक्ने स्थिति नै छैन।

भारतमा अहिले संक्रमणको भयावह छ। उसँग थप खोप बनाउने कच्चा पदार्थ छैन। केही दिन अघिमात्रै अमेरिकाले भारतलाई कच्चा पदार्थ दिने घोषणा गरेको छ।

अब खोपका लागि भारतको ‘विकल्प’ खोज्ने निर्णयमा पुगेपछि सरकारले गत वैशाख ७ गते रुसी भ्याक्सिनलाई आपतकालीन प्रयोगको अनुमति दिएको हो।

यो अनुमतिका लागि सरकारले खोप निर्माता कम्पनीलाई लगभग ४५ दिन कुराएको थियो।

भारतबाट खोप नआउने लगभग निश्चित भएपछि स्विकृत दिएको रुसी भ्याक्सिन ‘स्पुत्निक-भी’ को पूर्ण फाइल (फूल डकुमेन्टेसन) ४५ दिन अघि नै पाए पनि औषधी व्यवस्था विभागले भने कुनै प्रक्रिया नै अघि बढाएन।

‘स्पुत्निक-भी’ नेपाल आयात गर्न स्विकृतिका लागि विभिन्न व्यापारिक फर्मले कोसिस गरेका थिए।

तर गत फागुनमा रुसी खोप निर्माता कम्पनीका प्रतिनिधिहरू नेपाल आएर स्थानीय सम्भाव्य फर्महरूसँग संवाद गरेका थिए। त्यसक्रममा उनीहरूले नेपालका लागि लोमस फर्मास्युटिकल कम्पनीलाई लोकल इन्टिग्रेटका रुपमा चयन गरेका थिए। र सँगसँगै स्वास्थय मन्त्रालयमा स्विकृतिका लागि कागजात बुझाइएको थियो।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार ९० प्रतिशत भन्दा धेरै प्रभावकारी मानिने रुसी खोपलाई रोक्न नेपालमा कोभिसिल्डको व्यापारमा केन्द्रित समूह सक्रिय भएको र त्यसको प्रभावमा मन्त्रालय पनि पर्‍यो।

सुरुमा पनि त्यसको विश्वसनियतामा प्रश्न उठाइयो। त्यो बेला नै हामीले रुस सरकारसँगै समन्वय गरेको भए सायद हामीले भारतभन्दा अघि नै रुसी खोप लगाउनसक्ने स्थिति हुनेथियो’ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका एक अधिकारीले भने ‘भनेजसरी काम हुन सकेन। कोरोना खोपमाथि धेरैको धेरैथरि स्वार्थ देखिन्छ।’

भारतबाट खोप ‘उपहार’ पाएदेखि नै निकै उत्साहित भएका स्वास्थ्यमन्त्री हृदयेस त्रिपाठी अहिले भने खोपका बारेमा कुरै गर्न चाहँदैनन्।
गत फागनुमा नेपालका आएका रुसी खोप उत्पादक कम्पनीका प्रतिनिधहरुले नेपाललाई आवश्यक परेमा साढे २ करोड डोजभन्दा पनि धेरै दिन तयार रहेको बताएका थिए।

तर, अहिले अन्तिममा स्वास्थ्य मन्त्रीले ५० लाख डोज सम्म आयातका लागि कुराकानी अगाडि बढाएको मन्त्रालय स्रोतले जानकारी दिएको छ।

यसअघि रुसी भ्याक्सिनका नेपाल ल्याउन भएका प्रयास

त असोजतिर नेपालमा पहिलो लहरको कोरोना संक्रमण उच्च विन्दुमा पुगिसकेको थियो। त्यही बेला यहाँको एउटा औषधि उत्पादक कम्पनी ट्रिनिटी फर्मास्युटिकल्स कम्पनीले २ करोड ५० लाख डोज रुसी खोप ल्याउने सम्झौता गरेको खबर सार्वजनिक भयो।

खोप ल्याउनका लागि रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्डसँग सम्झौता भएको त्यो खबर केही क्षणमै भाइरल भयो। आयोमेलले पहिलोपटक त्यो खबर सार्वजनिक गरेको थियो।

पछि स्वास्थ्य मन्त्रालयले प्रक्रिया नै नपुराएरै कुनै पनि खोपहरू ल्याउन नमिल्ने भन्दै त्यो सम्झौतालाई ‘अनधिकृत’ भनिदियो।

त्यो बेलासम्म नेपाल सरकारले विश्वका कुनै पनि खोपहरूलाई प्रयोगका लागि अनुमति दिएको थिएन। त्यत्तिबेला अमेरिकाको फाइजरले बनाएको खोप पनि तयारी अवस्थामा थियो। रुस सरकारकै लगानीमा बनेको त्यो खोप त त्यहाँका राष्ट्रपति भ्लादमिर पुटिनकी छोरीले नै लगाएर त्यसप्रति ‘विश्वस्त’ बनाउन खोजिएको थियो।

भारतले बनाइरहेका दुई खोपहरू परीक्षणका अन्तिम चरणमा थिए।

‘स्पुत्निक-भी’ ९२ प्रतिशतभन्दा धेरै प्रभावकारी भएको तथ्यहरू यसअघि नै सार्वजनिक भइसकेका छन्।

त्यो बेला सम्झौता भएको रुसी खोपको साढे २ करोड डोज नेपालको ९० प्रतिशत जनसंख्यालाई लगाउन पुग्ने थियो। यो भ्याक्सिन ‘ह्युमन एडेनोभाइरल भेक्टर्स प्लेटफर्म’ मा आधारित छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
अफगानिस्तानका रक्षामन्त्रीको घरमा आक्रमण, चारजनाको मृत्यु

अफगानिस्तानका रक्षामन्त्रीको घरमा गरिएको आक्रमणमा परी चारजनाको मृत्यु भएको छ। बन्दुकधारीले काबुलको सबैभन्दा सुरक्षित मानिने ग्रीन जोनस्थित रक्षामन्त्री विस्मिल्लाह खान

साझा कार्यक्रमलाई अन्तिमरूप दिन आज पुन: कार्यदलको बैठक बस्दै

सरकारको न्यूनतम साझा कार्यक्रमलाई टुङ्गो लगाउन आज पुन: सत्तारुढ गठबन्धन कार्यदलको बैठक बस्दैछ। मंगलबार बसेको बैठकले कार्यक्रमलाई अन्तिमरूप दिन आज

उमेशजी, नयाँ जोगीले जस्ताे धेरै खरानी घस्नुभयाे कि!

माननीय राज्यमन्त्री श्रेष्ठज्यू! तपाईंको नियुक्तिलाई लिएर प्रधानमन्त्री पत्नीको भूमिकालगायत अन्य जे जति हल्ला व्याप्त भए पनि यस देशमा केही मानिस

मन्त्रिपरिषद् निर्णयः भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

सरकारले शिक्षक सेवा आयोगको अध्यक्षमा मधुप्रसाद रेग्मीलाई नियुक्त गरेको छ। मन्त्रिपरिषद्को मंगलबारकाे बैठकले आयोगको सदस्यमा डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई