बाँकेमा पुनः थपियो निषेधाज्ञा


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


बाँकेमा एक सातादेखि जारी निषेधाज्ञा पुनः बढाइएको छ। कोरोना भाइरस संक्रमणको अवस्था जटिल बन्दै गएपछि निषेधाज्ञा बढाइएको हो। 

जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्र बाँकेको गत मंगलबार बसेको बैठकले भोलि शनिबारसम्म निषेधाज्ञा जारी राखेको थियो।

बाँकेमा जारी निषेधाज्ञा सकिन एक दिन बाँकी रहँदा पुनः तीन दिनका लागि निषेधाज्ञा बढाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले जानकारी दिएका छन्।

प्रजिअ कुरुम्वाङले जिल्लामा कोरोना संक्रमणको अवस्था झन् जटिल बन्दै गएपछि उच्च सतर्कता अपनाउँदै थप तीन दिनका लागि निषेधाज्ञा अवधि बढाइएको बताए। 

उनले आफ्नो फेसबुकमा समेत स्टाटस सेयर गर्दै बाँकेमा निषेधाज्ञा बढाइएको जानकारी दिएका छन।

यसअघि भोलि शनिबारसम्मलाई थप गरिएको निषेधाज्ञा पुनः जारी राख्दै आगामी मंगलबार राति १२ बजेसम्म समयावधि थप गरिएको बाँके प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले बताए। 

पछिल्लो समय बाँकेमा समुदायस्तरमै कोरोना पोजेटिभ केस बढ्दै गएपछि जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको साउन १८ गते ३ दिनका लागि र साउन २० गते बसेको बैठकले साउन २४ शनिबारसम्म निषेधाज्ञा जारी गरेको थियो।

यसबीच बाँकेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, सरकारी कर्मचारीलगायतमा कोरोना संक्रमण देखिसकेको छ भने बाँकेका ७ सरकारी कार्यालय सिल गरिएको छ।

नेपालगन्ज उपमहानगरपालिका, यातायात व्यवस्था विभाग, नेपालगन्ज आन्तरिक राजस्व कार्यालय, जिल्ला अदालत, वडा प्रहरी कार्यालय नेपालगन्ज, कारागार र इलाका प्रहरी कार्यालय कोहलपुर सिल गरिएको छ।

जिल्ला प्रशासन कार्यालयमा बसेको केन्द्रको बैठकमा निषेधाज्ञा हटाउने कि थप गर्ने भन्ने विषयमा छलफल हुँदा थप केही दिन निषेधाज्ञा लम्बाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले जानकारी दिए।
 

२४ घण्टामै थपिए ५१ जना संक्रमित 

बाँकेमा कोरोना संक्रमण शुक्रबार थप ४९ जनामा पुष्टि भएको छ। भेरी अस्पताल नेपालगन्जमा भएको परीक्षणमा बाँकेका ४९ सहित ५१ जनामा संक्रमण पुष्टि भएको हो।

पछिल्लो २४ घण्टामा गरिएको ३ सय १२ नमुना परीक्षणमा बाँकेका ४९, बर्दियाका १ र रुकुमका १ जना गरी ५१ जनामा संक्रमण पुष्टि भएको भेरी अस्पतालले जनाएको छ। 

बाँकेमा २ जनाको कोरोनाबाट मृत्यु भएको छ। यसअघि बाँकेमा ५ सय २ जना रहेको ३ सय ९८ जना कोरोनामुक्त भएर घर गएका छन्।

विभिन्न आइसोलेसन सेन्टरमा जिल्लाका ९८ र अन्य जिल्लाका ४ गरी १ सय २ जना उपचाररत रहेको स्वास्थ्य कार्यालयले जनाएको छ। संक्रमितको संख्या अप्रत्याशित रूपले वृद्धि हुन थालेपछि बाँकेमा स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको छ।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख