पूँजीगत खर्च घट्यो, राजस्व ०.२० प्रतिशतले मात्र बढ्यो


विचार
आयाेमेल संवाददाता
काठमाडौंका जोखिम ठाउँमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु

काठमाडौं – कोरोना संक्रमणको उच्च जोखिममा रहेका काठमाडौंका विभिन्न ठाउँमा

आयाेमेल संवाददाता
ओलीको पुनः शपथग्रहण र मन्त्री पदमुक्त गर्नुपर्ने रिटमाथिको…

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः शपथग्रहण र सांसद

आयाेमेल संवाददाता
सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले


गत आर्थिक वर्ष ०७६/०७७ मा पूँजीगत खर्च २०.७५ प्रतिशतले घटेको छ।

अर्थ मन्त्रालयका अनुसार गत आवमा १ खर्ब ९१ अर्ब रुपैयाँ मात्र पूँजीगत खर्च 

भएको छ। जबकि, त्यसअघिल्लो आव ०७५/०७६ मा पूँजीगत खर्च २ खर्ब ४१ अर्ब भएको थियो। कुल पूँजीगत बजेट ४ खर्ब ८ अर्ब रहेकामा सरकारले समीक्षाबाट २ खर्ब ८ अर्बमा सीमित गरेको थियो।

पूँजीगत खर्चमा कमी आउनुलाई कोभिड-१९ लाई कारक मानिए पनि चालु खर्च भने ९.७८ प्रतिशतले बढेको छ।

अर्थ मन्त्रालयका अनुसार गत आवमा चालु खर्ब ७ खर्ब ८६ अर्ब रहेकामा त्यसअघिल्लो आवमा ७ खर्ब १६ अर्ब खर्च भएको थियो।

गत आवको बजेटमा चालू खर्च ९ खर्ब ५७ अर्ब रुपैयाँ विनियोजन भएकोमा अर्धवार्षिक समीक्षामा ९ खर्ब ४४ अर्बमा झारिएको थियो। सरकारले आर्थिक वर्ष ०७६÷०७७ मा चालूतर्फ ७ खर्ब खर्च हुने अन्तिम संशोधित अनुमान राखेको थियो।

गत आवमा कुल सरकारी खर्च १० खर्ब ९४ अर्ब भएको छ। त्यसअघिल्लो आवमा ११ खर्ब १० खर्ब खर्च भएको थियो।

राजस्वकमा झिनो वृद्धि

गत आर्थिक वर्ष ०७६/०७७ मा राजस्व संकलनमा झिनो आकारमा वृद्धि भएको छ।

अर्थ मन्त्रालयका अनुसार गत आवमा कुल ८ खर्ब ३१ अर्ब ३५ करोड रुपैयाँ राजस्व संकलन भएको हो। यो भनेको त्यसअघिल्लो आवभन्दा ०.२० प्रतिशत मात्र बढी हो। 

०७५/०७६ मा कुल ८ खर्ब ३९ अर्ब ६६ करोड रुपैयाँ राजस्व संकलन भएको थियो। गत आवमा आन्तरिक आय, आयकर, अन्य कर र अन्य प्राप्ति बाहेक सबै कर शीर्षकको प्रगति ओरालो लागेको छ। 

मन्त्रालयका अनुसार भन्सार त्यसअघिल्लो आवभन्दा गत आवमा भन्सार महसुलमा ११.१८, मूल्य अभिवृद्धि करमा ७.२६, अन्त शुल्कमा १७.२६, शिक्षा सेवा शुल्कमा ४५.८०, कर राजस्वमा ३.९७ र गैरकरमा ६.८२ प्रतिशतले कमी आएको हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
काठमाडौंका जोखिम ठाउँमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु

काठमाडौं – कोरोना संक्रमणको उच्च जोखिममा रहेका काठमाडौंका विभिन्न ठाउँमा आजदेखि एन्टिजेन्ट परीक्षण सुरु भएको छ। महानगरपालिका र इपिडिमियोलोजी तथा

ओलीको पुनः शपथग्रहण र मन्त्री पदमुक्त गर्नुपर्ने रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीशको…

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः शपथग्रहण र सांसद नभएका सात मन्त्रीलाई पदमुक्त गर्नुपर्ने मागसहित दायर भएका रिटमाथिको सुनुवाइ

सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले बढेर तोलाको ९३ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपाल

राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा