२० लाख रकम बोकेका ठेकेदारका भाई सम्पर्कबिहीन


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


मुगुम कार्मारोङ गाउँपालिका-२ मुगुम गाउँमा पर्ने कोइकी पर्दमार्ग निर्माणको जिम्मा लिएका ठेकेदार उर्गिन तामाङका भाई २० लाख रुपैयाँ लिएर बेपत्ता भएका छन्। 

२८ वर्षीय टासी तामाङले ४ दिन अगाडि राष्ट्रिय बाणिज्य बैंक पुलु शाखाबाट २० लाख रकम भुक्तानी लिएका थिए। उक्त रकम बोकेर कोइकी पर्दमार्गमा संलग्न मजदुरलाई रकम बुझाउन पुलुबाट एकदिन टाढा रहेको आफ्नो घर मुगुम गाउँतर्फ गएका थिए। तर, उनी सम्पर्कबिहीन भएको आफन्तले बताएका छन्।

कोइकी पर्दमार्ग निर्माणको जिम्मा टासीका दाजु उर्गिन तामाङले लिएका छन्। निर्माणमा संलग्न मजदुरलाई वितरण गर्ने रकम टासीले राष्ट्रिय बाणिज्य बैंक पुलु शाखाबाट भुक्तानी लिइ गाउँतिर एक्लै गएका थिए। मुगुम कार्मारोङ गाउँपालिका–२ को चाल्ने खोलासम्म टासी एक्लै हिँड्दै गरेको देखेको चाल्ने खोला आसपासमा काम गर्ने स्थानीयले बताएका छन्। चाल्ने खोलाबाट तामाङको घर तीन घन्ट टाढापर्छ।

ठूलो रकमसहित वेपत्ता भएका उनीबारे कुनै जानकारी नआएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक भुवनेश्वरप्रसाद शाहले बताए। प्रहरी नायव उपरीक्षक शाहकाअनुसार ठूलो रकमसहित चार दिनदेखि तामाङ बेपत्ता भएको भन्ने जानकारी आएपछि सीमा प्रहरी चौकी मुगुबाट प्रहरी नायब निरीक्षक र पुलु प्रहरी चौकिबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा प्रहरी टोलीले खोजी गरिरहेको छ। 

साउन १३ गते पुलुबाट हिँडेका तामाङ चिताई कुनामा बास बसेको जानकारीमा आएको छ। तामाङ बास बसेको स्थानमा अन्य व्यक्तिहरूबीच झगडा हुँदा तामाङले दुबै पक्षलाई छुट्टाएको जानकारीमा आएको प्रहरी बताएको छ। 

मुगुम कार्मारोङ गाउँपालिका–२ का अध्यक्ष कार्मा तामाङले दिएको जानकारी अनुसार टासीले पदमार्गमा संलग्न कामदारलाई बझाउने रकम बैंकबाट भुक्तानी लिएर गाउँतर्फ गएको र हालसम्म घर नपुगेको भन्ने जानकारी आएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।