प्रदेश १ मा दोस्रो संक्रमितको मृत्यु


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


प्रदेश १ मा दोस्रो कोरोना संक्रमितको ज्यान गएको छ। ज्यान जानेमा विराटनगर ५ आदर्श टोलका ७७ वर्षीय पुरुष रहेको कोशी अस्पतालका मेडिकल सुपरिटेण्डेन (मेसु) डाक्टर चुमनलाल दासले जानकारी दिए। 

उनको कोशी आइसोलेटेड उपचारकेन्द्रमा ज्यान गएको हो। उनलाई स्वास प्रश्वासमा समस्या भएपछि परिवारले विहान साढे ९ बजे कोशी अस्पतालमा ल्याइएको थियो। डाइवेटिज, उच्च रक्तचाप र दमको समस्या भएका उनको उपचारकै क्रममा ज्यान गएको दासले जानकारी दिए। 

उनका अनुसार बृद्धको निधन अघि कोरोना पुष्टि भएको थिएन। अस्प्ताल भर्ना हुनेबित्तिकै स्वाब संकलन गरिएकोमा उनको निधन आज दिउसो ३:१५ मा भएको हो। उनलाई कारोना भएको निधनपछि मात्र थाहा भएको दासको भनाई छ। 

मृतकको कुनै ट्राभल हिस्टि नदेखिएको दासले जानकारी दिए। उमेरले पाको व्यक्ति भएको हुँदा कहाँबाट संक्रमण फैलियो भन्ने बारे परिवारका सदस्य समेत अनविज्ञ भएको र उनीहरूको समेत अहिले स्वाब संकलन भइरहेको डा. दासले बताए।

संक्रमित व्यक्तिको शबलाई डिस्पोज गर्ने सेनाको डिस्पोज टोली तैनाथ रहेको छ भने प्रदेश सरकारले डेडिकेटेड रुपमा चलाएको एम्बुलेन्सले सुक्षित स्थानमा लगेर शवको अन्त्यष्टि गर्ने छ। यसका लागि प्रदेश सरकारको विशेष टिमले यो सबै कुराको व्यवस्थापन गर्ने दासले जानकारी दिए। 

प्रदेश १ मा यसअघि पहिलो कोरोना संक्रमणबाट ज्यान जाने मोरङ सुनवर्षिका ४५ वर्षिय पुरुष हुन्। उनको धरानस्थित विपी प्रतिष्ठानमा ज्यान गएको थियो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख