सरकार लकडाउन गर्ने, जनता नमान्ने 


विचार
आयोमेल संवाददाता
महन्थ–राजेन्द्र पक्षका सांसदहरूलाई रिसोर्टमा राखियो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) काे महन्थ–राजेन्द्र पक्षले आफ्ना सांसदहरूलाई भक्तपुरस्थित

आयोमेल संवाददाता
ओलीको विषाणुतन्त्र

अझै ठूलो कबिला-बुद्धि जमातबाट राजनेता, आधुनिक जंगबहादुर, राष्ट्रवादका ठेकेदार र

आयोमेल संवाददाता
देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको


आइतबार दिउँसो ठिक १:४५ बजे विराटनगरमा चर्को घाम थियो। को १ ग ११० नम्बरको नगर प्रहरीको सेतो ट्रक विराटनगर २ को मुनाल पथमा देखापर्यो। 

एक छिन अघिसम्म सटर खुल्ला गरिरहेका व्यापारी नगरप्रहरी देख्नासाथ सटर झारे। ट्रकमै कोभिड १९ सँक्रमण नियन्त्रणका लागि आवश्यक सुचना सुनाउँदै (माइकिङ) हिँडेको प्रहरीको टोली उत्रिएन। बरु गाडीबाटै लकडाउन भएको स्मरण गरायो र अघि बढ्यो। 

महानगरले सील गरेको विराट अस्पताल (विराट नर्सिङ होम) उत्तरतर्फका दुई होटल न्यू होटल एलिना र न्यू मुनाल होटल यसरी खुल्ला थिए, मानौँ त्यहाँ कुनै संक्रमणको जोखिम छैन। 

६ लेन सडकको पेटिमा प्लास्टिकका कुर्सी र टेवल राखिएको थियो। ग्रहक नभएपनि त्यो सेटअपले ग्राहकलाई निम्ता दिइरहेको थियो। नगरप्रहरी तीर्थ खत्रीको नेतृत्वमा पुगेको टोलीले ति होटल सञ्चालकलाई बन्द गर्ने आग्रह गर्यो। उनको आग्रह नमान्दा सामान्य बल प्रयोग गर्नुपर्ने अवस्था आयो।  

दिनभर बजार क्षेत्रको अवस्था बुझ्दै र नागरिकलाई लकडाउन भएको सम्झाउँदै हिँडेका खत्री थकित मुद्रामा थिए। ‘जति भने पनि मान्दैनन्। एकछिन बन्द गरेजस्तो त गर्छन। फेरि हामी हिँड्नसाथ पसल खोलिहाल्छन्,’ उनी भनिरहेका थिए।

आज विराटनगरमा देखिएका यि प्रतिनिधि दृष्य मात्र हुन्। पछिल्लो समय कोरोना समुदाय तहमा फैलिएको स्वास्थ्य प्राविधिकको निस्कर्षअनुसार हिजोदेखि विराटनगर महानगरपालिकाले दोस्रोपटक लकडाउनको घोषणा गरेको छ। 

१४ दिनका लागि विराटनगर बजार लकडाउन गर्ने महानगरको घोषणा सर्वसाधारणले उल्लङ्‌घन गरेका छन्। सरकारको लापबाहीले कोरोना नियन्त्रण नभइरहेको भन्ने धेरैको बुझाइलाई विराटनगरका दृष्यले विल्कुल फरक आर्थ्याइरहेका छन्।

‘अप्ठ्यारो अवस्थामा सरकारलाई सहयोग गर्नुपर्छ भन्ने भावना नागरिकमा हुनैपर्छ,’ पैदलयात्री डीकबहादुर खापुङले भने, ‘यो हाम्रैलागि गरिएको हो भन्ने कुरा बुझे सबैले लकडाउन पालना गर्छन्।’ 

विराटनगरका विभिन्न सामाजिक संघ संस्थामा सक्रिय खापुङ विपत्तिमा राज्यपक्षलाई साथ दिएमात्र सबै क्षेत्रमा जोखिन सहज हुने बताउँछन्। कोरोना भाइसरसँगको लडाइ सरकारी पक्ष एक्लैले नभए नागरिकसमेतको सहभागीतामा जितिनेको उनको भनाई छ। 

विराटनगरका मुख्य बजार क्षेत्रमा अधिकांश सटर बन्द छन्। तर, सटरबाहिर फलफूल र कस्मेटिकका ठेला सञ्चालनमा रहेका छन्। जहाँ किनमेलका लागि मानिसहरूको भिड देखिन्छ। सामान्य स्वास्थ्य सतर्कता समेत नराखी बजारमा खुलमखुल्ला हिंड्ने मानिसलाई रोक्न नसकिरहेको बेला नागरिक आफै सतर्कता हुनुपर्ने देखिन्छ। 

विराटनगरको मुख्य बजार क्षेत्रका सुनिल दास र विजेन्द्र शाह सरकारको आग्रह बमोजिम पसल बन्द गरेको बताउँछन्। तर, बजार क्षेत्रमा स्वतस्फूर्त मानिसको भिड देख्दा भने पसले स्वयमले मात्र दोकान बन्द गरेर संक्रमण न्यूनिकरणमा सघाउ नपुग्ने उनीहरूको तर्क छ। ‘महानगरले भनेका हामीले  त मान्यौ,’ दासले भने, ‘मास्क नलगाई यसरी भिड लागेर हिँड्ने नागरिकले चाहि सोच्नु पर्दैन?’ 

उनका साथि विजेन्द्रले भने समाजका सबै क्षेत्रमा रहेका व्यक्तिले एकढिक्का भएर विराटनगरमा १४ दिन लकडाउन मान्नैपर्छ। समुदाय तहमा पुगेको कोरोनाबाट बच्न मुख्य भिडभाड हुने ठाउँमा मानिसको आवतजावत कम नबनाए लकडाउन गरेको कुनै अर्थछैन। 

महानगरपालिकाले समेत नागरिकको गैरजिम्मेवारीपनलाई कोरानो फैलिनसक्ने जोखिमका रुपमा लिएको छ। ‘यस अघि सीमा पार भारत र तेस्रो मुलुकबाट आउने नागरिकबाट संक्रमण जोखिम उच्च भए पनि अहिले समुदाय तहमा पुगिसकेको कोरोनाले कहाँ कति बेला कोमार्फत सर्छ भन्ने एकिन छैन,’ नगरप्रमुख भीम पराजुलीले ‘यस्तो बेला नागरिक आँफै सचेत हुनुको विकल्प छैन। सर्वसाधारणले हामीलाई साथ दिनुपथ्र्यो। तर, दृष्य त्यस्तो देखिरहेको छैन।’

उनले नगरवासीमा कोरोनासँग जुध्न सहयोग गर्न नागरिकलाई अपिल गरेका छन्। आफसँगै समुदायलाई यो महामारीबाट बचाउन अहम भूमिका खेलिदिन उनको आग्रह छ। 

‘अझैपनि मास्क लगाउ, सेनिटाइजर लगाउ, सामाजिक दूरी कायम गर, यि प्रोटोकल पुरा गर भन्नुपरेको छ,’ नगरप्रमुख पराजुली भन्छन्, ‘हामी आफैबाट जागरणको  सुरुवात गर्नुपर्छ। आनीमात्रै हामी जोगिन्छौं, अरुलाईजोगाउछौं र समुदायबाट जोगिन सक्छौं।’

विराटनगर महानगर कार्यपालिकाको बैठक बसेर संक्रमण न्यूनिकरणका लागि साउन १२ गतेदेखि अनिश्चितकालका लागि अत्यावश्यक बाहेकका नगरकासेवा बन्द गर्ने निर्णय गरेको थियो। त्यसको ठिक ४ दिनपछि विराटनगर महानगरपालिकाले  १४ दिनका लागि लकडाउन गर्ने घोषणा गरेको हो।

आइबार सांझसम्मको तथ्याङ्कअनुसार विराटनगरमा २ हजार ८ सय १२ जनाको पिसिआर परीक्षण गर्दा १ सय २० जनामा कोरोना पोजेटिभ देखिएको छ। तर, जोखिमपूर्ण कुरा त के छ भने संक्रमितमध्ये ५६जनाको कुनै ट्राभल हिस्टी छैन। अर्थात, कहाँबाट सर्यो भन्ने एकिन छैन। ति संक्रमित विराटनगर बाहिर नगएको देखिएको महानगरपालिकाका स्वास्थ्यशाखा प्रमुख रमेश कार्कीले जानकारी दिए।

उनकाअनुसार विराटनगरका ३ स्वास्थ्य संस्थामा कोरोना सँक्रमण भएको पुष्टि भएको छ। जसमध्ये विराटनगर अस्पताल साउन १६ गते शिल गरिएको छ भने कोशी अस्पताल र न्यूरो अस्पतालका एक/एक विभाग शिल गरिसकिएको छ। यसैगरि विराटनगरका विभिन्न स्वास्थ्य सँस्थामा कार्यरत १३ स्वास्थ्यकर्मी कोरोना संक्रमणमा परेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
महन्थ–राजेन्द्र पक्षका सांसदहरूलाई रिसोर्टमा राखियो

काठमाडौं–जनता समाजवादी पार्टी (जसपा) काे महन्थ–राजेन्द्र पक्षले आफ्ना सांसदहरूलाई भक्तपुरस्थित एक रिसोर्टमा लगेर राखेकाे छ। पार्टी कार्यालयमा जम्मा भएका एक

देउवाको प्रस्ताव-सरकार बनाऔं, महन्थको जवाफ-हामीलाई सरकार चाहिएन

काठमाडौंनेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा) बीच विहीबार भएको वार्ता निष्कर्षविहीन भएको छ। कांग्रेस सभापति शेरबहादुर देउवा निवास बूढानीलकण्ठमा

अमेरिकी इण्डोप्यासिफिक कमाण्डले नेपाललाई साढे २७ लाख डलरबराबरको सहयोग घोषणा

काठमाडौं–अमेरिकी इन्डोप्यासिफिक कमान्डले नेपालमा अक्सिजन प्लान्ट, सिलिन्डर, तथा भन्डार ट्यांकहरू उपलब्ध गराउन थप २७ लाख ५० हजार अमेरिकी डलर बराबरको

निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा भइरहेको छ। विश्वव्यापी महामारीको समयमा