जनकपुरसहित प्रदेश २ को पाँच ठाउँमा निषेधाज्ञा


विचार
आयोमेल संवाददाता
निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि

आयोमेल संवाददाता
नयाँ सरकार बनाउन दौडधुप जारी, प्रचण्ड देउवा निवासमा

काठमाडाैं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन्

आयोमेल संवाददाता
देउवासँग भेटेलगत्तै महन्थले बोलाए आफूपक्षीय सांसदहरूको भेला

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरूको बैठक


कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि प्रदेश २ को अस्थायी मुकाम जनकपुरसहित पाँच स्थानमा निषेधाज्ञा आदेश जारी गरिएको छ। कोरोना संक्रमण रोकथाम र न्यूनीकरण गर्ने उद्देश्यले सम्बन्धित जिल्लाका स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको हो।

प्रदेश २ को वीरगंज, राजविराज र जलेश्वरमा यसअघि निषेधाज्ञा जारी भइसकेको छ भने बाराको कलैयामा आइतबारदेखि जारी गरिएको छ। यता प्रदेश २ को अस्थायी मुकाम जनकपुरमा भने सोमबार राति १२ बजेदेखि एक साताका लागि निषेधाज्ञा आदेश जारी गरिएको छ।

उपमहानगर क्षेत्रमा कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय धनुषाले सोमबार राति १२ बजेदेखि निषेधाज्ञा आदेश जारी गरेको हो।

पछिल्लो केहिदिनयता उपमहानगर क्षेत्रभित्र कोरोना संक्रमणको दर बढ्दै गएपछि रोकथाम र नियन्त्रण गर्ने उद्देश्यका साथ निषेधाज्ञा लागू गरिएको प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले बताएका छन्।

उनले पूर्व, पश्चिम र दक्षिणमा उपमहानगर क्षेत्र र उत्तरमा क्षिरेश्वरनाथ नगरपालिकाको औरही पुलको सीमासम्म निषेधाज्ञा आदेश लागू गरिएको जानकारी दिए। निषेधाज्ञा अवधिभर तोकिएका व्यक्तिबाहेक अन्य बाहिर निस्कन नपाउने छैनन्।

निषेधाज्ञा अवधिभर औषधि पसल, खाद्यान्न, फलफूल तथा तरकारी, अस्पताल तथा स्वास्थ्य केन्द्र सञ्चालनसम्बन्धी सेवा, सञ्चार सेवा, बैंकिङ्ग सेवा, खानेपानी, इन्धन, विद्युत सेवालगायतका बाहेक अन्य सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको उनले बताए।

यता सिरहामा निषेधाज्ञा लागू नभए पनि कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले बताएका छन्। ‘निर्णय गरेर औपचारिक रुपमै निषेधाज्ञा नभनिए पनि हिँडडुल, सवारी साधन, सञ्चालनलगायतमा कडाइ गरेका छौं,’ कँडेलले भने।

उनका अनुसार सिरहामा हाट बजार लगाउन रोक लगाइएको छ भने भीडभाड नियन्त्रण गर्न कुन दिन कुन सेवा प्रदान गरिने यसबारे सरकारी कार्यालयहरूलाई सूचना प्रकाशन गरी सेवाग्रहीलाई जानकारी गराउन भनिएको छ।

यसैगरी सामाजिक दूरी कडाइसाथ पालन गर्दै व्यवसायीहरूलाई पनि स्वास्थ्य सुरक्षाका सम्पूर्ण सामग्री प्रयोग गर्न निर्देशन दिइएको उनले बताए। उत्तरायण र साउन महिनामा लाग्ने सम्पूर्ण मेलामाथि रोक लगाइएको प्रमुख जिल्ला अधिकारी कँडेलले जानकारी दिएका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
निषेधाज्ञामा पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा

नयाँ भेरिएन्टसहितको कोरोनाका कारण देशभरका धेरै क्षेत्र ठप्प भए पनि नागढुङ्गा सुरुङमार्ग निर्माण नियमित गतिमा भइरहेको छ। विश्वव्यापी महामारीको समयमा

नयाँ सरकार बनाउन दौडधुप जारी, प्रचण्ड देउवा निवासमा

काठमाडाैं-नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुढानीलकण्ठ पुगेका छन् । केहीबेरअघि उनी त्यहाँ पुगेको सुरक्षा श्रोतले पुष्टि गरेको छ

देउवासँग भेटेलगत्तै महन्थले बोलाए आफूपक्षीय सांसदहरूको भेला

काठमाडौं-जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुरले आफूपक्षीय सांसदहरूको बैठक बोलाएका छन्। कांग्रेस सभापति शेरबहादुर देउवासँगको भेटवार्ता लगत्तै ठाकुरले आफू

ओली र नेपालबीच रामेश्वर थापा निवासमा वार्ता सुरु

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव नेपालबीच वार्ता सुरू भएको छ। बूढानीलकण्ठको चपली घुम्तीस्थित अन्नपूर्ण