प्रहरीमा कोरोनाको संक्रमण बढ्दो, सुरक्षा जनशक्ति जोखिममा


विचार
आयाेमेल संवाददाता
ओलीको पुनः शपथग्रहण र मन्त्री पदमुक्त गर्नुपर्ने रिटमाथिको…

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः शपथग्रहण र सांसद

आयाेमेल संवाददाता
सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले

आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा


फ्रन्टलाइनमा खटिने सुरक्षाकर्मीलाई धमाधम कोरोना भाइरस संक्रमण हुन थालेपछि सुरक्षा निकायमा जोखिम बढेको छ। 

प्रहरी प्रधान कार्यालयका अनुसार प्रधान कार्यालयभित्रै ७२ जनामा संक्रमण देखिसकेको छ। महानगरीय ट्राफिक महाशाखामा कार्यरत् दुई जना ट्राफिकलाई पनि संक्रमण देखिएको छ। 

सुरक्षाको अग्रभागमा रहेर काम गर्ने सुरक्षाकर्मीमै संक्रमण हुने सम्भावना बढी देखिएको छ। यसका लागि आवश्यक सुरक्षा अपनाउन थालिएको प्रधान कार्यालयले जनाएको छ।

प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक कुबेर कडायतका अनुसार हालसम्म देशभरि दुई सय ५३ जना प्रहरीलाई कोरोना संक्रमण देखिएको छ। तीमध्ये एक सय तीन जना प्रहरी उपचारपछि काममा फर्केका छन्। 

ट्राफिक महाशाखामा संक्रमण देखिएपछि ती दुई जना प्रहरी बस्ने गरेको ब्यारेक खाली गरिएको छ। उनीहरूसँग रहेकाहरूको कन्ट्याक्ट ट्रेसिङ भइरहेको छ भने सबैलाई क्वारेन्टाइनमा राखिएको छ। 

महाशाखाभित्र रहेका प्रहरीहरू सबै क्वारेन्टाइनमा राखिएको छ। महाशाखा प्रमुख एसएसपी भीम ढकालसहित तीन सय ७५ जनालाई ब्यारेकमा राखिएको कडायतले बताए। 

महानगरीय ट्राफिक महाशाखामा एक हजार पाँच सय ४५ जनाको दरबन्दी छ।  कम र बढी जनशक्ति रहेको ठाउँबाट ट्राफिक व्यवस्थापनमा खटाइएको छ। 

संक्रमण यही दर बढे पनि सुरक्षाका लागि खटाउने जनशक्ति पर्याप्त रहेको कडायतले बताए। ‘हामीसँग गण छन्, त्यहाँ थप मद्दतका लागि राखिएको जनशक्ति हुन्छ, त्यहाँबाट पनि डिउटीमा खटाउन सकिन्छ,’ कडायतले भने। 

संक्रमण देखिएको ठाउँलाई आकस्मिक रुपमा सिल गरेर सेनिटाइज गर्ने गरिएको छ। ‘कन्ट्याक्टमा रहेका अन्य सबै प्रहरीलाई क्वारेन्टाइनमा राखेर परीक्षण गराइरहेका छौं,’ उनले भने। 

सुरक्षा निकायका कर्मचारी कार्यालय छिर्नुपर्ने र त्यहीँबाट डिउटीमा निस्किनुपर्ने बाध्यता रहेको कडायतले बताए। ‘यसो गर्ने भएकाले पनि संक्रमण बढेको छ,’ उनले भने।

सकेसम्म संक्रमण हुन नदिन सरकारले तोकेको सुरक्षा प्रोटोकल लागू गरिएको कडायतले बताए। 
यसका लागि बसाइदेखि ब्यारेक व्यवस्थापन गरिएको छ। भाैतिक दूरी कायम गरेर नै ब्यारेकमा पनि बेडहरू राखिएको कडायतले बताए। 

अनिवार्य मास्कको प्रयोग, पञ्जा, सेनिटाइजरजस्ता सामग्रीको पर्याप्त उपलब्धता रहेको कडायतले बताए। ‘पिपिई लगाउनुपर्ने ठाउँमा हामीले पठाइसकेका छौं, सकेसम्म भित्र-बाहिर गर्दा पूरै निसंक्रमणको विधिहरू अपनाइरहेका छौं,’ कडायतले भने।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओलीको पुनः शपथग्रहण र मन्त्री पदमुक्त गर्नुपर्ने रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीशको…

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको पुनः शपथग्रहण र सांसद नभएका सात मन्त्रीलाई पदमुक्त गर्नुपर्ने मागसहित दायर भएका रिटमाथिको सुनुवाइ

सुन तोलाको ९३ हजार ४ सय

काठमाडौं – बहुमूल्य पहेँलो धातु सुनको भाउ आज ६ सयले बढेर तोलाको ९३ हजार ४ सय रुपैयाँ पुगेको छ। नेपाल

राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप