घर फर्केपछि दाउरा चिर्न थाले झापाका पहिलो संक्रमित


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


झापाका पहिलो कोरोना संक्रमित मुजाहिर आलम दाउरा चिरिरहेको अवस्थामा भेटिए। बाह्रदशी- ४ का आलम यतिबेला पूर्ण स्वस्थ्य भइसकेका छन्।

‘म बिन्दास छु, काम गर्छु, खाना मज्जाले खान्छु,’ उनले भने, ‘मलाई बिरामी भएको महसुस नै छैन।’ कोरोना संक्रमणभन्दा अन्य कारणले हतोत्साहित भएर संक्रमितहरू कमजोर बन्ने गरेको उनको अनुभव छ।

४९ वर्षीय आलम विराटनगरको कोरोना अस्पतालबाट कोरोना जितेर वैशाख २९ गते घर फर्किएका हुन्। अहिले होम क्वारेन्टाइनमा सुरक्षित बसे पनि उनी पहिलाजस्तै तन्दुरुस्त छन्, काम गर्छन्।

उनको दिनचर्या विगतभन्दा केही फरक छैन। कोरोनालाई जितेर घर आएका उनीमा न स्वास्थ्यमा समस्या छ, न त आत्मबल नै कमजोर बनेको छ।

‘म बिन्दास छु, काम गर्छु, खाना मज्जाले खान्छु,’ उनले भने, ‘मलाई बिरामी भएको महसुस नै छैन।’ कोरोना संक्रमणभन्दा अन्य कारणले हतोत्साहित भएर संक्रमितहरू कमजोर बन्ने गरेको उनको अनुभव छ।

‘मैले ८/९ पटक जाँचिसकेँ,’ स्थानीय मदरसाका धर्मगुरु (मुल्बी ) समेत रहेका मुजाहिर भन्छन्, ‘अझै कति पटक चेक गर्ने हुन्। गरुन् म तयार छु।’ चेकजाँच गरिरहेकोमा उनले झर्को माने जस्तो गरे।

कोरोना संक्रमितलाई समाजले हेर्ने दृष्टिकोण र गर्ने व्यवहार राम्रो नभएको उनको गुनासो छ। विश्व नै कोरोना महामारीबाट आजित भएको बेला व्यक्तिविशेषलाई नराम्रो व्यवहार गर्नु राम्रो नभएको उनले सुनाए।

‘म मा कहिले पनि कुनै कमजोरी छैन। तीन जनाले गर्ने काम एक्लैले गर्न सक्छु,’ उनले भने। भारत दिल्लीको मुजाहिद्दिनमा भएको मुस्लिम धार्मिक भेला तब्लिगी जमातीमा सहभागी भएर उनी फागुन १८ गते घर फर्केका थिए।

उनी घर फर्केको २३ दिन बित्यो। अहिलेसम्म उनमा पुनः संक्रमण देखिएको छैन। निको भएर आएपछि दुई हप्तासम्म होम क्वारेन्टाइनमा बसेका उनलाई घर छेउछाउ हिँड्डुल गर्न सल्लाह दिएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए।

उनलाई त्यसको डेढ महिनापछि कोरोना पुष्टि भएको थियो। वैशाख १४ गते उनलाई कोरोना अस्पताल विराटनगर लगिएको थियो। उनी त्यहाँ उपचारको क्रममा करिब दुई हप्ता बसे। त्यहाँ गरिएको चारवटा टेष्ट सबै नेगेटिभ आएपछि उनलाई घर फर्काइएको हो।

उनी घर फर्केको २३ दिन बित्यो। अहिलेसम्म उनमा पुनः संक्रमण देखिएको छैन। निको भएर आएपछि दुई हप्तासम्म होम क्वारेन्टाइनमा बसेका उनलाई घर छेउछाउ हिँड्डुल गर्न सल्लाह दिएको बाह्रदशी गाउँपालिकाका अध्यक्ष खड्गप्रसाद राजवंशीले बताए।

घर फर्किएरपछि उनी नियमति कामकाजमा लागेका छन्। घरको कामदेखि कृषि कामसम्ममा आलम पहिले झै व्यस्त छन्। ‘मलाई कुनै असहज महसुस भएको छैन,’ आमल भन्छन्, ‘म घरको काम गरिरहेको छु, दाउरा पनि चिर्न सक्छु।’

कोरोनालाई जितेर फर्किए पनि गाउँघर र आफन्तले फरक व्यवहार गरेको उनले बताए। उनले ट्वाइलेट बनाउनका लागि बोलाइएकोमा मिस्त्री नआएको बताए। उनले आफन्तलाई घर बनाउन बोलाउँदा समेत नआएको गुनासो गरे।

कोरोनालाई जिते पनि गाउँलेसँग हारेको उनको भनाइ छ। उनी कोरोना संक्रमितको मनोबल बढाउनु पर्नेमा सामाजिक विभेद नगर्न आग्रह गर्छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख