रानीपोखरीमा आकाशे पानी, विकल्पमा मेलम्ची


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


रानीपोखरीमा आकाशे पानी भरिन थालेको छ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रानीपोखरीसँगै बालगोपालेश्वर मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पु-याएको छ।

रानीपोखरीको पिंध र वरिपरिको पर्खाल पुनर्निर्माण सम्पन्न भएपछि आकाशे पानी जम्मा हुन थालेको हो। दरबार हाइस्कूल, त्रिचन्द्र कलेज लगायतका क्षेत्रबाट पानी हार्भेष्टिङका लागि काम जारी छ।  

प्राधिकरणका  प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवाली पनि  पानी जम्मा गर्न प्राकृतिक हिसाबले सम्भव सबै उपाय प्रयोग गरिने बताउँछन्।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, पुरातत्व विभाग, काठमाडौं उपत्यका खानेपानी लिमिटेडका अधिकारी, विज्ञ, अभियन्ता र स्थानीयबीच बुधबार भएको अन्तर्क्रियामा ज्ञवालीले रानीपोखरीमा आकाशे पानीलाई पहिलो प्राथमिकता दिइएको बताएका हुन्।

यद्यपि, विकल्पका रुपमा  मात्र टुँडिखेल क्षेत्रमा रहेका इनारको पानी, डिपबोर र मेलम्चीको पानी रहेको उनले जनाए।

तर, विज्ञहरूले डिप बोरिङलाई अगाडि नबढाउन माग गरेका छन्।

सम्पदाविद् सुदर्शनराज तिवारीले आकाशे तथा रानीपोखरी वरिपरिको सतह तथा खेर गएको पानी प्रशोधन गरी पानी प्रयोग गर्न सुझाव दिए। उनले डिप ट्युवेल प्रयोग नगर्न सुझाव दिए।

पूर्वसचिव समेत रहेका जलस्रोत विज्ञ सुमन शर्माले रानीपोखरी वरिपरिका विभिन्न सार्वजनिक भवनको छतको पानी संकलनलाई प्राथमिकता दिँदै विकल्पमा मेलम्चीको पानी पनि राख्न सुझाव दिए। उनले डिप बोरिङको पानीलाई अन्तिम विकल्पका रुपमा राख्न सकिने बताए।

काठमाडौं उपत्यका खानेपानी लिमिटेडका आयोजना निर्देशक भोजविक्रम थापाले उपत्यकामा पानी वितरण गर्ने पाइप प्रणालीको परीक्षण गर्नेक्रममा मेलम्चीको पानी प्रयोग गर्न सकिने बताए।

संरक्षण अभियन्ता आलोकसिद्धि तुलाधरले परम्परागत इञ्जिनियरिङलाई अवलम्बन गर्न आग्रह गर्दै डिप बोरिङको सट्टा प्राकृतिक उपाय अपनाउँदै पानी भर्न आग्रह गरे।

सुशील श्रेष्ठले पोखरी सफा गर्न दुईवटा निकास राख्न सुझाव दिए।

अभियन्ता गणपतिलाल श्रेष्ठले केही समय लागे पनि सम्भव भएसम्मका परम्परागत विधि ब्यूँताउने उपायतिर लाग्न आग्रह गरेका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न