‘राम-सीता’ ले नै जोड्छ नेपाल-भारत


विचार
आयोमेल संवाददाता
बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा

आयाेमेल संवाददाता
ओमानबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले

आयोमेल संवाददाता
नेपाल पक्षले दियो ओलीलाई ४ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडाैं–नेकपा एमालेको माधव नेपालसमूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अपरान्ह


सनातनीले सबैभन्दा बढी आस्था राख्ने भगवान श्रीरामको भारतको अयोध्यामा भव्य राम मन्दिर निर्माणको भूमिपूजन भएपछि  विश्वका रामभक्तहरूमा खुसीयाली छाएको छ।

भारतीय समयअनुसार बुधबार १२ बजेर ४४ मिनेट ०८ सेकेन्ड अभिजीत मुहूर्त भोग गर्ने ३२ सेकेन्डको शुभ समय छनोट गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नाममा संकल्प गरी मन्दिरको भूमिपूजन भएको हो।

काशी र अयोध्याका विद्वतजनको सहभागितामा शास्त्रीय विधिपूर्वक गरिएको भूमिपूजन साँच्चै ऐतिहासिक कार्य मान्न सकिन्छ। विशेषगरी भारतीय गृह मन्त्रालयले काशीका विद्वानजनमध्ये धर्म, दर्शन र कर्मकाण्डका अध्येता छनोट गरी भूमिपूजनमा सहभागी गराएका थिए।  

भूमिपूजन गर्नुअघि भारतीय प्रधानमन्त्री मोदीले अयोध्यास्थित हुनमानगढी मन्दिरको दर्शन, पूजन र आरती गरी भूमिपूजनमा सहभागी भएका थिए। विधानअनुसार श्रीरामको प्रधान सेवक हनुमान मानिन्छ। हनुमानकोे बल र वृद्धिबाट श्रीरामले आफ्नो मर्यादा र सत्कार्य गरेका कथाहरू वर्णित छन्।

यतिबेला वैश्विक महामारी कोभिड-१९ को बीचमा सामाजिक मर्यादा कायम गरी मर्यादा पुरुष श्रीरामको मन्दिर उद्घाटन गर्नुलाई सनातनीले भारतभर ऐतिहासिक उपलब्धि भनिएको छ।

५ सय वर्षदेखि अयोध्या भूमि विवाद गत केही महिनाअघि मात्र भारतको सर्वोच्च अदालतले अयोध्या भूमिमा राम मन्दिर स्थापना गर्नसक्ने आदेश दिएपछि विवाद टुंगिएको हो।

इतिहास कोट्याउने हो भने १९औं शताब्दीको मध्यतिर बाबरी मस्जिद भत्काएर श्रीरामको जन्मथलो चिनाउने र मन्दिर निर्माण गर्ने आन्दोलन सुरु भएको थियो।

सन् १९९२ मा बाबरी मस्जिदलाई विश्व हिन्दू परिषद्द्वारा सञ्चालित अभियानमा रामभक्तहरूले ध्वस्त पारेका थिए। त्यतिबेला सनातनी र मुस्लिमको विवादमा करिव २ हजार भारतीयले ज्यान गुमाएका थिए।

त्यसपछि भारतीय राजनीति एवं भारतीय जनता पार्टीका नेता लालकृष्ण आडवानीले सन् २००० मा दक्षिण भारतदेखिको १० हजार किमिको रथयात्रा गरी ‘अयोध्यामा राम’ भन्ने प्रचार गरेका थिए।

त्यसबीचमा अयोध्याको जमिन विषयमा सनातनी र मुस्लिमबीचको विवाद लखनऊको अदालत हुँदै भारतको सर्वोच्च अदालतसम्म विवाद चलिरहेको थियो। गत वर्ष नोभेम्बर महिनामा सो भूमिमा श्रीरामको मन्दिर बनाउन सकिने निर्णयले रामभक्तहरू उत्साही भएका थिए।

अयोध्या विवादमा राष्ट्रिय स्वयंसेवक संघ परिवारका सदस्य र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसमेत सामेल भएर विगतमा कयौं अभियान चलाएका थिए। त्यसैले बुधबार राम मन्दिर भूमिपूजन शिलान्यास गर्न भारतीय प्रधानमन्त्री मोदी सुनहरा कुत्र्ता र धोती लगाएर अयोध्या पुगेका थिए।

उनले विगतको ऐतिहासिक विषय नबोलीकन रामको महिमा र गुणगान गाएर भूमिपूजन पछि आयोजित सभामा सम्बोधन गरे।  
राष्ट्रिय स्वयंसेवक संघका सञ्चालक डा. मोहन राव भागवत र उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ साधुसन्तको कम संख्यामा उपस्थित भएको समारोह मोदीले भूमिपूजन गर्न भन्दा पहिले पारिजातको वृक्षरोपण गरेका थिए।

भारतभर छरिएर रहेका ३६ परम्पराका १ सय ४० जना सन्त र प्रदेश सरकारका अधिकारीहरू सहभागी समारोहमा प्रधानशीला र अन्य अष्ट उपशिलाको पूजन गरिएको थियो।

कुर्मशीला र वास्तुशास्त्र विधानसम्मत गरिएको भूमिपूजनले सनातन संस्कृतिको महत्त्व र शास्त्रको हवला दिँदै प्रधानमन्त्री मोदीले भने, ‘रामजस्ता नीतिवान शासक संसारमा कोही छैनन्।’ 

कुर्मशीला र वास्तुशास्त्र विधानसम्मत गरिएको भूमिपूजनले सनातन संस्कृतिको महत्त्व र शास्त्रको हवला दिँदै प्रधानमन्त्री मोदीले भने, ‘रामजस्ता नीतिवान शासक संसारमा कोही छैनन्।’ 

उनले थपे, ‘समय, स्थान, परिस्थिति र आधुनिकता र कर्तव्यपरायण श्रीरामबाट हामीले सिक्नुपर्छ।’

अयोध्या र रामायण सर्किटमार्फत विश्वका नागरिकलाई एक पटक अयोध्या आउनुपर्ने सन्देश दिँदै मुस्लिम बाहुल्य भएको देश

इन्डोनेसियामा समेत रामको महिमा गान हुुने जानकारी दिन पछि परेनन् मोदी।

प्रधानमन्त्री मोदीले सम्बोधनका अन्तमा राम र माता जानकीको प्रसंग उल्लेख गर्दै नेपाललाई सम्झे। कम्बोडिया, लाओस, मलेसिया, थाइल्याड, इरान, चीन र श्रीलंकामा समेत राम सम्झने भन्दै विश्वका मानव समाजले श्रीरामलाई अनन्तकालसम्म सम्झने दाबी समेत प्रस्तुत गरे।    

महाकाली, महालक्ष्मी र महासरस्वती पूजन गरी अयोध्याको माटो शीरमा लगाएर साष्टाङ्ग दण्डवत गरी प्रधानमन्त्री मोदीले राम मन्दिर संसारका रामभक्तहरूको आस्थाको केन्द्र बनाउने संकल्प लिएका थिए।

यसअघि पहिलोपटक प्रधानमन्त्री भएर संसदमा प्रवेश गर्दा साष्टाङ्ग दण्डवत गरेका मोदीले अयोध्यामा श्रीरामको मन्दिरका अगाडि दोस्रो पटक दण्डवत गरेको तस्बिरले सनातनीको मनमा मोदी आस्थावान राजनीतिज्ञ हुन् भन्ने अर्को पदक पनि लिए।

प्रधानमन्त्री मोदीले लाखौंको संख्यामा सनातनीको उपस्थित गराएर मन्दिर उद्घाटन गर्ने योजना सफल हुन सकेन। कोभिड–१९ को बीचमा भूमिपूजनका लागि उपयुक्त दिन, समय र अभिजीत मूहुर्त ३२ सेकेण्डको समयलाई छोड्न चाहेनन्।

केवल सयको संख्यामा मात्र उपस्थित सभालाई सम्बोधन गर्दै सनातनीले सञ्चारमाध्यमबाट दृश्य हेरेर भन्दै अन्तमा कोरोना नियमनमा लागि प्रधानमन्त्री मोदीले भने, ‘दो गजकी दूरी मास्क कि जरुरी।’

भारत आत्मनिर्भरसाथ अघि बढेको र रामराज्यको परिकल्पनामा भारतको विकास र समृद्धि हुने सन्देश दिन मोदी पछि परेनन्।    

त्यसो त भूमिपूजन समारोहमा उत्तरप्रदेशमा मुख्यमन्त्री योगी आदित्यनाथले निकै हर्षित मुद्रामा जय श्रीरामको जय जयकार गर्दै अयोध्या पावन भूमिमा लोकतान्त्रिक पद्धतिबाट राममन्दिर बन्ने घोषणा गरे।

राष्ट्रिय स्वयंसेवक संघका सञ्चालक डा. मोहन राव भागवतले मनको अयोध्या बनाउनुपर्ने भन्दै सनातनीहरूको बलिदानबाट प्राप्त भएकाले यसको महत्त्व सनातनसम्म रहने धारणा राखेका थिए। 

भव्य राम मन्दिर भूमिपूजन भएको अवसरमा भारतभरका सनातनीका संघ, संस्थाले दीपावली गरी हर्ष मनाए। विश्व हिन्दू संगठन र भारतभर हिन्दूका नाममा खोलिएका साना, मझौला र ठूला आश्रमहरूका सन्त, महन्त, सन्यासी र योगीहरूसमेतले निकै उत्साहका साथ स्वागत गरेका छन्।

अयोध्यामा राम मन्दिरको भूमिपूजन भएको खबरपछि नेपालमा पनि विश्व हिन्दू संगठनले स्वागत गरेको छ। जनकपुरबाट जानकी मन्दिरका महन्त उक्त समारोहमा सहभागी हुन पुगेका थिए।

बुधबार साँझ पाशुपत क्षेत्रभित्र रहेको रामन्दिरमा दीपावली र भजनकीर्तन भए। नेपालका सन्त समाजको तर्फबाट भूमिपूजन र राममन्दिर निर्माणको काममा स्वागत गरेका थिए।

त्यसो त गत असार २९ गने नेपालका आदिकवि भानुभक्त आचार्यको जन्मजयन्तीको अवसरमा आयोजित सभामा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या चितवनको ठोरीमा पर्ने र रामको जन्म नेपालको भएको भन्ने अभिव्यक्ति दिएका थिए।

प्रधानमन्त्री ओलीको अभिव्यक्तिपछि  विभिन्न बहस चले र पुरातत्व विभागले अध्ययनसमेत सुरु गरेको छ।

वाल्मिकि रामायणलाई प्रमाण मान्ने हो भने सरयु नदीको किनारमा रामको जन्म भएको भनिएको छ। त्यसो त राम कहाँ जन्मिए भन्ने विषय अध्ययन र अनुसन्धानका हुँदै जाँदा निक्र्योल होला। 

तर, परम्परादेखि अयोध्यामा राम जन्मिएको भन्दै भारत सरकारले आधुनिक र भव्य राम मन्दिर निर्माण गरी विश्वका सनातनीलाई एकपटक मन्दिर भ्रमण गर्ने अवसर जुटाइदिएको छ।

अब नेपाल-भारत दुवैले अयोध्या भ्रमणमा आउने रामभक्तहरूलाई श्रीरामको दर्शन गरी माता जानकीको जन्मस्थान जनकपुर भ्रमण नगरेसम्म श्रीराम दर्शन यात्रा पूरा नहुने खालको अभियान चलाउन सक्ने हो भने भारत-नेपालको धार्मिक, सांस्कृतिक सम्बन्धमा पुनः एक पटक प्रगाढता छाउन सक्ने छ कि?

राजनीतिक विषयमा बेमेल भए पनि नेपाल–भारतको धार्मिक र सांस्कृतिक सम्बन्ध राजनीतिक पर्दाले कहिल्यै पनि हेरिनुहुँदैन। राजनीतिक राज्य सञ्चालन गर्ने आधारहरू हुन सक्छन तर धर्म र आस्था राजनीतिकभन्दा पनि माथिल्लो तहमा हुन्छ।

दक्षिण भारतीयहरूलाई जीवनमा एकपटक मुक्तिनाथ र पशुपतिनाथको दर्शन गर्ने प्रवल इच्छा हुन्छ। नेपालका सनातनीलाई जीवनमा एकपटक काशी र गयाको यात्रा गर्ने चाहना छ। जन-जनको आस्था र विश्वास जोड्ने काम मर्यादा पुरुषोत्तम श्रीरामको सन्देशले गर्न सक्छ।

राज्य र शासकहरूले आफूलाई ठूलो वा सानोभन्दा पनि श्रीरामको मर्यादा, कर्तव्य र जनविश्वासलाई आघात नहुने गरी नेपाल-भारतको राजनीतिक, धार्मिक र सांस्कृतिक सम्बन्ध फराकिलो बनाउने काममा दुवै देशका शासकले श्रीराम चरित्रबाट पाठ सिकेर अघि बढ्ने बेला आएको छ।

राम मन्दिर उद्घाटन गर्ने बेलासम्म भारत-नेपालबीच सम्बन्ध सुमधर र मित्रवत् हुने आशा गरौं, विश्वास राखौं र अघि बढाैंं। जय श्रीराम। 

(चीनको एक युनिभर्सिटीमा शर्माले संस्कृत भाषा पढाउँछन्)


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारपाक फोटो प्रतियोगितामा खुसीरामको फोटो उत्कृष्ट

नेपाल पर्यटन बोर्डले नियमित रुपमा आयोजना गर्ने फोटो नेपाल प्रदर्शनीमा यस पटक खुसीराम घलेको फोटोलाई उत्कृष्ट घोषणा गरिएको छ। योसँगै

ओमानबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ। गैरआवासीय

नेपाल पक्षले दियो ओलीलाई ४ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडाैं–नेकपा एमालेको माधव नेपालसमूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अपरान्ह ४ बजेसम्मको अल्टिमेटम दिएको छ। उक्त समूहको स्थायी कमिटीका सदस्यहरुको

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त

काठमाडौं–मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ। लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक