दंगीशरण दरबारको डिपिआर बनाउन सहमति, ३० लाख बजेट 


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


दाङको दाङ तुलसीपुर उपमहानगरपालिका-११ सुकाराकोटमा रहेको दंगीशरण दरबारले अन्ततः विकासको गति लिने भएको छ। 

करिब साढे दुई हेक्टर बढी क्षेत्रफल ओगेटेको दंगीशरण दरबारको विकासको काम थारू कल्याणकारिणी सभा दाङको नेतृत्वमा अगाडि बढ्ने सहमति भएसँगै विकासको ढोका खुलेको हो।

यसअघि दरबारको विकास कसको नेतृत्वमा र कसरी गर्ने विषयमा सहमति हुन सकेको थिएन्।

दरबारको संरक्षण र प्रवद्र्धनका लागि थारू कल्याणकारिणी सभा दाङका अध्यक्ष भुवन चौधरीको नेतृत्वमा स्थानीय सरकार, सरोकारवालाको सहभागितामा विस्तृत परियोजना अध्ययन प्रतिवेदन (डिपिआर) तयार गर्ने सहमति जुटेको हो। 

अबको केही महिनामा त्यस क्षेत्रमा विकासका लागि डिपिआर तयार गर्ने, दरबारको उत्खनन्, अनुन्धानका लागि पुरात्व विभागका टोलीलाई बोलाउने तयारी भइरहेकोे प्रदेशसभा सदस्य डिल्लीबहादुर चौधरीले जानकारी दिए।

उनका अनुसार डिपिआर र दरबारको संरक्षणका लागि प्रदेश सरकारबाट ३० लाख बजेट विनियोजन भएको छ। यसको बृहत विकासका लागि पाँच करोड भन्दा बढी रकम आवश्यक पर्ने भएकाले त्यसका लागि पहल गरिरहेको चौधरीले बताए। 

दंगीशरणको दरबारभित्र वर्ड गार्डेन पार्क निर्माण अन्तिम चरणमा पुगेको छ। प्रदेश सरकारकै सहयोगमा निर्माण भइरहेको पार्कमा दंशीरशण राजाको शालिक स्थापना गरिने छ। 

यद्यपि विना गुरुयोजना दरबारको विकासका नाममा जथाभावी संरचना बनाउने र दरबारको अस्तित्व मेटिनेगरी व्यवस्थित संरचना निर्माण गरेको भन्दै थारु कल्याणकारिणी सभाले विरोध गर्दै आएको थियो। अहिले डिपिआर बनाएर मात्र त्यस क्षेत्रको विकास गर्ने सहमति भएको हो। 

सुकाराकोटमा थारू राजा दंगीशरणले राज्य चलाएको किम्बदन्ती पाइन्छ। त्यसक्षेत्रमा पुरातत्व विभागले ३ पटकसम्म उत्खन्न गरिसकेको छ। 

उत्खननको क्रममा थारू राजा दंगीशरणले प्रयोग गर्ने गरेका केही पुराना सिक्का, थारू समुदायका पुर्खाले प्रयोग गर्दै आएको विभिन्न प्रकारका माटाका भाडाकुडा, गुन्द्री, ढकिया, भौका, थारू महिलाले घाटीमा लगाउने मोतीका दाना, हाँतमा लगाउने लखौटीका चुरा, माटोबाट बनेका देउताका मूर्ति, शिकार खेल्ने धनुष, चार प्रकारका इट्टा लगायत भेटिएका थिए। 

दंगीशरणको नाममा गाउँपालिका
दंगीशरण दरबारको क्षेत्र तुलसीपुर उपमहानगरपालिकामा क्षेत्रमा रहेता पनि गाउँपालिकाको नाममा भने दंगीशरण राखिएको छ। 

दरबारको सिमानासँग जोडिएको खोलापारी पश्चिम भेग साविक हेकुली गाविस, साविक श्रीगाउँ गाविस र दक्षिणभेग छोएका बबइपारी साविक गोलटाकुरी गाविसलाई गाभेर दंगीशरण गाउँपालिका बनाइएको हो। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।