गाेलरक्षक कसिलासको संन्यास अर्थ


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


निकै लामो समय स्पेनले विश्व फुटबलमा केही पनि जितेन। स्पेनको घरेलु फुटबल आफैमा निकै बलियो थियो, तर अन्तर्राष्ट्रिय फुटबलमा स्पेनले दिने चुनौती कमजोर हुने गर्थ्याे।

एकपल्ट त्यस्तो समय पनि आयो, जतिबेला यही स्पेनले चार वर्षको अन्तरमा सबथोक जित्यो, दुई संस्करणको युरोपेली च्याम्पियनसिप र बीचमा विश्वकप। त्यसैले त्यो पुस्ताको स्पेनी खेलाडीलाई विशेष मानिन्छ। यही पुस्ताका एक खेलाडी थिए इकर कासिलास।

अहिले उनको चर्चा किनभन्दा औपचारिक रूपमा घोषणा भएको छ, अबदेखि उनले खेल्ने छैनन्। यो एक प्रकारले अपेक्षित थियो। उनलाई लिएर सन् २०१९ मा एउटा खराब समाचार आयो। पोर्चुगलमा पोर्टोका लागि खेलिरहेका कसिलासलाई हृदयघात भएको थियो।

उनी जस्ता खेलाडीलाई यस्तो भयोभन्दा सबै अचम्मित परेका थिए, कसिलास आफै पनि स्तब्ध थिए। पछि उनी निको पनि भए तर तयजस्तै भइसकेको थियो, अब उनले खेल्ने छैनन् ।

अब यही सम्भावना सत्य भएको छ, औपचारिक ढंगले । उनी भर्खर ३९ वर्षका भए, खेल्न छाडे पनि उनले अझै धेरै समय फुटबलको सेवा गर्न सक्ने छन्। निको भएयता उनी पोर्टोमै सहयोगी प्रशिक्षकका रूपमा थिए। अब उनको लक्ष्य भनेको प्रशिक्षक बन्नु हो।

अब त हल्ला के पनि चलिसकेको छ भने उनी लामो समय पोर्टोमा बस्ने छैनन्। ढिलोचाँडो उनी रियल म्याड्रिडमा फर्कने छन्। यो त्यही क्लब हो, जहाँ उनले नाम कमाए।

रियलमा उनले १६ वर्ष बिताए। यसबीचमा पाँचपल्ट स्पेनी ला लिगा र तीनपल्ट युरोपेली च्याम्पियन्स लिग जिते। एउटा गोलरक्षक खेलाडीका रूपमा यो आफैमा ठूलो उपलब्धि हो।

तर उनलाई खासमा सम्झिने भनेको स्पेनकाे प्रदर्शनलाई लिएर हो। स्पेनले सन् २०१० मा विश्वकप जितेको थियो भने सन् २००८ र २०१२ मा युरोपेली च्याम्पिनयसिप। यही टिमका सबैभन्दा महत्त्वपूर्ण र निर्णायक सदस्यमध्ये एक हुन्, यिनै कसिलास। 

त्यो समय स्पेनले पस्केको फुटबलको सबै कायल भएका थिए। त्यति मीठो फुटबल खेलेको थियो टिमले। छोटा छोटा पास, त्यो पनि शृंखलाबद्ध। कसिलासले पनि स्पेनका लागि त्यतिबेला कडिकडाउ रूपमा गोलपोस्टको रक्षा गरे।

कसिलासको अहिलेको संन्यासको अर्थ हो, अब एकपल्ट फेरि ती दिन सम्झेर खुसी हुने अवसर मिलेको छ। रियलका अहिलेका कप्तान सर्जियो रामोसले आफ्ना साथीलाई लिएर ठिकै भनेका छन्, कसिलास त सधैंका लेजेन्डरी खेलाडी हुन्।

-एजेन्सीको सहयोगमा


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख