झापामा एम्बुलेन्स चालकलाई गाउँलेकाे अपमान


विचार
आयोमेल संवाददाता
महन्थ–राजेन्द्र पक्षका सांसदहरूलाई रिसोर्टमा राखियो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) काे महन्थ–राजेन्द्र पक्षले आफ्ना सांसदहरूलाई भक्तपुरस्थित

आयोमेल संवाददाता
ओलीको विषाणुतन्त्र

अझै ठूलो कबिला-बुद्धि जमातबाट राजनेता, आधुनिक जंगबहादुर, राष्ट्रवादका ठेकेदार र

आयोमेल संवाददाता
देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको


सर्वसाधारणलाई कोठामा बस्न नदिएको, कोरोना संक्रमितलाई छि:छि: दुरदुर गरिएको, स्वास्थ्यकर्मीलाई दुर्व्यवहार र कुटपिट गरिएको लगायत घटना सार्वजनिक भइरहेका बेला झापामा एक एम्बुलेन्स चालक र उनकाे परिवार सामाजिक बहिष्कार सहन बाध्य भएको छ।

आफ्नो स्वास्थ्य दाउमा राखेर कोरोना संक्रमितलाई अस्पताल पुर्‍याउन अग्रपंक्तिमा काम गरिरहेका एम्बुलेन्स चालकको सर्वत्र प्रशंसा भइरहँदा झापामा भने सामाजिक बहिष्कारको घटना भएको हो।

कचनकवल-२ का एम्बुलेन्स चालक योगेन्द्र सिलवालले समूहमा आएका गाउँले घर घेरेर गाली गालीगलौच गरेको बताए। ‘गाउँलेले यस्तो किन गर्नुभयो, कोरोनाले मानिस भकाभक मरिरहेको यो बेला अस्पताल पुर्‍याउनु मात्रै पनि धर्म हो,' योगेन्द्रले भने, ‘गाउँलेको यो कार्यलाई मानवीय भन्नै सकिन्न। गाडी निसंक्रमण गरेर, पिपिई लगाएर, सेनिटाइजर, मास्क लगाएर एम्बुलेन्स चलाउँदा पनि गाउँमा कोरोना फैलाउने भइस् भन्दै एक सयभन्दा बढी गाउँले आएर मानसिक तनाव दिएका छन्।’

कोरोना लागेका मानिस बोकेको गाडी किन गाउँमा ल्याएको, ल्याउन हुँदैन, तँ पनि आउन पाउँदैनस् भनेर गाउँलेले धम्क्याएको योगेन्द्रले सुनाए । 'यो मानिसले मानिसलाई गर्ने व्यवहार हुनै सक्दैन र होइन,' योगेन्द्र भन्छन्, 'पशुवत व्यवहार गरियो, म मात्रै खिन्न छैनँ, परिवारलाई नै तनाव दिइयो ।'

उनले कचनकवलकै क्वारेन्टाइनमा रहेका संक्रमितलाई धरान लगेका हुन्। चालकका छोरा सन्दीप सिलवालले बुवा कोरोना संक्रमितलाई अस्पताल पुर्‍याउन गएपछि स्थानीयले दुर्व्यवहार गरेको सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन् ।

उनले अहिलेको विषम परिस्थितिमा एम्बुलेन्स चालकको मनोबल उच्च बनाउन सहयोग गर्नुपर्नेमा गाउँले एकजुट भएर सामाजिक बहिष्कार गर्नु दुखलाग्दो भएको बताए।

योगेन्द्रले कचनकवल–२ को श्रीकृष्ण प्रणामी मन्दिरव्दारा सञ्चालित मे१छ २२५७ नम्बरको एम्बुलेन्स २० महिना अघिदेखि चलाउँदै आएका छन्। प्रदेश १ मै कोरोना संक्रमणको ‘हटस्पट’ बनेको कचनकवलको स्थानीय भएको नाताले पनि संक्रमितलाई अस्पताल पुर्‍याउनुपर्ने बाध्यता छ।

तर, कोरोना संक्रमितलाई अस्पताल लैजाँदा स्थानीयको अपमान सहनुगरेको सन्दीपले दुखेसो गरे। सिलवाल परिवारले किनमेल गरेको पसलमा अरु छिमेकी जान छोडेको, डेरीमा दूध पुर्‍याउन अवरोध गरिएको छ।

सन्दीप भन्छन्, बुवाले कोरोना संक्रमित बोक्दा हामीमाथि विभेद भयो, अरु कोही पनि एम्बुलेन्स चालकले यस्तो दुर्व्यवहार भोग्नु नपरोस्।

प्रहरी र स्वास्थ्यकर्मीले प्रतिवाद गरेपछि स्थानीयवासी पछि हटेका थिए। घटनालाई लिएर स्थानीय प्रहरी कार्यालयमा छलफल भएको छ।जिल्ला प्रशासनले चालकको घर घेराउ गर्ने, दुर्व्यवहार गर्नेलाई कानुनी कारबाही गर्ने तयारी गरेको थियो। तर, गाउँलेले चालक र उनको परिवारसँग माफी मागेपछि छाडिएको छ।

हामीलाई अपमान र दुर्व्यवहार गरे पनि गाउँलेलाई माफ गरिदिएको योगेन्द्रकी श्रीमती टीका सिलवालले बताइन्। 'उहाँहरुले जे गर्नुभयो, त्यसलाई कसैले राम्रो भन्दैन,' उनले भनिन्, 'महामारीको यो बेला कारबाही होइन, सामाजिक सद्भाव कायम राख्नुपर्छ भन्ने सोचेर माफ गरिदियाैं।'


प्रतिक्रिया दिनुहोस्
थप समाचार
महन्थ–राजेन्द्र पक्षका सांसदहरूलाई रिसोर्टमा राखियो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) काे महन्थ–राजेन्द्र पक्षले आफ्ना सांसदहरूलाई भक्तपुरस्थित एक रिसोर्टमा लगेर राखेकाे छ। पार्टी कार्यालयमा जम्मा भएका एक

देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा

अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको सहयोग घोषणा

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको

निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा भइरहेको छ। विश्वव्यापी महामारीको समयमा