कपिलवस्तुमा शुक्रबारदेखि कडाइ, कार्यालयको सेवा बन्द गरिने, आठ बैंक कर्मचारीमा कोरोना


विचार
आयोमेल संवाददाता
सगरमाथामा दुई आरोहीको मृत्यु

काठमाडौं–सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ। बुधबार

आयोमेल संवाददाता
सकियो देउवा–प्रचण्ड वार्ता

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष

आयोमेल संवाददाता
खोप लगाए पनि सुरक्षित रहन किन जरुरी?

१. लक्षण देखिन थालेपछि भाइरसको संख्या घट्ने क्रम सुरु हुन्छ।


जिल्ला कोरोना संकट व्यवस्थापन  समिति (डिसिसिएमसी) कपिलवस्तुको बैठकले अत्यावश्यकबाहेकका सेवा प्रवाह र सार्वजनिक सवारीसाधन सञ्चालनमा  पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको छ। 

बिहीबारको बैठकले कोरोना संक्रमण समुदायस्तरमा फैलिएको कारण जनाउँदै उक्त निर्णय गरेको हो। यो निर्णय साउन २३ गते बिहान ५ बजेदेखि साउन ३२ गते राति १२ बजेसम्म लागू हुनेछ।

बैठकले अत्यापश्यकीय सेवा सञ्चालन गर्नेबाहेकका सबै सरकारी कार्यालय र बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने सेवा पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको छ।

त्यसैगरी मालबाहक ढुवानीका साधनबाहेक जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधन पूर्ण रुपमा बन्द गर्ने निर्णय गरेको हो । निजी सवारी साधनको बिषयमा भने जोर बिजोर नम्बरका आधारमा चल्न दिने निर्णय भएको जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले जनाएको छ ।

बुधबार र बिहीबार आएको स्वाबको नतिजाले कपिलवस्तु जिल्लामा कोरोनाको संक्रमण समुदायस्तरमै फैलिएको भेटिएको हो। 

साउन १८ गते जिल्लाका विभिन्न क्षेत्रका ३ सय २० जना व्यक्तिको नमुना स्वाब संकलन गरिएको थियो। जिल्लाका विभिन्न क्षेत्रमा लिइएको नमुना स्वाब परीक्षण गरी २ सय ९२ जनाको रिपोर्ट आउँदा ४१ जनामा कोरोना संक्रमण भेटिएको छ। बिहीबार मात्रै २१ जना संक्रमित थपिएर कपिलवस्तुमा कुल संक्रमित संख्या ८ सय ४० पुगेको छ ।

नमुना परीक्षणको नतिजाले सबैभन्दा बढी कोरोना संक्रमणबाट प्रभावित हुनेमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी, सरकारी सेवा प्रदायक, स्वास्थ्यकर्मी र समुदायस्तरमा रहेका व्यवसायी देखिएका छन् । 

जिल्लाभरका आठ बैंक तथा वित्तीय संस्थाका १६ कर्मचारीमा संक्रमण पुष्टि भएपछि संक्रमित भेटिएका बैंक तथा वित्तीय संस्था सिल गरिएको हो। 

तौलिहवामा रहेको ग्लोबल आईएमई बैंका तीनजना महिला कर्मचारी, मेगा बैंकका एकजना पुरुष र एकजना महिला कर्मचारी, कृषि विकास बैंक एकजना पुरुष कर्मचारी, लक्ष्मी बैंकका एकजना पुरुष कर्मचारी, गुहेश्वरी मर्चेन्ट बैकिङ एन्ड फाइनान्सका चारजना पुरुष कर्मचारी तथा तिनाउ मिसन डेभलपमेन्ट बैंक लिमिटेडका दुईजना पुरुष कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाको कृष्णनगरमा रहेको नेपाल बैंक लिमिटेडका एक पुरुष र एक महिला कर्मचारी तथा एभरेस्ट बैंकका एक पुरुष कर्मचारीमा कोरोना संक्रमण देखिएको छ। बिहीबार संक्रमण पुष्टि भएकामा पोलिक्लिनिकका दुईजना, गैससका तीनजना, स्वास्थ्यकर्मी एकजना, शिक्षक दुईजना, बजार क्षेत्रका व्यवसायी र स्थानीय तीनजना र मायादेवी गाँउपालिकाका स्वाथ्यकर्मी एकजना छन्।

पछिल्लो समय गरिएको समुदायस्तरको नमुना संकलनको नतिजाले समुदायस्तरमै कोरोना संक्रमण देखिएको स्वास्थ्य कार्यालय कपिलवस्तुका कोरोना फोकल पर्सन कुमार थापाले जानकारी दिए। 

बुधबारसम्म जिल्लामा ९ हजार ६ सय ६० जनाका स्वाब संकलन गरिएकोमा २ सय ५४ जनाको रिपोर्ट आउन बाँकी छ।  


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सगरमाथामा दुई आरोहीको मृत्यु

काठमाडौं–सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ। बुधबार बिहान उनीहरुको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी

सकियो देउवा–प्रचण्ड वार्ता

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचका भेटवार्ता सकिएको छ। दुवै शीर्ष नेताबीच

खोप लगाए पनि सुरक्षित रहन किन जरुरी?

१. लक्षण देखिन थालेपछि भाइरसको संख्या घट्ने क्रम सुरु हुन्छ। योसँगै अरूलाई सर्न सक्ने संक्रामक भाइरसको संख्यामा पनि कमी आउन

सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

काठमाडौं–कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना नगरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा यस्तो पाइएको