कोरोनाको नाममा व्रह्मलुट, एउटा तकियाको खोललाई २ हजार ८ सय! 


विचार
आयोमेल संवाददाता
ओली र नेपालबीच रामेश्वर थापा निवासमा वार्ता सुरु

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता

आयोमेल संवाददाता
ओली र नेपालबीच वार्ता सुरु

काठमाडाैं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव

आयोमेल संवाददाता
बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा


कोरोना रोकथाम एवं नियन्त्रणको नाममा सिरहा जिल्लाका १२ स्थानीय तहले १९ करोडभन्दा बढी रुपैयाँ खर्च गरेका छन्। 

जिल्लाको कूल १७ मध्ये १२ स्थानीय तहले सार्वजनिक गरेको विवरणमा कोरोना रोकथाम र नियन्त्रणको नाममा १९ करोडभन्दा बढी रुपैयाँ खर्च भएको देखाइएको छ।

कोरोनाको नाममा स्थानीय तहहरूले अनियमितता भएको भन्दै आलोचना हुन थालेपछि जिल्ला विपद व्यवस्थापन समितिले खर्च विवरण सार्वजनिक गर्न भनेको थियो। 

विपद व्यवस्थापन समितिको आग्रहअनुसार १७ मध्ये १२ स्थानीय तहले खर्च सार्वजनिक गरेका हुन्।

सिरहाका १२ स्थानीय तहले कोरोना रोकथाम नियन्त्रणका लागि १९ करोड २१ लाख ४१ हजार ४० रुपैयाँ खर्च गरेको विवरण जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा बुझाएका छन्। 

यसैगरी स्वास्थ्य कार्यालय र जिल्ला अस्पतालले १ करोड ६९ लाख ५ हजार ९ सय ९५ रुपैयाँ खर्च गरेका छन्।

सार्वजनिक गरिएको विवरणअनुसार सिरहामा सबैभन्दा बढी सिरहा नगरपालिकाले ५ करोड ९० लाख ८६ हजार ४ सय ३० रुपैयाँ खर्च गरेको छ भने सबैभन्दा कम अर्नामा गाउँपालिकाले ३९ लाख ५९ हजार १ सय ३ रुपैयाँ खर्चेको छ।

कोभिड-१९ रोकथाम एवंं नियन्त्रणबाहेक अन्य कुनै शीर्षकमा खर्च नगरेको सिरहा नगरपालिकाले प्रतिगोटा तकिया खोल २ हजार ८ सयभन्दा बढीमा खरिद गरेको जनाएको छ।

नगरपालिकाले सार्वजनिक गरेको विवरणअनुसार ३ लाख १९ हजार २ सय ७५ रुपैयाँमा १ सय ११ थान तकिया खोल खरिद गरिएको छ। 
यस हिसाबले प्रतिगोटा तकिया खोलको मूल्य २ हजार ८ सय ७६ रुपैयाँभन्दा बढी पर्न जान्छ। 

यसबाहेक सिरहा नगरपालिकाले विपद व्यवस्थापन समितिको बैठकमा बुझाएको खर्च विवरणर उसले छुट्टै सार्वजनिक गरेको खर्च विवरण पनि फरक देखिन्छ। 

नगरपालिकाले विपद व्यवस्थापन समितिको बैठकमा ५ करोड ९० लाख ८६ हजार ४ सय ३० खर्च भएको विवरण पेस गरेको छ भने उसले सार्वजनिक गरेको विवरणमा कूल खर्च १ करोड ४४ लाख ७३ हजार ५ सय ८७ मात्र हुन्छ।

नगरपालिकाले सार्वजनिक गरेको प्रतिगोटा तकिया खोलको मूल्यबाटै कोरोनाको नाममा भ्रष्टाचार भएको प्रष्ट हुन्छ सिरहाका स्थानीयले बताएका छन्।

सार्वजनिक विवरणअनुसार जिल्लाको लक्ष्मीपुर पतारी, मिर्चैया, सिरहा र औरहीले क्वारेन्टाइन व्यवस्थापनमा खर्च गरेको छैन। साथै यी स्थानीय तहहरूले लकडाउन प्रभावितहरूलाई राहतसमेत वितरण नगरेको विवरणमा जनाइएको छ।

जिल्ला स्वास्थ्य कार्यालयले कोभिड-१९ रोकथाम तथा नियन्त्रण र स्वास्थ्यकर्मी भत्ताका लागि ३० लाख ४६ हजार २ सय ८८ र जिल्ला अस्पतालले कोभिड-१९ रोकथाम तथा नियन्त्रण शीर्षकका १ करोड ३८ लाख ५९ हजार ७ सय ७ रुपैयाँ खर्च गरेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओली र नेपालबीच रामेश्वर थापा निवासमा वार्ता सुरु

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच वार्ता सुरू भएको छ। बूढानीलकण्ठको चपली घुम्तीस्थित अन्नपूर्ण

ओली र नेपालबीच वार्ता सुरु

काठमाडाैं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता सुरु भएको छ ।अन्नपूर्ण मिडियाका मालिक रामेश्वर थापाको

बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा यस पटक खुसीराम घलेको फोटोलाई उत्कृष्ट घोषणा गरिएको छ। योसँगै

ओमानबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ। गैरआवासीय