बस्ती पस्यो बुढीगंगा, बाजुरामा सयौं घर विस्थापित 


विचार
आयोमेल संवाददाता
देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको

आयोमेल संवाददाता
अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको…

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू

आयोमेल संवाददाता
निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि


आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण बुढीगंगा नदी बस्तीमा छिरेको छ। नदीको बहाव अत्यधिक बढेपछि बुढीगंगा नदीकिनारका दर्जन बस्ती विस्थापित बनेका छन्। 

एकजना महिला बाढीमा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय बाजुराले जानकारी दिएको छ। बाढीले बडिमालिका नगरपालिकाको घागर, रापक, जडाङ्गा, तिपाडा, ओलेना, लगायतका बस्तीका घर बगाएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। 

बाढीमा बडिमालिका नगरपालिका–२ का अध्यक्ष डम्बर महतकी ६५ वर्षीय आमा अइसेनी महत बेपत्ता भएकी छन्। नदीको बहाव उच्च भएपछि साफे–मार्तडी सडक खण्डअन्तर्गत बुढीगंगा नदीको जडाङ्गामा बेली ब्रिज पुल बगाएको छ।

आइतबार राति नै उक्त पुल बगाएको प्रशासनले जानकारी दिएको छ। नदी छेउछाउका धेरै बस्ती बगे पनि वर्षा निरन्तर भइरहेकाले एकिन तथ्यांक संकलनमा कठिनाई उत्पन्न भएको छ। 

राति नै बस्तीमा नदीको बाढी पसेको खबर पाएपछि जिल्लाबाट नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्धार टोली राति ३ बजे सदरमुकाम मार्तडीबाट हिँडेपनि बाटोमा पहिरोको कारण बिहान मात्र घटनास्थलमा पुगेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ। टोली घागर, रापक जडाङ्गा, क्षेत्रमा पुगेर उद्धार गरिरहेको छ। 

उद्धार टोली बेपत्ता महिलाको खोजी र विस्थापितको उद्धारमा खटिएको छ। यस्तै जिल्लाका अन्य क्षेत्रका बस्तीमा पनि बाढी पसेको जानकारी आएको प्रहरीले बताएको छ। 

बुढीगंगा नदिमा भएका आधा दर्जन बढी झोलङ्गे पुलहरु बगेका छन्। बस्तीमै बाढी पसेपछि स्थानीय नागरिक ज्यान जोगाउन सुरक्षित स्थलतर्फ लागेका छन्। 

घरमा रहेका पशुचौपाया र सयौं रोपनी खेतीयोग्य जमिन बगरमा परिणत भएको वडाध्यक्ष डम्बर महतले जानकारी दिए। त्यस्तै, गौमुल गाउपालिका–१ सिममा ८ घर पहिरोले भत्काएको छ। 

पहिरो खस्न थालेपछि स्थानीयले भागेर ज्यान जोगाए पनि वस्तुभाउ र अन्नमाल सबै पहिरोमा पुरिएको स्थानीय धर्म रोकायाले जानकारी दिए। बुढिगंगा नदीले गौमुल गाउँपालिकाका चारवटा झोलुंगे पुल र नदीछेउका बस्ती बगाएको स्थानीयले प्रहरीलाई खबर गरेका छन्। 

प्रहरी घटनास्थलमा पुगिनसकेकाले उद्धारमा स्थानीय युवा र जनप्रतिनिधि खटिएको गौमुख गाउँपालिका–१ का वडाध्यक्ष बलबहादुर रोकायाले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा

अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको सहयोग घोषणा

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको

निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा भइरहेको छ। विश्वव्यापी महामारीको समयमा

नयाँ सरकार बनाउन दौडधुप जारी, प्रचण्ड देउवा निवासमा

काठमाडाैं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन् । केहीबेरअघि उनी त्यहाँ पुगेको सुरक्षा श्रोतले पुष्टि गरेको छ