शरीरमा आगो लगाएका क्वारेन्टाइन सुरक्षागार्डकाे मृत्यु


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


रूपन्देहीको देवदहस्थित एक क्वारेन्टाइनका सुरक्षागार्डले शरीरमा आफैले आगो लगाएका छन्। स्थानीय २४ वर्षे विपिन बस्यालले मंगलबार बिहान करिब ३ बजे शरीरमा मट्टीतेल खन्याएर आगो लगाएका हुन्।

बस्याल देवदह नगरपालिका वडा ७ शीतलनगरस्थित नेपाल मगर संघको भवनमा बनाइएको क्वारेन्टाइनमा सुरक्षागार्डका रूपमा काम गर्दै आएका थिए। मृतक बस्याल देवदह नगरपालिकाको स्वास्थ्य शाखाका उपसंयोजक रामप्रसाद बस्यालका छोरा हुन्।

केरवानी माध्यमिक विद्यालयमा रहेको क्वारेन्टाइनलाई केही दिनअघि मात्रै उक्त सामुदायिक भवनमा सारिएको देवदह नगरपालिकाका नगरप्रमुख हीराबहादुर खत्रीले जानकारी दिए। उक्त क्वारेन्टाइनमा दुईजना सुरक्षागार्डले पालैपालो सुरक्षा दिँदै आएका थिए।

आगोले जलेर गम्भीर घाइते भएका उनको अस्पताल लैजाने क्रममा बुटवलमा मृत्यु भएको हो।

आगोले जलेर गम्भीर घाइते भएका बस्याललाई देवदह मेडिकल कलेजमा उपचारपछि पाल्पा मिसन अस्पताल लैजान लागिएको थियो। तर बाटोमै स्वास्थ्य अवस्था जटिल देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो।

उनले के कारणले आत्महत्या गरे भन्ने खुल्न नसकेको र घटनाबारे अनुसन्धान सुरु भइसकेको इलाका प्रहरी कार्यालय बुटवलका डीएसपी प्रतीकसिंह राठौरले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख