प्रदेश २ मा थप १३८ मा कोरोना पुष्टि, जिल्ला प्रहरी कार्यालय धनुषाको ब्यारेक सिल


विचार
आयोमेल संवाददाता
उपप्रधानमन्त्री तथा मन्त्रीहरुले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन्। नवनियुक्त

आयोमेल संवाददाता
सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका

आयोमेल संवाददाता
प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका


नेपाल प्रहरीका एक सईसहित प्रदेश २ मा थप १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा प्रदेशका धनुषा, महोत्तरी, पर्सा, सिरहा र सप्तरी गरी १३८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। नयाँ १३८ जना थपिएसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ४ हजार ९०६ पुगेको छ।

आइतबार प्रदेश प्रहरी कार्यालयमा कार्यरत एकजना सईसहित ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएका नेपाल प्रहरीका ती सई जिल्ला प्रहरी कार्यालय धनुषाको ब्यारेकमा बस्दै आइरहेका थिए। संक्रमण पुष्टि भएपछि सई बस्दै आइरहेका जिल्ला प्रहरी कार्यालयको ब्यारेक सिल गरिएको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी रामेश्वर कार्कीले प्रदेश प्रहरी कार्यालयमा कार्यरत एकजना सईमा कोरोना पोजिटिभ पुष्टि भएको बताए। संक्रमण पुष्टि भएपछि ब्यारेकमा उनी बस्ने कोठा सिल गरिएको कार्कीले जानकारी दिए।

यसैगरी जनकपुरधाम उपमहानगरपालिका १, ७ र १० का ५ महिला तथा दुई पुरुषसहित ७ जनामा संक्रमण पुष्टि भएको छ। यसका साथै जनकपुरस्थित रामा होटेलका ६० वर्षीय एक पुरुषमा समेत संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।

महोत्तरीको जलेश्वर नगरपालिका वडा नम्बर १ बस्ने २३ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको निर्देशनालयले जानकारी दिएको छ।

आइबार पर्सामा मात्रै ७८ जनामा संक्रमण पुष्टि भएको छ। जिल्लाको वीरगंज महानगरपालिकामा ६८, ठोरी गाउँपालिका निर्मलबस्तीमा १, सखुवा प्रसौनी गाउँपालिकामा ३, ड्राइपोर्ट वीरगंजका ५  र पाँचजना नेपाली सेनामा संक्रमण पुष्टि भएको निर्देशनालयका जनस्वास्थ्य अधिकृत विजयकुमार यादवले जनाएका छन्।

यता सिरहाको बरियारपट्टी गाउँपालिकाका ३ जनाम संक्रमण पुष्टि भएको छ।

सप्तरीको राजविराज नगरपालिकाका १८, हनुमानगर कंकालिनी नगरपालिकाका ४, तिरहुत गाउँपालिकाका १ र तिलाठी कोइलाडी गाउँपालिकाका २५ जनामा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
उपप्रधानमन्त्री तथा मन्त्रीहरुले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले पूरानै मन्त्रीहरुलाई निरन्तरता दिएका छन्। नवनियुक्त मन्त्रीहरुले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। राष्ट्रपति भवनमा

सिंहदरबारमा ओली-नेपाल पक्षका शीर्ष नेताहरुको वार्ता हुँदै

काठमाडाैं–नेकपा एमालेको विवाद समाधानका लागि ठोस बाटो पहिल्याउन दुवै पक्षका नेताहरुको बैठक बस्दैछ। अपराह्न ६ बजे सिंहदरबारमा दुवै पक्षका नेताहरुको

प्रधानमन्त्री ओलीले लिए सपथ

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार पद तथा गोपनीयताको सपथ लिएका छन्। शितल निवासमा आयोजित एक समारोहबीच उनले राष्ट्रपति विद्यादेवी भण्डारीबाट

मन्त्रिपरिषदमा पुरानै अनुहारलाई निरन्तरता दिने तयारीमा ओली

काठमाडाैं–प्रधानमन्त्री केपी शर्मा ओलीले तत्कालका लागि पूरानै मन्त्रीहरुलाई निरन्तरता दिने भएका छन्। जनता समाजवादी पार्टीले सरकारमा सहभागी हुनेबारे स्पष्ट पारिनसकेको