मल माग्दै हुँदा हलो-जुवा बोकेर किसानको प्रदर्शन


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


दाङमा रोपिएको धानमा हाल्नका लागि यूरिया मल नपाएपछि किसानहरूले हलो, जुवा र फरुवा बोकेर प्रदर्शन गरेका छन्। घोराही उपमहानगरपालिका- २ रामपुरका किसानले धानमा 'टिप' गर्ने मल नपाएको भन्दै आइतबार वडा कार्यालय अगाडी कृषि सामग्रीसहित प्रदर्शन गरेका हुन्।

नेपाली कांग्रेसको भातृ संगठन किसान संघ रामपुरको आयोजनामा  किसानहरूले सरकारसँग रासायनिक यूरिया मल उपलब्ध गराउन माग गर्दै वडा कार्यालयको गेटमा प्रदर्शन गरेको किसान संघ रामपुरका अध्यक्ष शेरबहादुर चौधरीले बताएका छन्।

समयमै मल नपाउँदा किसानको मेहनत खेर जाने अवस्था आउन थालेपछि किसानहरू आन्दोलन गर्न बाध्य हुनु परेको अध्यक्ष चौधरीले बताए।

‘धान रोपेको एक/डेढ महिना भैसक्यो, यो बेला धानलाई मल चाहिएको छ,’ अध्यक्ष चौधरीले भने, ‘तर, किसानले मल पाउन सकेका छैनन्।’ मलका लागि वडा अध्यक्षदेखि कृषि सामग्री कम्पनीसम्म भन्दा समेत पाउन नसकेको उनले बताए। 

एक महिनादेखि मल नपाउँदासमेत वडा कार्यालयले मलका लागि कुनै पहल नगरेपछि आफूहरूले बाध्यत भएर वडा कार्यालयमा धर्ना दिनु परेको  अर्का किसान दिलबहादुर नेपालीले बताए। मल नपाउँदा खेतमा धान पहेलो हुन थालेको समेत उनले बताए। 

‘सरकारले किसानलाई समयमै मल उपलल्ध गराउन नसक्दा खेतमा रोपेको धन पहेलो हुन थालिसक्यो,’ किसान नेपालीले भने, ‘मलका लागि सहकारीलाई भन्दा छैन भन्छ, तर वडा कार्यालयले किसानको समस्यामा ध्यान नै दिँदैन।’

उनीहरूले स्थानीय सरकारका रुपमा रहेको वडा कार्यालयलाई मलको लागि पहल गरिदिन आग्रह गरेका छन्। प्रदर्शनपछि आयोजना गरिएको विरोधसभालाई सम्बोधन गर्ने बक्ताहरूले किसानको समस्यामा धान सरकारलाई आग्रह गरेका थिए। 

किसानले समयमै मल नपाउँदा मेहनत खेर जाने अवस्था आएको भन्दै उनीहरूले जति सक्यो चाडो यूरिया मलको व्यवस्था गर्न समेत सरकारसँग माग गरेका थिए।

उनीहरूले ‘किसानलाई रासायनिक यूरिया मलको व्यवस्था गर’, ‘किसानको मेहनतलाई खेर जान नदिन मलको व्यवस्था गर’, ‘किसानको राहत अनुदानमा भएको अनियमिता छानविन’, ‘किसान मारा सरकार मुर्दावाद’लगायतका नारालगायउँदै वडा कार्यालय पुगेका थिए। 

यूरिया मल आएको छैन : कृषि सामग्री

लकडाउनका कारण मलको कारखाना बन्द भएकाले रासायनिक यूरिया मल आउन नसकेको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाले जनाएको छ। 

विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस रोकथामका लागि सरकारले गरेको लकडाउनका कारण मल उत्पादन गर्ने कम्पनी बन्द हुँदा भारतबाटै मल नआउँदा  बैशाख/जेठ महिनादेखि नै दाङमा यूरिया मल नआएको कृषि सामग्री कम्पनी लिमिटेड घोराही शाखाका सूचनाअधिकारी सुष्मा बस्यालले जानकारी दिएकी छिन्।

दाङमा धान रोप्ने समयमा किसानलाई मलको समस्या नभएपनि अहिले धानमा टिप गर्ने क्रममा रासायनिक मल यूरियाको समस्या देखिएको उनले बताइन्। 

‘रोपाईको समयमा मल अभाव देखिएको थिइन,तर पछिल्लो समय लकडाउनका कारण मल नआउँदा अहिले समस्या देखिएको छ’ सूचनाअधिकारी बस्यालले भनिन्, ‘मलका लागि हामीले भैरहवा सम्पर्क गर्दा भदौको पहिलो हप्तासम्म आउने जानकारी दिएको छ।’


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख