शक्ति सुदृढीकरण गर्न खोज्दै राजापाक्षे


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


सत्तारूढ राजापाक्षेबन्धुहरूले सत्तामा आफ्नो पकड बलियो बनाउन नयाँ जनादेश खोजेसँगै श्रीलंकालीहरूले बुधबार संसद्का लागि मतदान गरेका छन्। 

यसअघि कोरोना भाइरस महामारीको कारण दुई पटक स्थगित भएको चुनाव अन्ततः बुधबार स्थानीय समयअनुसार बिहान ७ बजे रोगको फैलावट रोक्न कडा स्वच्छताको उपायबीच सुरु भएको थियो। 

चुनाव सुरु हुनु घण्टौंअगाडि देशभरका मतदान केन्द्रबाहिर मतदाताको घुइँचो लागेको थियो। श्रीलंकाको २ करोड १० लाख जनसंख्यामध्ये १ करोड ६२ लाख मतदान गर्न योग्य रहेका थिए।

भाइरसको संक्रमणलाई रोक्न मतदाताले मास्क लगाउनुपर्ने, सामाजिक दूरी बनाउनुपर्ने र मतपत्रमा चिह्न लगाउन आफैंले कलम वा पेन्सिल ल्याउनुपर्ने नियम लगाइएको थियो। 

यी उपाय अपनाएर गरिएको चुनावमा १० अर्ब श्रीलंकाली रुपैयाँ (५ करोड ४० लाख अमेरिकी डलर) जुन देशको इतिहासमा हालसम्मकै सबैभन्दा महँगो चुनाव भएको छ, निर्वाचन आयोगले जनाएको छ।

राजापाक्षेबन्धुहरूलाई राष्ट्रपतिको अधिकार सीमित गर्ने अघिल्लो प्रशासनले ल्याएको संवैधानिक परिवर्तनलाई फिर्ता गराउन दुईतिहाइ बहुमत आवश्यक छ।

विश्लेषकहरूले २२५ सीटको संसदमा राजापाक्षेबन्धुले सजिलै बहुमत ल्याउने अपेक्षा गरेका छन्। चुनावका पहिलो परिणाम बिहीबार साँझसम्म आउने आशा गरिएको छ, अन्तिम परिणाम शुक्रबार रातिसम्म आउने अपेक्षा गरिएको छ।

गत नोभेम्बरमा भएको चुनावमा राष्ट्रपति पद जितेपछि ७१ वर्षीय गोताबायाले उनका ७४ वर्षीय दाजु पूर्वराष्ट्रपति महिन्दा राजापाक्षेलाई अल्पसंख्यक सरकारमा प्रधानमन्त्री बनाएका थिए।

त्यसयता मुस्लिम कट्टरपन्थीहरूले सन् २०१९ मा गराएको इस्टर बम विष्फोट पछाडि आएको राष्ट्रवादको लहरसँगै श्रीलंकाली जनताले पटक पटक आफ्नो लोकतान्त्रिक अभ्यास अँगाल्दै आएका छन्। 

सन् २००९ मा महिन्द्राको राष्ट्रपति कालमा सेनाको निर्मम अभियानबीच अन्त्य भएको तामिल उग्रवादीविरुद्धको युद्धमा सिंहाली बहुमतले राजापाक्षे खलकलाई नायकको रूपमा लिने गरिन्छ।

कोलम्बोस्थित लिन्डसे गल्र्स स्कुलमा आउने पहिलो मतदातामध्ये निर्वाचन आयोगका अध्यक्ष महिन्द्रा देशप्रिया पनि थिए।

‘सन् २०११ पछि मतदाताको रूपमा म मतदान केन्द्र गएको यो पहिलो पटक हो,’ ६५ वर्षीया देशप्रियाले भनिन्। तर आफूले आयोग प्रमुखको रूपमा चुनावमा भाग नलिएका उनले थपिन्। ‘म बाहिर निस्किएर मतदान गर्नु सुरक्षित छ भन्ने कुरा देखाउन चाहन्छु।’

नोभेम्बरमा सम्पन्न चुनावमा ८२ प्रतिशत सहभागिताको तुलनामा यसपल्ट महामारीको खतराका कारण मतदानमा कमी आउने डर रहेको छ।
(एजेन्सीको समाचार अनुवादित)


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख