काठमाडौंमा कारबाहीभन्दा पुरस्कृत हुने प्रहरी बढी


विचार
आयोमेल संवाददाता
सगरमाथामा दुई आरोहीको मृत्यु

काठमाडौं–सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ। बुधबार

आयोमेल संवाददाता
सकियो देउवा–प्रचण्ड वार्ता

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष

आयोमेल संवाददाता
खोप लगाए पनि सुरक्षित रहन किन जरुरी?

१. लक्षण देखिन थालेपछि भाइरसको संख्या घट्ने क्रम सुरु हुन्छ।


एक वर्षको अवधिमा काठमाडौं उपत्यकामा कार्यरत् ४७५ जना प्रहरी कारबाहीमा परेका छन्। 

आर्थिक वर्ष २०७६/७७ मा उक्त संख्यामा प्रहरीहरू कारबाहीमा परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीले जनाएको छ।
 
यो अवधिमा विभिन्न ११ शीर्षकमा प्रहरीमाथि कारबाही भएको छ। कार्यालयका अनुसार २८ जना स्वत: निलम्बनमा परेका छन्। 

मुद्दामामिला लागेका प्रहरीहरू यसरी निलम्बनमा पर्छन्। निलम्बनमा ३६ जना प्रहरी परेका छन्। 

यस्तै, जागिरबाट ३ जना बर्खास्तमा परेका छन्। जागिरबाट हटाइएकामा ४५ जना छन्। 

१५ जनाको पदोन्नति रोक्का भएको छ। सुरू स्केल घटुवामा १३ जना परेका छन्। 

२८ जनाको ग्रेड रोक्का भएको छ भने ५९ जनाको ग्रेड घटुवा भएको छ। यसअवधिमा २१३ जनाले नसिहद पाएका छन् भने चालचलनमा दुई जनालाई प्रतिकूल राय दिएर कारबाही गरिएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले बताए। 

यही अवधिमा १३६० जना प्रहरीहरू पुरस्कृत भएको पोखरेलले बताए। 

खराबलाई कारबाही, उत्कृष्टलाई पुरस्कार दिने नीतिअनुसार थालिएको संगठन शुद्धिकरण अभियानमा यो संख्यामा प्रहरीहरू पुरस्कृत भएको उनले बताए। 

यसरी पुरस्कृत हुनेमा प्रहरी वरिष्ठ उपरीक्षक ५ जना रहेका छन्। प्रहरी उपरीक्षक ९, प्रहरी नायब उपरीक्षक ४७, प्रहरी निरीक्षक १०२, प्रहरी नायब निरीक्षक १५५, प्रहरी सहायक निरीक्षक १६४, प्रहरी हवल्दार २६७, प्रहरी जवान ५९० र प्रहरी कार्यालय सहयोगी २१ जना रहेका छन्। महानगरीय प्रहरी कार्यालयको कार्यक्षेत्र काठमाडौं उपत्यकाभरि हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सगरमाथामा दुई आरोहीको मृत्यु

काठमाडौं–सगरमाथा आरोहणका क्रममा दुई विदेशी आरोहीको मृत्यु भएको छ। बुधबार बिहान उनीहरुको मृत्यु भएको पर्यटन विभागका निर्देशक मीरा आचार्यले जानकारी

सकियो देउवा–प्रचण्ड वार्ता

काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीचका भेटवार्ता सकिएको छ। दुवै शीर्ष नेताबीच

खोप लगाए पनि सुरक्षित रहन किन जरुरी?

१. लक्षण देखिन थालेपछि भाइरसको संख्या घट्ने क्रम सुरु हुन्छ। योसँगै अरूलाई सर्न सक्ने संक्रामक भाइरसको संख्यामा पनि कमी आउन

सिसिएमसीको निर्देशन अक्सिजन उद्योगहरुले पालना गरेनन्

काठमाडौं–कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को निर्देशन अक्सिजन उद्योगहरुले पालना नगरेको पाइएको छ। जिल्ला प्रशासन कार्यालयले गरेको अनुगमनमा यस्तो पाइएको