विद्यालय नखोल्न निर्देशन


विचार
आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा

आयाेमेल संवाददाता
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा

आयाेमेल संवाददाता
बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति


अर्को सूचना नभएसम्म विद्यालय नखोल्न झापाका नियमक निकायले सम्बन्धित पक्षलाई निर्देशन दिएका छन्।

संक्रमणको दृष्टिले 'रेड जोन' मा रहेका भद्रपुर र कचनकवलका कतिपय  विद्यालय सञ्चालन गरिएपछि नियमक निकायले  त्यस्तो निर्देशन दिएका हुन्।

जिल्ला प्रशासन कार्यालय र शिक्षा विकास तथा समन्वय इकाईले एकसाथ बिज्ञप्ति निकालेर सामुदायिक र निजी विद्यालय तथा शैक्षिक कन्सल्टेन्सी र ट्युसन सेन्टरलाई अध्ययन/अध्यापन नगराउन निर्देशन  दिएका हुन्।

संघीय सरकारको निर्णयलाई लत्याउँदै भद्रपुर नगरपालिले आचारसंहितामा नै अनौपचारिक रुपमा नगरभित्रका सामुदायिक तथा निजी विद्यालय सञ्चालनका लागि अनुमति दिएको थियो। अनुमति लगत्तै भद्रपुरका केही विद्यालयले कक्षा ९ र १० को पढाइ सुरु गरेका थिए। 

कचनकवलमा निजी विद्यालय सञ्चालकले आफूखुसी विद्यालय खोलेका थिए। गाउँपालिका र शिक्षा शाखाका पदाधिकारीले अनुगमन गरेर विद्यालय बन्द गराएका थिए।

विद्यालय सञ्चालन भइरहेको सञ्चार माध्यममा  समाचार प्रकाशन/प्रशारणपछि दुबै  निकायले बन्द गर्न निर्देशन दिएका हुन्। झापामा नेपाल विद्यार्थी संघले  झापाका प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख तथा प्रहरी प्रमुखको ध्यानाकर्षण गराएको थियो।

जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी प्रेमकुमार राई र शिक्षा विकास तथा समन्वय इकाई प्रमुख जयप्रसाद महतले बिज्ञप्ति निकालेर कोभिड १९ संक्रमणको जोखिमका कारण  पठनपाठन नगर्न/नगराउन निर्देशन दिएका हुन्।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको असार ८ र मन्त्री परिषदको जेठ २८ गतेको निर्णयानुसार शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्र सञ्चालन नगर्ने आदेश जारी भएको भन्दै शिक्षण संस्था बन्द गर्न  भनिएको छ।

सरकारले  स्थगित भएका परीक्षा र विद्यार्थी भर्ना भदौ १ गतेदेखि गर्न भने पनि झापामा शैक्षिक संस्था, विद्यालय, कलेज, ट्युसन सेन्टर र तालिमकेन्द्र सञ्चालन हुन थालेपछि त्यस्तो नगर्न निर्देशन दिइएको हो।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको

भारतमा कोरोना संक्रमण : जहाँ मृत्यु पनि लुकाइन्छ

भारतको गुजरातबाट प्रकाशित हुने एउटा प्रमुख अखबारका सम्पादककी श्रीमती एक सरकारी अस्पतालमा आफ्नी छोरीलाई कोरोना परीक्षण गराउन पुगेकी थिइन्। आफ्नो