भक्तपुरका मिनीमार्ट अनुगमन, म्याद नाघेका खाद्यपदार्थ जफत


विचार
आयाेमेल संवाददाता
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा

आयाेमेल संवाददाता
बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति

आयाेमेल संवाददाता
फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो :…

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र


भक्तपुर नगरपालिका अनुगमन समितिले शनिबार मिनीमार्टहरूको अनुगमन गरेको छ। लकडाउन खुलेसँगै बजाउ भाउ महँगिएको भन्दै अनुगमन गरेको बताएको छ।

तीनवटा मिनीमार्टमा अनुगमन गरिएको समितिले जनाएको हो। लकडाउन खुकुलो भएसँगै बजारभाउ महँगिएको र जनैपूर्णिमामा बेला अत्यावश्यक क्वाँटीसहित खाद्यपसलमा अनुगमन गरेको जनाइएको छ।

नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वको टोलीले अनुगमन गरेको हो। खाद्य तथा गुण नियन्त्रण कार्यालयबाट अनुज्ञापत्रबिना नै जथाभावी लेवलिङ गरेको भेटिएको संयोजक गोराले बताए।

अनुगमनमा साकोठामा रहेको भक्तपुर मिनीमार्ट खुद्रा बिक्रेतामा दर्ता गरिराखेकाले मिनीमार्टमा दर्ता गर्नुपर्ने, म्याद नाघेका सामान अत्याधिक रूपमा रहेको भेटियो। त्यसमा स्ट्रबेरी घ्यू, किसान टोमाटो सस, क्लासिक ओइल, लेयर्स, ओटास्, कर्नफ्लेक्स, बोनजोर स्पाइस, टर्मेरिक पाउडर, डाइजेस्टिभ बिस्कुट जफत गरी नष्ट गरिएको थियो। 

साथै पसलमा प्याकेजिङ सामान गेडागुडी, दाल, चिउरालगायतमा मनपरी ढंगले लेबल राख्नुका साथै खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्रबिना लेबल राखेकाले अनुज्ञापत्र लिएरमात्र प्याकेजिङ गर्न निर्देशन दिइएको निर्देशकले जनाए। साथै उक्त मिनीमार्टको तराजु पनि जफत गरिएको छ।

त्यस्तै भक्तपुरको च्याम्हसिंहमा रहेको नाइन स्टार सपिङ सेन्टरमा खुद्रा विक्रेतामा दर्ता गरिराखेकाले मिनीमार्टमा दर्ता गर्नुपर्ने र प्याकेजिङ सामान गेडागुडी, दाल, चिउरालगायतमा मनपरी लेबल राखिएको खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाबाट अनुमति लिएर मात्र लेबल राख्न निर्देशन दिएको समितिले जनाएको छ। साथै पसलमा रहेको म्याद नाघेको र बिग्रेको सामानहरू जफत गरिएको छ।

नमस्ते किराना स्टोर दर्ता प्रमाणपत्र नदेखिएकाले दर्ता नभए तीन दिनभित्र दर्ता गर्न, प्याकेजिङ सामानका लागि खाद्य गुणस्तर तथा नियन्त्रण महाशाखाको अनुज्ञापत्र लिन निर्देशन दिएको र प्याकेजिङ सामानमा तौल नपुग भएकाले तराजु एकथान जफत गरिएको वडा निरीक्षक रामकृष्ण प्रजापतिले बताए । 

तीनै मिनीमार्टलाई स्टाफमा एप्रोन, माक्स, पन्जा, सेनिटाइजरसहितको कोभिड–१९ बाट सुरक्षित रहन सुझाव दिइएको थियो । 

अनुगमन समितिका सदस्य हरिराम सुवाल, रोशनमैयाँ सुवाल, भक्तपुर नगरपालिका सेनिटेसका नगर निरीक्षक दिलीपकुमार सुवाल, वडा निरीक्षक रामकृष्ण प्रजापति, कर शाखाका न्हुज किजू, महानगरीय प्रहरी परिसरका प्रहरी सहायक निरीक्षक राजन बनमाला सहभागी थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा गर्छु’ भन्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्झाउँदा पनि टेरेनन्, टारिदिए। त्यसमै

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको

भारतमा कोरोना संक्रमण : जहाँ मृत्यु पनि लुकाइन्छ

भारतको गुजरातबाट प्रकाशित हुने एउटा प्रमुख अखबारका सम्पादककी श्रीमती एक सरकारी अस्पतालमा आफ्नी छोरीलाई कोरोना परीक्षण गराउन पुगेकी थिइन्। आफ्नो