आइन्स्टाइन, मेरो प्रिय  साथी !


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


भौतिकशास्त्रको नवीन प्रगतिको बारेमा  कन्फ्रेन्सबाट निस्किएपछि आइन्स्टाइनलाई एकदिन भित्रैदेखि धन्यवाद दिन मन लाग्छ। 

त्यसैले म  सोच्दासोच्दै पूरै कल्पनामा उड्न थालेछु।  

घोत्लिँदै म १९४५ तिर पुगेर कल्पनामा डुबेछु।  

आइन्स्टाइनको जिवन्त जीवनलाई नजिकबाट चियाउन मन लागेर।  

म स्वप्निल दुनियाँमा आइन्स्टाइनसँग बात मार्ने प्रयास गर्दै छु।  

आज आइन्स्टाइन खोइ किन हो निकै दंग  देखिन्छन्।  

सायद कुनै भौतिकशास्त्रको सिद्धान्त  मिलेको होला  उनलाई। कोठाभरि कोरिएका कागजका खेस्रा छर्पस्ट देखिन्छ। 

ती भाग्यमानी  अक्षर र अंकहरूमा आउँदो संसार बदल्न सक्ने नियति छ। कालोपाटीमा कुनै सूत्रमा खेलिराखेका अंक देख्न सकिन्छ। 

सूर्यको  किरणमा आइन्स्टाइन आफ्नो भौतिक शास्त्रको सिद्धान्त खोज्दै टोलाइरहेका छन्। 

एउटा काठको कुर्सीमा बसेर मन्द मुस्कुराउँदै  छन्। ठेली किताबहरू पनि रमाइरहेका छन् आज आइन्स्टाइनलाई मुस्कुराएको देखेर।
कोठाको शान्ति एक्कासि टेलिफोनको रिङ्गले भंग हुन्छ। 

आइन्स्टाइनको अर्धस्वप्न अवस्थामा हलचल हुन्छ। 

 फोन उठाउँछन्  उनका हातले।  

मस्तिस्क त उनको सूर्यको प्रकाशमा जमेको छ।  फोनको अर्को कुनाबाट एउटा मृदु स्वर सुनिन्छ। 

सायद ती प्रिय स्वर उनको अन्तरंग मिल्न पुगेकी साथीको  हुनुपर्छ।  धेरै समयपछि आइन्स्टाइनको मनमा नयाँ तरंग लहराउँछ।  

भौतिकशास्त्रको आयामभन्दा बाहिरको अनुभूति हुन्छ उनलाई  सायद।  

पूर्वतर्फको भित्तामा झुन्डिरहेको ऐनामा उनको ध्यान पुग्छ। 

 त्यसमा धूलो लागेको रहेछ। 
हत्केलाले पुछेर आफैंलाई हेर्छन्। नियाल्छन्। मुस्कुराउँछन्। 

जिङ्रिङ कपाल देखेर कपाल मुसार्छन् पनि। 

हेर्दा कपालले स्याहार नपाएजस्तो देखिने। 

ऐनाका लागि आजको दिन खुसीको दिन होला। एकाध घण्टामा ढोकामा ढकढक  सुनिन्छ।  

अनि विस्तारै प्रवेश हुन्छ आइन्स्टाइनको मनप्रिय साथीको। 
शिष्टाचारले  अर्धअंगालो मार्छन्।  

ओभरकोटमा आइन्स्टाइनलाई  आज निकै सुहाएको छ। दुवैजना बसेर मिठो  भलाकुसारी गर्दै छन्। 
आज दुवैलाई धेरै फुर्सद रहेछ कि जस्तो छ। कोठामा भौतिकशास्त्रको उर्जाभन्दा फरक उर्जाको अनुभव हुन्छ। 

रसायनशास्त्र हो कि हर्मोनशास्त्र। पक्कै दिमागमा  डोपामिनको लेभल बढेको होला दुवैको। 

त्यसैले कति खुसी देखिन्छन्। बीच बीचमा सिगार सल्काउँछन् आइन्स्टाइन। सिगारको धुँवा  वार्तालापको साक्षी आज। 
 कालोपाटीका सूत्रहरू  पनि सोलुसन हुन नसकेर बीचमै अन्योलमा हुन्छन्। अचम्मित छन् आज निर्जीव दर्शक आइन्स्टाइनलाई  देखेर।

मलाई भने दुईबीचको केमिस्ट्री मिलेको जस्तो देख्छु। त्यो केमिस्ट्रीको प्रभाव समय सापेक्ष देखिन्छ। 

आइन्स्टाइनले सबै कुरा बिर्सिइसकेका छन्। 

र, एकनास दुईजना बात मारिरहेका छन्। मलाई भने पट्यार लागेर पुन: २०१८ को एक दिवाकालीन आकाशमा बादल लाग्दै गरेको दिनमा प्रवेश गर्छु।  

समयको यात्रा वास्तवमा मनको यात्रा  रहेछ। प्रकाशको गतिभन्दा द्रूत गति मनको गति।  त्यसको हिसाबी सूत्र  भौतिकशास्त्रीले नै जानुन्! सन् १९४५ बाट ७३ वर्षको  यात्रा एकै क्लिकमा।  

एउटा रेस्टुराँमा म बसिरहेको छु। शान्ति छैन  यस रेस्टुराँमा। 

मान्छेको तीतामीठा अप्रष्ट आवाजहरू  ठोक्किँदै गुन्जिरहेका मिश्रित वातावरण छ। एक किसिमको कोलाहल नै मान्नुपर्छ। तर त्यो नोइजले मलाई भने छुन सकेको छैन। 

अशान्तिमा शान्त छु म आज। 

साथमा अगाडि छन् एक प्रिय साथी। 

मेरो लागि सबैजना प्रिय नै छन्। 

थोरै औंला गिन्ती  साथी भए पनि। 

तर आजको दिन अलि विशेष अनुभव भएको छ। 

मनमा तार्किक भाव आउँदैन । निर्भाव छ यो मन। कुनै क्लेस पनि छैन। द्वेष पनि छैन। नैसर्गिक कुविचारहरू कता कुलेलम ठोकेछन्।  

आत्मा एकटक छ।  मुटुको गति भने हल्का बढेको हो कि जस्तो।  नाडी छामेको भए थाहा हुने! 

पुराना दिनहरूमा कफी कहिले फाटेको छ त कहिले सेलाएको छ। तर आज भने कफी तातो नै रहने जस्तो लागिरहेको छ। विश्वस्त छु म। सायद केमिस्ट्री मिल्न खोजेको होला।  

एकतर्फी मेरो मनमा केमिकल्सले भ्रमित गरेको नि हुनसक्छ।  उनको डोपामिन लेभल जाँच्ने यन्त्र छैन मसँग। 

 उनलाई  जे जस्तो महसुस भएपनि  मेरो मनको अन्तरंग भने उमंगित नै छ। यो केबल रसायनको लफडा मात्र हो त? म मान्दिनँ। 

आत्मालाई किन्चित छुँदैन रसायनले। 

मन र शरीरलाई मात्र छुन्छ। 

म फ्रायड  बालाई  चुनौती दिन चाहन्छु मेरो रसायन जाँचेर हेर्न। जेहोस् उनी पूरै  सुसज्जित  भएर आएकी छैनन् । 

मलाई त्यसको मतलब पनि लागिरहेको छैन। यसै सुन्दर देखिन्छिन् उनी।  कमलको फूलमा हिलो लाग्दैन भन्ने मेरो विश्वास।  

उनको कालो ज्याकेटमा धुलाम्मे सहरको सबै धूलो आफैं साथ बोकेर सहरको  उद्दार गर्न खोजेको हो कि जस्तो लाग्छ। चश्माका बिटमा पनि धुलो अडिएको छ। 

कति भाग्यमानी ती धूलाका कणहरू। 

बराबर ती आकर्षक नयनको दृश्यमा रोमान्चित हुन पाउने।  

यति  इर्ष्या गर्दै थिएँ म। उनले चस्मा निकालेर पुछिन्। विचरा ती धूलाका कणहरु। त्यसैले त भनिन्छ होला  राजा रंक र रंक राजा हुन बेर लाग्दैन। जे  जस्तो भए पनि म भावशून्य  छु। तर्करहित छु। आग्रह पूर्वाग्रहशून्य छु।

एकनासले आफ्ना पट्यारलाग्दा गफ सुनाइरहेको छु।  उनलाई पट्यार लाग्यो कि लागेन त्यो म भन्न सक्दिनँ। 

सायद लागेको भए सुन्थिनन् होला।  हुनसक्छ शिष्टाचारले सुनेको हुनसक्छ।  अब मेरो प्रिय कफी आइपुग्छ। 

उनलाई भने गर्मीले सताएको रहेछ।

त्यसैले आइसक्रिम मगाउँछिन्। त्यो घामलाई सराप्न मनलाग्छ एकमनले मलाई।  सांकेतिक  रूपमा केमिस्ट्री  मिलेन भन्न खोजेको पो हो कि समयले! 

जेहोस् आइसक्रिम र कफी एकापसमा रेजोनेन्स मिल्न खोज्दैछन्।  

कति मिल्न सक्छ त्यो भविष्यको गर्भमा कैद छ भन्छिन् उनी। उनी निकै कम बोलेकी छन्। म मात्र एकोहोरो बोलेको छु। 

मलाई बोलेको कुरा पनि याद छैन। कस्तो गफाडी रहेछ भन्ने सोचेकी होलिन् भन्ने लाग्छ मलाई। 

तर म भने आफ्नो मनका वास्तविक पत्रहरू उघार्दै छु। भविष्यमा तारतम्य मिलेन, मिले पनि यो समय भने म आनन्दित हुन चाहन्छु।  त्यसैले निश्चिन्त छु म। 

अनि केही मिनेट मौन बस्ने प्रयास गर्छु।  

मलाई बुझ्न खोजिरहेकी होलिन् उनी। दिमाग तेज छ उनको। समयलाई त्यसको जिम्मा दिएको जस्तो लाग्छ मलाई।

मैले त आइन्स्टाइनलाई एक्लै पो छोडेर समयको यात्राा गरेको छु। फेरि १९४५ मा ब्याक जान्छु प्रकाशभन्दा द्रूत स्पिडमा। 

दुई जनाको बात  अझै सकिएको छैन।  समय बितेको छ। 

आइन्स्टाइनलाई केही पत्तो छैन। सोही बीचमा फोनको रिङ फेरि बज्छ। फोन उठाउँछन् आइन्स्टाइन। 

अनि थाहा पाउँछन्। उनी एउटा मिटिङमा जान ढिला भएको कुरा। आज उनलाई विश्वसामु आफ्नो सिद्धान्त सार्वजनिक गर्नुपर्नेछ।  त्यसपछि उनी हतार हतार गर्छन्।  

त्यत्तिकैमा कालोपाटीमा लेखिएको सूत्रमा उनको दृष्‍टि पर्छ। सूत्रहरू दिमागमा बेजोड खेल्न थाल्छन्। 

एक्कासि उनी उफ्रिन्छन् पागलजस्तै।  भर्खर जन्मेको पाठो बुरुक्क उफ्रेजस्तै।  

आफ्नी प्रियको गालामा किस गर्छन् र खुसी हुँदै भन्छन्, 'समयसापेक्ष कुरा हो, प्रिय।  समयसापेक्ष हो।' 

त्यसपछि  उदय हुन्छ आइन्स्टाइनको लोक चर्चित सापेक्षतावादको सिद्धान्त। 

सरल भाषामा बुझ्दा आगोमा एक मिनेट वर्ष जस्तो महसुस हुने र प्रियसँगको घन्टौंको साथ एक मिनेटजस्तो। 

समयको यात्रा र प्रकाशको गतिको सिद्धान्तमा भौतिकशास्त्रमा फड्को मार्छ  पूरै २०औं शताब्दी  आजको दिनबाट। 

समयलाई नियालेर हेर्ने कोसिस गर्दैथिएँ आइन्स्टाइनसँग म। टिनटिन ध्वनि सुनिन्छ कता-कता। 

बिहानको तिखो अलार्म बज्छ। अनि म झस्याङ हुन्छु।  आँखा खुल्छ बेडमा। 

घडी हेर्छु त ८ बजिसकेको छ। आँखा अगाडिबाट प्रिय साथी  अलप हुन्छिन्। आइन्स्टाइन पनि अलप हुन्छन् । 

न समयको यात्रा न मनको यात्रा अब।  अब त सिधै वार्डतिरको  यात्रामा दिमागले  शरीरलाई ड्राइभिङ गर्छ। 

दाँत  टल्काउनेदेखि सेतो कोट भिर्नेसम्म केबल १५ मिनेट मस्तिष्कको ड्राइभिङ।  मनले त सुतिरहुँ भन्छ।  

ब्रेकमात्र लगाउने प्रयास मनको।  रेजिडेन्सीको  उपहार भनेकै काम गर्ने र समय मिले सुत्ने।  समय नमिले मस्तिस्कको अफ बटन नथिचियोस् भन्ने प्रयास गर्दै काम गर्ने।  

बाटोभरी अलप भएका दृश्य फेरि हेर्न मन लाग्छ र आँखा बन्द गरेर विचार  गर्छु।  समय नै कहाँ होला र आँखा खोलेको बेला  अनुभव गर्न! 

फर्किएर ति  अनुभव  आउन् भन्ने उत्कट इच्छा गर्छु। तन्द्रामा मात्र नभएर पूरा  होसहवासमा आइन्स्टाइनको सिद्धान्त अनुभव  गर्ने मन हुन्छ।  

पेरिसको आइफल टावरमा मलाई आइन्स्टाइनको सिद्धान्त  पूर्ण अनुभूति गर्ने प्रार्थना गर्छु। पुन: उही मनप्रिय साथीसँग।  

आशा गर्छु यसपटक  कसैले डिस्टर्ब  गर्नेछैन।  न अलार्म घन्टीले, न नियतिले, न समयले।

त्यो सिद्धान्त कसरी भौतिकशास्त्रीले  प्रयोग गर्छन् भन्ने कुरा नबुझे पनि त्यो अनुभव गर्न सकिन्छ। कुनै दुविधा छैन। जीवन्त अनुभव।  भावशून्य अनुभव।  

केमिस्ट्री मिलेको अनुभव।सायद उनलाई पनि मलाई जस्तो हुँदो पो हो कि! त्यो भने अन्योल नै रह्यो।  उनले मेरो जन्मदिनको दिन बिर्सेंकाले सायद उनको मनको कुनामा म अटेको छैन होला।  


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख