नेपालगन्जमा दुई प्रहरी कार्यालय सिल


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


बाँकेका सरकारी कर्मचारी र प्रहरीमा कोरोना संक्रमण बढ्दै गइरहेको छ।  संक्रमण बढ्दै जाँदा कार्यालय सील गर्न क्रम पनि बढ्दो छ।

कोरोनाका कारण अहिलेसम्म बाँकेमा आधा दर्जन सरकारी कार्यालय सील गरिएका छन्। पछिल्लो समय बाँकेको कोहलपुरस्थित इलाका प्रहरी कार्यालय र वडा प्रहरी कार्यालय नेपालगन्ज सिल गरिएको छ।

कोहलपुरको इलाका प्रहरी कार्यालयमा रहेका एक थुनुवामा कोरोना पुष्टि भएपछि कार्यालय शील गरिएको कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदिप चन्दले जानकारी दिए। अत्यावश्यकीय कामका लागि जिल्ला प्रहरी कार्यालयबाट कोहलपुरमा मोवाइल टोली परिचालन गरिएको छ।

प्रहरी नायब उपरीक्षक चन्दका अनुसार थुनुवामा कोरोना देखिए पनि अन्य प्रहरी कर्मचारीलाई जनसम्पर्कबाट टाढा राखिएको छ। कार्यालयमा ओहोरदोहोर पूर्णरुपमा बन्द गरिएको छ। थुनुवामा संक्रमण पुष्टि भएपछि इलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी र थुनुवाहरूको पिसिआर परीक्षण भइरहेको प्रहरी नायब उपरीक्षक चन्दले बताए।

यसैबीच मंगलबार वडा प्रहरी कार्यालय नेपालगन्ज र बाँके कारागारमा गरि ६ जना प्रहरीमा कोरोना संक्रमण देखिएपछि मंगलबार बेलुका वडा प्रहरी कार्यालय पनि सील गरिएको वडा प्रहरी इन्चार्ज प्रहरी निरीक्षक हरी बस्नेतले बताए। उनका अनुसार ७ जनाको स्वाब परीक्षण गरिएकोमा ६ जनामा साक्रमण पुष्टि भएको हो।

यसअघि सोमबार नेपालगन्ज उपमहानगरपालिका सील गरिएको थियो भने त्योभन्दा अगाडि यातायात ब्यवस्था कार्यालय, आन्तरिक राजश्व कार्यालय र जिल्ला अदालत पनि बन्द गरिएको थियो। कोरोना संक्रमण बढेसँगै बाँकेका सरकारी कार्यालय सील हुने क्रम बढ्दो छ।

होटेल ह्वाइट हाउसलाई आइसोलेसन सेन्टर बनाइने

बाँकेमा कोरोना संक्रमितहरूको संख्या बढ्दै गएपछि नेपालगन्ज उपमहानगरपालिका-२० मनिकापुरमा बन्द अवस्थामा रहेको होटल ह्वाइट हाउसलाई ‘आइसोलेशन सेन्टर’ बनाइने भएको छ।

बाँके जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन केन्द्रको मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको हो।

आइसोलेशनको क्षमता कम भएकाले संक्रमित विरामीको व्यवस्थापनमा समस्या देखिएपछि बन्द रहेको होटेललाई ‘आइसोलेशन सेन्टर’ बनाउने निर्णय गरिएको बाँकेका प्रमूख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख