१५० वर्ष पुरानो रामजानकी मन्दिरको पुनर्निर्माण गरिँदै


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


बाँकेको डुडुवा गाउँपालिका–२ उचुवा बाबा कुटीस्थित जीर्ण अवस्थामा रहेको रामजानकी मन्दिरको पुनर्निर्माण तथा मर्मत सम्भार सुरु गरेको छ। 

करिब डेढ सय वर्ष पुरानो ऐतिहासिक मन्दिरको समयमै मर्मत नगरिएपछि जीर्ण अवस्थामा पुगेको थियो। 

गाउँपालिकाभित्र रहेको ऐतिहासिक मन्दिरलाई धार्मिक र पर्यटन क्षेत्रमा टेवा पु-याउने उद्देश्यले उक्त मन्दिरको पुननिर्माण सुरु गरिएको हो। बुधबार मध्यान्हको समय शुभमुर्हूतमा मन्दिर भवनको गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले शिलान्यास गरेका छन्। 

उनले मन्दिरको शिलान्यास गर्दै गाउँपालिकाभित्र थुप्रै धार्मिक मठ मन्दिर, मस्जिदहरू रहेकाले केही ऐतिहासिक पुराना संरचनालाई पुननिर्माण र मर्मत सम्भार गर्न स्थानीय सरकारको जिम्मेवारीअनुरुप पुनर्निर्माणको कार्य सुरु गरिएको बताए। 

अध्यक्ष चौधरीले यस्ता धार्मिक केन्द्रहरूको संरक्षण र सम्वद्र्धन गरी पर्यटन क्षेत्रमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्दै बजेटको अभावमा सोचे जति गर्न नसके पनि थोरै बजेटबाट सुरु गरिएको बताए। 

रामजानकी मन्दिरमा अष्टधातुबाट निर्मित राम, सीता, लक्ष्मण, गणेश, हनुमान, शालिग्रामको ऐतिहासिक मूर्ति रहेका छन्। मन्दिरमा भजनकीर्तन कोठा, परिक्रमा, गर्भगृह, स्टोर कोठाको पुनर्निर्माण सुरु गरिएको छ। बाउन्ड्रीसहित मन्दिर निर्माणका लागि करिब एक करोड लाग्ने अनुमान गरिएको छ। 

अहिले पहिलो चरणमा १५ लाखबाट निर्माण थालिएको गाउँपालिकाका प्राविधिक शाखाका मदनेश्वर झाले बताए। 

करिब ५ कठ्ठा बढी जग्गामा रहेको मन्दिरको नाममा डुडुवा ६ मा १४ विघा पक्का खेतीयोग्य जमिनसमेत रहेको मन्दिरका पुजारी भग्गन महाराजले बताए। मन्दिरमा दसैं, रामनवमी, कृष्णा जन्माष्टमीलगायत अवसरमा भजनकीर्तन, भण्डारा र मेला लाग्ने गर्दछ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख