भारतमा कोरोना संक्रमण : मुटु हल्लाउने भयानक तस्विरहरू


विचार
आयोमेल संवाददाता
नेपालमा कोरोना भाइरस : थप १८७ जनाको मृत्यु,…

पछिल्लो चौबिसघण्टामा नेपालमा थप १८७ जना संक्रमितको मृत्यु भएको छ।

आयोमेल संवाददाता
नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड

आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा


भारतमा कोरोना भाइरसको विनासकारी मृत्यु आकंडा २ लाख नाघिसकेको छ। भारतमा दिनरात कोरोना भाइरसको संक्रमणले यति भयानक रुप लिइरहेको छ कि बिरामी राख्नका लागि देशभरका सारा अस्पताल साँघुरा भएका छन्।

मृत्यु यतिसम्म बढिरहेको छ कि, अन्तिम संस्कारका लागि ठाउँ पुगिरहेको छैन।

संक्रमण र मृत्युको एकिन आंकडा अझै धेरै टाढा छ किनकि धेरैजसो मृत्यु र संक्रमणलाई त सरकारी तथ्याङ्कले समेट्न सकेको पनि छैन।
अक्सिजनका सिलिन्डरहरू देशैभरि सकिएका छन्। सासै नपाएर मानिसको मृत्यु भइरहेको छ। केही मानिसका लागि अक्सिजन ‘ब्ल्याक मार्केट’मा मात्रै छ। नत्र अस्पतालमा अक्सिजन छैन।

दुई सातादेखि हरेक दिन तीनलाखभन्दा धेरै संक्रमित भेटिन थालेका छन्। बिहीबार मात्रै त्यहाँ ३ लाख ६० हजारभन्दा धेरै मानिसमा संक्रमण पुष्टि भयो।

विदेशबाट सहयोगहरू आउन सुरु भएको छ। बेलायत र सिंङ्गापुरले पठाएको अक्सिजनलगगायत अन्य स्वास्थ्य सामग्री भारत पुगेको छ। रुस, न्यूजिल्याण्ड तथा फ्रान्सलगायतका देशहरूले पनि स्वास्थ्य सामग्रीहरू पठाएका छन्। चीन अनि पाकिस्तानजस्ता देशले पनि भारतलाई सहयोग गर्ने भनेर बचन दिएका छन्।

भारतका अधिकांश ग्रामीण क्षेत्रमा भएका मृत्यु त सरकारले गणना गर्नै भ्याएको छैन। अहिले त अस्पतालहरूमा भएका मृत्युलाई मात्रै आकंडामा राखिएको छ। भारतका गाउँगाउँमा भइरहेका मृत्युको ग्राफलाई पनि जोड्ने हो भने त मृत्युको आंकडा झन भयानक तस्विर बन्ने विज्ञहरू बताउँछन्।

दक्षिणी महाराष्ट्रपछि अहिले सबैभन्दा धेरै प्रभावति उत्तर प्रदेश भइरहेको छ।

बितेको चौबिसघण्टामा दिल्लीमा मात्रै २५ हजारभन्दा धेरै संक्रमित थपिएका छन्। राजधानी दिल्ली अहिले सबैभन्दा धेरै संकटबाट गुज्रिरहेको छ। यहाँ दिनदिनै संक्रमित र मृत्युको आंकडा बढिरहेको तर औषधी र अक्सिजनको अभावमा मानिसको मृत्यु पनि भइरहेको छ।

चौविसघण्टाको अवधिमा यहाँ ३६८ संक्रमितको मृत्यु भएको छ। अहिलेसम्म यहाँ १४ हजार ६ सय १६ जना मानिसको मृत्यु भइसकेको छ भने ९९ हजार ७ सय ५२ सक्रिय संक्रमित छन्।

सबै तस्विरहरू बिबिसीबाट साभार गरिएको हाे।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपालमा कोरोना भाइरस : थप १८७ जनाको मृत्यु, ५४५५ जना…

पछिल्लो चौबिसघण्टामा नेपालमा थप १८७ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो बीचमा ८१६७ जना संक्रमित

नेपाललाई आपतकालीन सहयोग आवश्यक : डब्लुएचओ

काठमाडौं–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का महानिर्देशक टेड्रोस अधानम घेब्रेयेससले कोभिड महामारीसँग जुझ्न नेपाललाई आपत्कालीन सहयोग आवश्यक रहेको बताएका छन्। शुक्रवार

कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्र भएको छ। करिब १ सय ५० जनाले स्वास्थ्य मापदण्ड

महामारीमा सरकारी अकर्मण्यताः प्रदेश सरकारविरुद्ध जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको राजीनामा माग्दै युवाहरूले जनकपुरमा प्रदर्शन गरेका छन्।