काठमाडौं उपत्यकामा आज ५१ जनामा कोरोना, कूल संक्रमित ६६५


विचार
आयाेमेल संवाददाता
आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा

आयाेमेल संवाददाता
कोरोनाबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको मृत्यु

जनकपुरधाम – कोरोनाबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी मेयर आशा चौधरीको निधन

आयाेमेल संवाददाता
भारतमा चुनावले निम्त्याएको गम्भीर परिणाम : १६२१ शिक्षकले…

काठमाडौं – उत्तर प्रदेशमा भएको पञ्चायत चुनावमा खटिएका १६२१ शिक्षकको


सोमबार उपत्यकामा थप ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा. जागेश्वर गौतमले उपत्यका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ५१ जनामा कोरोना पुष्टि भएको बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा काठमाडौंका ८ जना, भक्तपुरका १ जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको प्रयोगशालमा काठमाडौंका १७ जनामा कोरोना पुष्टि भएको हो।

त्यसैगरी, वीर अस्पताल प्रयोगशालमा काठमाडौंका २ जना, त्रिभुवन शिक्षण अस्पतालको प्रयोगशलामा काठमाडौं १ जनामा, पाटन अस्पतालमा काठमाडौंका ५, भक्तपुरका ४ र ललितपुरका २ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

नेपाल प्रहरी अस्पतालको प्रयोगशालमा काठमाडौंका २ जनामा र स्टार अस्पतालमा काठमाडौंका ५ जना , ललितपुरका १ जना, विरेन्द्र अस्पतालको प्रयोगशालामा काठमाडौंका ३ जनामा कोरोना संक्रमण पुष्ठि भएको हो।

योसँगै उपत्यकामा ६ सय ६५ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

काठमाडौंमा ४ सय ९३, ललितपुरमा १ सय ८ र भक्तपुरमा ६४ जनामा संक्रमण देखिएको हो। सोमबार ४ सय १८ जनामा संक्रमण पुष्टि भएको छ। यो सँगै देशभर २० हजार ७ सय ५० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

हालसम्म कोरोना संक्रमणबाट ५७ जनाको मृत्यु भएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
आजदेखि बनेपा ‘सिल’, मर्निङवाकसमेत बन्द

काभ्रेपलाञ्चोकका अन्य स्थानीय तहभन्दा कोरोना संक्रमण उच्च संख्यामा रहेको बनेपा नगरपालिका आज रातिदेखि ‘सिल’ गरिने भएको छ। स्थानीय जनप्रतिनिधिलगायत कोभिड

कोरोनाबाट सप्तकोशी नगरपालिकाकी उपमेयरको मृत्यु

जनकपुरधाम – कोरोनाबाट सप्तरीको सप्तकोशी नगरपालिकाकी मेयर आशा चौधरीको निधन भएको छ। ४० वर्षीया चौधरीको विराटनगरस्थित विराट शिक्षण अस्पतालमा मंगलबार

भारतमा चुनावले निम्त्याएको गम्भीर परिणाम : १६२१ शिक्षकले गुमाए ज्यान

काठमाडौं – उत्तर प्रदेशमा भएको पञ्चायत चुनावमा खटिएका १६२१ शिक्षकको कोरोना संक्रमणबाट निधन भएको तथ्यांक बाहिर आएको छ।उत्तर प्रदेशको प्राइमरी

भारतमा कोरोना संक्रमितका लागि नयाँ औषधि प्रयोग अनुमति

कोरोनाभाइरस संक्रमित बिरामीको उपचारमा प्रयोग गर्ने उद्देश्यले भारतमा स्थानीय रूपमा विकसित नयाँ औषधिलाई अनुमति दिइएको छ। औषधिसँग सम्बन्धित विषय हेर्ने