स्मार्ट कृषि गाउँ कार्यक्रमबाट ६ हजार घरधुरी लाभान्वित


विचार
आयोमेल संवाददाता
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत…

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी

आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा


स्मार्ट कृषि गाउँ कार्यक्रमले प्रदेश ५ का ७५ गाउँका ६ हजार घरधुरी समेटेको प्रदेश सरकारले जनाएको छ। 

प्रदेश सरकारको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले अगुवाई गरी ल्याइएको स्मार्ट कृषि गाउँ कार्यक्रम संचालन गर्दै आएको छ। 

आर्थिक वर्ष २०७५/७६ देखि सुरु भएको कार्यक्रमलाई मन्त्रालयले गौरवको आयोजनामा समेटेको छ।

आर्थिक वर्ष २०७६/७७ को वार्षिक कार्यक्रमको मन्त्रालयगत समीक्षा कार्यक्रममा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले उक्त कार्यक्रमबाट कृषिको उत्पादनतर्फ वृद्धि भएको र त्यसको बजारीकरणतर्फ मन्त्रालयले कार्यक्रम अगाडि बढाएको जानकारी गराएको छ। 

त्यसैगरी प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत दूध र मासु उत्पादनतर्फ ३६७, आलु तथा बीउ उत्पादनतर्फ २७३, सहकारीका ५८ हजार ८४ कृषक लाभान्वित हुने गरी ७ करोड ६८ लाख अनुदान रकम प्रवाह भएको जनाएको छ। 

स्थानीय तहको सहकार्यमा कुल ४५१ हेक्टरमा करारखेती कार्यक्रम सञ्चालन भइरहेको जनाएको छ।

भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले पेस गरेको प्रगति

१) प्रदेश सरकारको नीति तथा कार्यक्रम र संविधानअनुरुप कार्य विस्तृतिकरणअनुसार कार्य सम्पादन गर्न आब ०७६÷७७ मा १ सहकारी नियमावली र ४२ कार्यविधि गरी जम्मा ४३ वटा दस्तावेज निर्माण गरिएको छ।

२) कृषि, पशुपंछी, मत्स्य, सहकारी, भूमि, गुठी र गरिबी निवारणका कार्यक्रमहरू सञ्चालन गर्न मन्त्रालय र मातहत गरी २६ वटा कार्यालय स्थापना गरी सेवाप्रवाह गरिरहेकामा थप चुस्त दुरुस्त पार्न आब २०७७÷७८ बाट सञ्चालन हुनेगरी ३ वटा नयाँ कार्यालय (रुकुम पूर्व प्युठान र बर्दिया) को स्थापना भएको छ।

३) स्मार्ट कृषि गाउँ कार्यक्रमलाई मन्त्रालयकै गौरवको आयोजनामा लिई हालसम्म करिब ६००० घरधुरी समेटी ७५ वटा गाउँमा एकीकृत मोडलसहितको कार्यक्रम सुरु गरिएको छ। आगामी आवमा प्रदेशका सबै स्थानीय तहमा कार्यक्रम सञ्चालन हुने गरी आधार तय गरिएको छ।

४) विश्वव्यापी महामारीको कारण सिर्जित बन्दाबन्दीले निम्त्याएको विषम परिस्थितिमा कृषकको नास हुने दूध तथा तरकारी उपजलाई बजार पहुँचका लागि सहजीकरण गर्न जम्मा ३४ वटा कृषि एम्बुलेन्स सेवा सञ्चालन गरी करिब २९ करोडबराबरको कृषिजन्य वस्तुको कारोबार भएको छ।
 
५) प्रदेशभित्रको उत्पादनलाई बजारसम्म पहुँच तथा उत्पादक र उपभोक्ताबीचको मूल्य कम गर्ने उद्देश्यले यस वर्ष तीनवटा जिल्ला विशेष सहकारी बजार स्थापना कार्य सुरु गरिएको छ। यससँगै ०७७÷७८ मा १२ वटै जिल्लामा सहकारी बजार स्थापना कार्य सम्पन्न हुनेछन्।
 
६) अनुदान वितरण प्रक्रियालाई परिस्कृत गरी सुरुवात गरिएको प्रतिफलमा आधारित प्रोत्साहन अनुदान कार्यक्रमअन्तर्गत दूध र मासु उत्पादनतर्फ ३६७ तथा आलु तथा बीउ उत्पादनतर्फ २७३ सहकारीका ५८ हजार ८४ कृषक लाभान्वित हुने गरी ७ करोड ६८ लाख अनुदान रकम प्रवाह भएको छ।
 
७) करारखेती कार्यक्रमलाई यस वर्षबाट थप परिमार्जित गरी स्थानीय तहको सहकार्यमा कूल ४५१ हेक्टरमा कार्यक्रम सञ्चालन भइरहेको छ।
 
८) सहकारी विकास कोषलाई आव २०७७/७८ बाट परिचालन गर्ने गरी १५ करोडको कोष व्यवस्थापन भएको छ।
 
९) सुलभ कर्जा सहजीकरण तथा ब्याजमा अनुदान कार्यक्रमलाई आम कृषकको पहुँचमा पुर्याउन १२ जिल्लाकै जिल्लास्थित कार्यालयमा सहयोगी कक्ष स्थापना गरिएको छ। ब्याज अनुदान कार्यक्रम कार्यान्वयन सम्बन्धमा कृषि विकास बैकसँग समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ। 
 
१०) आव २०७६/७७ मा कुल १२ सय १३ कृषकका लागि व्यावसायिक उद्यमशीलता तालिम सञ्चालन भएका छन्। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
इजरायल र प्यालेस्टाइनबीच संघर्ष चर्किएपछि अमेरिकी विशेष दूत तेलअभिभमा

तेलअभिभ–इजरायल र प्यालेस्टाइनबीच केही सातायता जारी संघर्ष झन् चर्किएपछि अमेरिकी विशेषदूत हाडी अम्र तेलअभिभ पुगेका छन्। उनले यसक्षेत्रमा शान्ति कायम

सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न