भेरीमा गरिएको परीक्षणमा ४२ जनामा कोरोना


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


भेरी अस्पताल नेपालगन्जमा गरिएको पिसिआर परीक्षणमा बिहीबार थप ४२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। पछिल्लो ४८ घण्टामा ५ सय ९० जनाको नमुना परीक्षणमा बाँकेका २८ र बर्दियाका १४ जनामा भाइरस संक्रमण पुष्टि भएको हो।

बाँकेका १२ महिलासहित २८ जनामा संक्रमण देखिएको हो। भेरी अस्पतालले दिएको जानकारी अनुसार, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एकजना चिकित्सकमा समेत भाइरस संक्रमण पुष्टि भएको छ। 

कोरोनाको जोखिम न्यूनिकरणका लागि गरिएको निषेधाज्ञाको पालना नगर्नेहरूलाई कारबाही गर्न थालिएको छ । निषेधाज्ञा उलंघन गर्नेलाई क्वारेन्टाइन पठाइएको बाँकेका प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्वाङले जानकारी दिए। उनका अनुसार व्यापारी, रिक्सा चालकलगायतका व्यक्तिलाई क्वारेन्टाइन पठाइएको हो।

गत शनिबार रातीदेखि बाँकेका निषेधाज्ञा जारी गरिएको छ। पहिलो पटक तीनदिनका लागि जारी गरिएको निषेधाज्ञा कोरोनाको संक्रमण बढ्दै गएपछि पुन चार दिन थप गरी अगामी शनिबार १२ बजेसम्मका लागि निषेधाज्ञा बढाइएको छ।

बाँकेमा संक्रमण हुनेमा डाक्टर, संचारकर्मी, नगर प्रहरी प्रमुखसहित २८ छन्। भेरी अस्पतालका अनुसार नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा कार्यरत एक महिला डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ।

त्यसैगरी, स्वास्थ्य कार्यालय बाँके फोकल पर्सन नरेश श्रेष्ठका अनुसार नेपालगन्जका संचारकर्मी, नेपालगन्ज उपमहानगरपालिका नगर प्रहरी प्रमुख, जिन्सी शाखाका कर्मचारी, निर्धन उत्थान बैंकका दुई जना कर्मचारी, भेरी अस्पतालका कर्मचारी, जनप्रतिनिधि (नगरपालिका सदस्य), जिल्ला समन्वय समितीका कर्मचारी, सरसफाइकर्मी, वडाका कर्मचारी लगायतमा कोरोना पुष्टि भएको छ।

नेपालगन्जमा निषेधाज्ञा उल्लंघन गर्ने २५ जनालाई नियन्त्रणमा लिइएको छ। निषेधाज्ञा उल्लंघन गर्ने २५ जनालाई प्रहरीले पक्राउ गरेर क्वारेन्टाइनमा राखेको बाँकेका प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख