दुई चिकित्कससहित प्रादेशिक अस्पतालका १७ कर्मचारीमा कोरोना पुष्टि


विचार
आयोमेल संवाददाता
सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

काठमाडौं–कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना

आयोमेल संवाददाता
महन्थ–राजेन्द्र पक्षका सांसदहरूलाई रिसोर्टमा राखियो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) काे महन्थ–राजेन्द्र पक्षले आफ्ना सांसदहरूलाई भक्तपुरस्थित

आयोमेल संवाददाता
ओलीको विषाणुतन्त्र

अझै ठूलो कबिला-बुद्धि जमातबाट राजनेता, आधुनिक जंगबहादुर, राष्ट्रवादका ठेकेदार र


दुई चिकित्सकसहित प्रादेशिक अस्पताल जनकपुरका १७ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ। प्रादेशिक प्रयोगशलामा गरिएको स्वाब परीक्षणमा अस्पतालका १७ जनामा संक्रमण पुष्टि भएको हो।

चिकित्सकसहित अन्य कर्मचारीहरूमा संक्रमण पुष्टि भएपछि प्रादेशिक अस्पतालल सिल गर्ने तयारी गरिएको छ। चिकित्सक र कर्मचारीबाहेक अस्पतालमा उपचारका लागि आएका केही बिरामीहरूमा समेत संक्रमण पुष्टि भएको जनाइएको छ।

प्रादेशिक अस्पतालस्थित कोभिड अस्पतालका संयोजक डा. जामुन सिंहले पछिल्लो तीन दिनमा अस्पतालका दुई चिकित्सकसहित १७ जना कर्मचारी र केही बिरामीमा संक्रमण पुष्टि भएको जानकारी दिए।

अस्पतालको आइसीयु, आकस्मिक तथा वार्डमा भर्ना केही बिरामीहरूमा संक्रमण पुष्टि भएको उनले बताए। यसैगरी अस्पतालमा कार्यरत नर्स, सफाइ कर्मचारीहरूमा समेत संक्रमण देखिएको डा.सिंहले बताएका छन्।

‘अस्पतालमा कार्यरत चिकित्सक र अन्य कर्मचारीहरूमा संक्रमण देखिएको छ, केही बिरामीहरू पनि संक्रमित भएका छन्,’ डा.सिंहले भने,‘अस्पताल प्रशासनको बैठकले सिल गर्ने निर्णय गरिसकेको छ। सिल गर्ने अधिकार स्थानीय प्रशासनलाई रहेकोले हामी सिफारिस गरेका छौं।’ ‘जतिपनि संक्रमण देखिएका छन् सबै समुदायबाट आएको हामीलाई लागेको छ,’ सिंहले भने।

अत्याधिक गर्मी रहेकोले हरेक समय पीपीइ लगाएर काम गर्न सक्ने अवस्था नरहेको बताउँदै उनले अस्पतालमा कार्यरत चिकित्सक र कर्मचारीहरू जोखिममा रहेको बताए।

प्रदेश २ मा थपिए १०३ नयाँ संक्रमित

सोमबार प्रदेश २ मा १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका विभिन्न जिल्ला गरी १०३ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। १०३ जना थपिएसँगै प्रदेश २ को कोरोना संक्रमितको संख्या ५ हजार ९ पुगेको छ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २ देखि २४ का ९ महिला र १५ पुरुष गरी २४ जनामा संक्रमण पुष्टि भएको छ। यसैगरी धनुषाको विदेह नगरपालिका, महेन्द्रनगर, बेंगाडाबर, सुन्दरपुर, सबैला नगरपालिका र मुखियापट्टी मुसहरनियाका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

यता महोत्तरीको सीतापुर भंगहा, पिपरा गाउँपालिका, लोहारपट्टी नगरपालिकाको भ्रमरपुराका १/१ र जलेश्वर नगरपालिकाका २७ जना गरी ३० जनामा संक्रमण पुष्टि भएको छ।

बाराको इतियाही, गढीमाइ नगरपालिका र ठाउँ नखुलेको १/१ जना गरी तीन जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।

यसैगरी पर्साको वीरगंज महानगरपालिकाका ३२, जिल्ला प्रहरी कार्यालय पर्सा, श्रीपुर प्रहरी चौकी, तीहकी, सखुवा प्रसौनी गाउँपालिका, ठाउँ नखुलेको र सेनवरियाका १/१ जना गरी ३८ जनामा संक्रमण पुष्टि भएको छ।

सिरहाको कर्जनहा र सर्लाहीको गोडैता नगरपालिकाका १/१ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

काठमाडौं–कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना नगरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा यस्तो पाइएको

महन्थ–राजेन्द्र पक्षका सांसदहरूलाई रिसोर्टमा राखियो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) काे महन्थ–राजेन्द्र पक्षले आफ्ना सांसदहरूलाई भक्तपुरस्थित एक रिसोर्टमा लगेर राखेकाे छ। पार्टी कार्यालयमा जम्मा भएका एक

देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा

अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको सहयोग घोषणा

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको