हवाई उडान र विद्यालय भर्ना के हुन्छ? सिसिएमसी अनिर्णित


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


भदौ १ गतेदेखि सञ्चालन हुने भनिएको हवाई  उडान र विद्यालय भर्नाका विषयमा नयाँ सिफारिस गर्न सक्ने ठानिएको कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को आइतबार साँझको बैठक अनिर्णित भएको छ।

मन्त्रिपरिषद्को साउन ५ गतेको बैठकले ६ गते मध्यरातिदेखि लकडाउन अन्त्य गरेको थियो। तर, त्यसयता काठमाडौं उपत्यकासहित तराई केन्द्रित जिल्लामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि अबको मन्त्रिपरिषद् बैठकले नयाँ कदम चाल्ने ठानिएको छ। मन्त्रिपरिषद्को नियमित बैठक सोमबार बस्छ।

तर, त्यसको अघिल्लो दिन बसेको सिसिएमसीको बैठकले कोरोना संक्रमितको संख्या बढेको, लक्षण भएका बिरामीको संख्या बढेको र मृत्युदरमा बृद्धि भएकोबारे समिक्षा गर्नु बाहेक कुनै ठोस निर्णय गरेन।

जबकि, मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता समेत रहेका अर्थमन्त्री डा. युवराज खतिवडाले हवाई उडान, विद्यालय भर्ना लगायतका विषयमा सिसिएमसीबाट सिफारिस हुने र मन्त्रिपरिषदबाट निर्णय हुने बताएका थिए।

तर, सिसिएमसीको आइतबार साँझको बैठक पश्चात पत्रकारलाई संक्षिप्त जानकारी दिँदै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्रप्रसाद गुरागाईंले बैठकले स्थिति विश्लेषण गरे पनि मन्त्रिपरिषद्का लागि सिफारिसको कुनै निर्णय नभएको बताए।

बरु आवश्यक निर्णय मन्त्रिपरिषद्ले नै लिने उनले उल्लेख गरे।

जबकि, यसअघि सिसिएमसीको सिफारिसका आधारमा मन्त्रिपरिषद्ले निर्णय लिने गरेको थियो।

सिसिएमसी बैठकले देशभरी आइसोलेसन र क्वारेन्टाइन अभाव देखिएको निष्कर्ष निकालेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।