आज बकर इद, घरमै नमाज पढ्न आग्रह


विचार
आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७


इस्लाम धर्मावलम्बीले आज बकर इद (इदु उल अजहा) मनाउँदै छन्। बकर इद पर्व रमजान अर्थात् इदुलफित्र पछिको दोस्रो ठूलो चाड हो। 

रमजान पर्वको ७०औं दिनमा मनाउने यो पर्वमा आर्थिकरुपमा सबल मानिस हज गर्न साउदी अरबको मक्का मदिना जाने गर्छन्। यस पर्वमा अल्लालाई खुशी पार्न मुसलमानले धर्मले जायज मानेका जनावरलाई कुर्बानी (बली) दिने गर्दछन्। 

धार्मिक मान्यताअनुसार अल्लाका नवी (दूत) इब्राहिम अलि सलामले ९० वर्षको उमेरमा पत्नी हाजराबाट प्राप्त गरेको सन्तान छोरा इस्माईललाई कुर्बानी गर्नुपर्ने आदेशलाई पालना गर्दा अल्लाह प्रशन्न भएर इस्माईलको कुर्बानी नभएर स्वर्ग (जनन्त) मा पालिएका दुम्बाको कुर्बानी भएको धार्मिक मान्यतालाई अहिलेसम्म कुर्बानी गर्ने प्रचलनलाई कायम राखेको पाइएको छ।

निसन्तान इब्राहिमले सन्तान प्राप्तिका लागि अल्लासँग मनन्नत मागेका थिए र भनेका थिए यदि अल्लाहले मलाई सन्तानको सुख दियो भने म कुर्बानी गर्छु। सोहीअनुरुप अल्लाहले निजको परीक्षणस्वरुप सपनामा कुर्बानी गर्नु पर्छभन्दा उनले धेरै जनावर कुर्बानी त गरे तर अल्लााह खुशी भएको थिएन। 

अन्तिममा उनले आफ्ना सबैभन्दा प्यारा छोरालाई नै कुर्बानी गरी अल्लाहलाई राजी गर्न चाहेका थिए। यस घडीमा उहाँको परीक्षण सफल सावित भएपछि कुर्बानी गर्ने स्थानमा मानिसको होइन त्यही जन्नतमा पालिएर आएका दुम्बाको कुर्बान (बलि) भएको थियो। 

कुर्बानीको मासु तीन भागमा बाँडी  वितरण गरिन्छ। एक भाग गरिब एवं विपन्न परिवारलाई एक आफ्ना आफ्ना इष्टमित्रलाई र अर्को भाग आफू खानुपर्ने धार्मिक मान्यता छ। शनिबार पर्व मनाउनका लागि मुसलमानले सबै किसिमका तयारीमा जुटेका छन्।

घरमै नमाज पढ्न आग्रह

कोरोना भाइरसको जोखिम फैलनसक्ने भन्दै मुस्लिम आयोगले घरमै बसेर नमाज पढी इल उल अज्हा (इद) मनाउन आग्रह गरेको छ। आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले कोरोना भाइरस अझै नियन्त्रणमा आइनसकेकाले आफ्नै घर तथा आवासमा बसेर इद मनाउन आग्रह गरेका हुन्। 

इद संयमता, धैर्यता, विश्वशान्ति र भाइचाराको सन्देश दिने चाड भएको उल्लेख गर्दै आयोगले विश्वभर रहेका मुस्लिम समुदायले मनाउने यस पर्व यसपटक सुरक्षित भएर घरमै बसेर मनाउन अनुरोध गरिएको हो। कोरोनाका कारण लामो समयदेखि सामाजिक दूरी कायम गरी साविकदेखि नै दैनिकरुपमा मस्जिदमा पाँच जनाले मात्रै नमाज पढ्दै आएका छन्। 

इद उल अज्हाको नमाज पनि पाँच जनासम्मले मस्जिदमा पढ्न पाउने व्यवस्था गरिएको छ। आयोगले कोरोना भाइरस नियन्त्रणका लागि मुस्लिम समुदायले देखाएको सद्भाव र सहयोगप्रति कृतज्ञता प्रकट गरेको छ। 

राष्ट्रपति, प्रधानमन्त्री र सभामुखको शुभकामना

बकर ईदको असरमा राष्ट्रपति,प्रधानमन्त्री र सभामुखले शुभकामना व्यक्त गरेका छन्। राष्ट्रपति विद्यादेवी भण्डारीले बकर ईद सद्भाव र शुभेच्छा आदानप्रदानको महत्वपूर्ण चाड भएको बताएकी छन्।

उनले सामूहिकरूपमा नमाज पढ्दै एक आपसमा शुभकामना साटासाट गर्ने हुँदा यस परम्पराले आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भाइचारा अभिवृद्धि गर्न मद्दत पुग्ने विश्वास लिएकी छन्।

बकर ईदको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण इस्लाम धर्मावलम्बी नेपाली दाजुभाइ तथा दिदीबहिनीमा राष्ट्रपति भण्डारीले सुख, शान्ति, समृद्धि, दीर्घायु तथा प्रगतिको शुभकामना व्यक्त गरेकी छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले पनि बकर ईद पर्वले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पु-याउने बताएका छन्।

ओलीले मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने राष्ट्रिय आकांक्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्नेसमेत शुभेच्छा व्यक्त गरेका छन्।

यसैगरी सभामुख अग्नि सापकोटाले पनि बकर ईदको अवसरमा सम्पूर्ण इस्लाम धर्मावलम्बीहरूमा शुभकामना व्यक्त गरेका छन्। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप