‘ओलीको सत्ता टिकाउने हतियार कोरोना’


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


कहिलेकाँही आफैं छरेको भ्रमले आफैंलाई फाइदा गर्छ। हो, अहिले नेकपा पहिलो वरियताका अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओलीलाई यस्तै फलिफाप भएको छ। सरकारले राम्रो काम गर्न नसकेको, कुनै पनि निर्णय लिनुअघि पार्टी र सचिवालयमा परामर्श नगर्ने गरेको भन्दै नेकपाभित्र तीव्र असन्तुष्टि पोखियो। 

आफ्नै पक्षधरका नेताहरूबाट पनि आलोचना हुन थालेपछि पद नै धरापमा देखेका ओलीले वाह्य शक्तिमार्फत आफ्नो पद र ज्यानलाई समेत असुरक्षा भएको सार्वजनिक कार्यक्रममै बताए। भारतले नेपालको लिम्पियाधुरा र कालापानी समेटेर नक्सा जारी गरेपछि उत्पन्न विवादबीच नेपालले पनि लिम्पियाधुरा र कालापानी समेटेर नयाँ नक्सा जारी गर्यो।

प्रधानमन्त्री ओलीले भारतले आफ्नो राजीनामा मागेको भन्दै सार्वजनिक अभिव्यक्ति दिएपछि नेकपाभित्र उनको अभिव्यक्ति गैरजिम्मेवारीपूर्ण भन्दै आलोचना भएको थियो। त्यसपछि असार १६ मा बसेको नेकपा स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजीनामा आफूले नभई भारतले मागेको बताएका थिए। 

सरकारले कोरोना महामारीमा कुनै काम गर्न नसकेको, जनताका समस्या सम्बोधन गर्न नसकेको र अन्तर्राष्ट्रिय सम्बन्ध विग्रँदै गएका बेला प्रधानमन्त्री ओलीले आफैं राजीनामाको कुरा उठाएर पार्टीभित्र विवाद सिर्जना गरेको नेकपा नेताहरू बताउँछन्।

काम नभएको भन्दै सरकारको चौतर्फी आलोचना हुने भएपछि प्रधानमन्त्रीले नक्सा जारीपछि उत्पन्न स्थितिको फाइदा उठाउँदै कुर्सी जोगाउन भारतले राजीनामाका लागि खेल खेलिरहेको भ्रम फैलाएको राजनीतिक विश्लेषकहरू बताउँछन्।

सामाजिक समस्या र जनताका विषयमा काम गर्न नसकेपछि आलोचनाबाट बच्न र सरकार टिकाइराख्न भारतले नेकपाभित्रका नेतामार्फत राजीनामा मागेको भन्दै प्रधानमन्त्री आफैंले प्रोपोगान्डा फैलाएको वाम विश्लेषक श्याम श्रेष्ठ बताउँछन्। 

‘अहिले जे-जति नेकपाभित्रको विवाद छ, त्यो सबै प्रधानमन्त्री आफैंले सिर्जना गर्नुभएको हो,’ श्रेष्ठले आयोमेलसँग भने, ‘कुनै पनि निर्णय गर्दा परामर्श नगर्ने, मनलाग्दी निर्णय गर्दै जाने र सामाजिक समस्यामा कुनै ध्यान दिन नसकेको अवस्थामा भारतले राजीनामा मागेको भन्ने भ्रम आफैं फैलाउनुभयो। त्यसअघि राजीनामाको कुनै कुरा उठेकै थिएन।’

महामारी र आपतमा सरकार ढाल्ने खेलले देशलाई अस्थिर बनाउँछ भन्ने नारालाई नै प्रयोग गरेर प्रधानमन्त्रीले सत्ता टिकाइराखेको श्रेष्ठको भनाइ छ। 

‘प्रचण्ड, माधव नेपालज्यूहरूले पनि बैठकमा राजीनामाको कुरै उठाउन हुन्थेन। उठाइसकेपछि एक्सनमा गइहाल्नुपथ्र्यो तर उहाँहरू पनि राजीनामा माग्नेमात्रै, नदिए कारबाहीको प्रक्रियामा जान नसक्ने,’ श्रेष्ठले थपे, ‘यस्तो अवस्थामा सरकार ढाल्दा अस्थिरता पैदा हुन्छ भन्ने जनतामा त्रास छ, प्रधानमन्त्रीले पनि त्यही त्रासको फाइदा उठाउनुभएको हो।’

कृषि क्रान्ति, औद्योगीकरण, राहत, जनताको दैनिकी सहज बनाउनेभन्दा पनि कुर्सी कसरी जोगाउने र विरोधी सिध्याउनेमै प्रधानमन्त्रीको ध्यान देखिएको विश्लेषक श्रेष्ठ बताउँछन्। यो सरकार कम्युनिस्ट पार्टीको नभई दलाल र बिचौलियाको भएको उनको भनाइ छ।

‘अहिलेका काम हेर्दा यो कम्युनिस्ट पार्टीले चलाएको सरकार हो भन्ने कुनै भान हुँदैन। शिक्षा, उद्योग, कृषि सबैतिर दलालहरूकै हालीमुहाली छ। यस्तो आपतमा जनतालाई लकडाउनमा राखेर सरकारले त उनीहरूको दैनिकी सहज बनाउनुपर्ने हो,’ उनले भने, ‘प्रणाली नै गलत भएपछि जनता सडकमा आए, सरकार लकडाउनमा बस्यो।’

पार्टीभित्रको आन्तरिक विवाद र प्रधानमन्त्रीको व्यक्तिगत महत्वाकांक्षाबीच जनता मारमा परेको उनको विश्लेषण छ। सबैतिर समस्याग्रस्त भएका बेला सत्तारुढ पार्टी नै आन्तरिक विवादमा फस्नु विडम्बना भएको बताउँछन् अर्का विश्लेषक पुरञ्जन आचार्य। 

‘नेपाली राजनीतिको विडम्बना नै मान्नुपर्छ, बेला न कुबेला विवाद गरिरहने। यतिबेला त सत्तारुढ पार्टीले सरकारलाई सचेत गराउँदै जनताका समस्या हल गर्नतिर अग्रसर गराउनुपर्ने हो, तर दुःखद कुरा सबै आ-आफ्नो स्वार्थमै लिप्त छन्,’ आचार्यले भने।
उनले वर्तमान सरकार अन्तर्राष्ट्रिय सम्बन्धमा पनि फेल भएको बताए। 

‘अन्तर्राष्ट्रिय सम्बन्ध त सबैतिर एकैनासको हुनुपर्छ। पछिल्लो समय भारतिर बिग्रेको सम्बन्ध सुधार गर्नुको साटो चीनतिर बढी ढल्कियो,’ आचार्य भन्छन्, ‘पार्टीभित्र पनि झुक्नुपर्छ भन्ने कुरा उठेकै होइन, तर अनावश्यक रूपमा उहाँले राजीनामाको भ्रम फैलाएर आफैं विवादमा आउने काम गर्नुभो। यो आपतमा राजीनामाको कुरा उठाएर पनि प्रचण्ड र माधव नेपाल लोकप्रिय हुन सक्नुभएन। प्रधानमन्त्रीले त्यसैको फाइदा पनि लिनुभो।’

पछिल्लो समय कोरोना र त्यसपछि उत्पन्न परिस्थितिले प्रधानमन्त्री ओलीलाई फलिफाप नै भएको उनको भनाइ छ। 
‘हुन त सरकारका काम हेर्दा वाह! गर्न लायक कुनै छैनन्। तै पनि यस्तो आपतमा सरकार परिवर्तन गर्नु हुँदैन भन्ने भयो। कोरोना त अहिले उहाँकै लागि सत्ता टिकाइराख्ने हतियार बन्यो,’ उनले भने।

अहिलेको उत्पन्न परिस्थितिले प्रधानमन्त्री र सरकारमा रहेकालाई केही समय पावरमा बस्न लाभदायक भए पनि समग्र पार्टीलाई भने नकारात्मक परिणाम दिलाउने अर्का विश्लेषक कृष्ण पोखरेल बताउँछन्। 

‘अहिले भइराखेका जुन घटनाहरू छन् नि, तिनले सरकारलाई पनि वाह! भन्न लायकका केही छैनन्, लकडाउन त सत्तामा टिरिकरहने राम्रो बहाना मिलेको छ,’ उनले भने, ‘यसको परिणाम त भोलि निर्वाचनमा हुँदा पार्टीले भोग्नुपर्ने हो। त्यसतर्फ प्रधानमन्त्री र अरू नेतृत्व पनि सचेत रहनुपर्छ।’

प्रधानमन्त्रीले आफ्नो कामबाट कोही सन्तुष्ट नभएको औंल्याएर सबैको सेन्टिमेन्ट बटुल्नकै लागि राजीनामाको प्रोपोगान्डा मच्चाएको उनको तर्क छ। 

‘उहाँलाई थाहा छ यतिबेला राजीनामा मागियो भने देश अस्थिरतातिर जान्छ भन्ने सबैले बुझेका छन्। प्रधानमन्त्रीले सोही बुझाइलाई आफू अनुकूल प्रयोग गर्दै राजीनामाको कुरा उठाउनुभो। कोरोनाले पनि ठूलै रूप लियो। यी सबै परिस्थितिले अहिले उहाँलाई पदमा टिकिरहने बहाना मिलेको हो,’ पोखरेल भन्छन्।

नयाँ नक्सा जारी गर्न प्रधानमन्त्री ओलीकै मनसाय नभएको पनि पोखरेलले बताए। 

‘नक्सा छाप्ने काम त प्रेसले गरिहाल्छ नि, हामी भूमि फिर्ता ल्याउँछौं भन्ने अभिव्यक्तिले नै उहाँ नक्सा प्रकाशनप्रति गम्भीर हुनुहुन्थे भन्ने प्रस्टै थियो,’ उनले भने, ‘स्थायी कमिटी र सचिवालय बैठकबाट निर्देशन गएपछि मात्रै नक्सा जारी भयो तर त्यसको श्रेय सरकार प्रमुख भएका नाताले उहाँ आफैंले लिनुभयो।’

अहिले नेकपाभित्र देखिएकाा सबै समस्याको जिम्मेवार प्रधानमन्त्री ओली आफैं भएको पोखरेलको तर्क छ। पटक-पटक अनावश्यक कुरा गरेर पार्टीभित्र विवाद निम्त्याउने र अहिले समाधानका लागि पनि वातावरण बन्न नदिने काम प्रधानमन्त्री आफैंले गरेकाले पार्टीलाई यसबाट ठूलो नोक्सानी बेहोर्नुपर्ने अवस्था आउने पोखरेलको भनाइ छ।  


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख