सागका स्वर्ण विजेतालाई नेपाली कांग्रेसले गर्यो नगदसहित सम्मान 


विचार
आयोमेल संवाददाता
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा

आयोमेल संवाददाता
स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक

आयोमेल संवाददाता
जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो


नेपाली कांग्रेस केन्द्रीय खेलकुद विभागले १३औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने खेलाडीलाई शुक्रबार नगदसहित सम्मान गरेको छ। १३औं सागमा नेपालले व्यक्तिगत र टिम प्रतिस्पर्धामा विभिन्न १३ खेलमा ५१ स्वर्ण जितेको थियो। 

५१ स्वर्णसहित ६० र ९६ कांस्य जित्दै ७ राष्ट्र सहभागी १३औं सागमा नेपालले दोस्रो स्थान हासिल गरेको थियो। १३औं सागमा नेपालले हासिल गरेको उपलिब्ध सागकै इतिहासमा अहिलेसम्मकै उत्कृष्ट हो। 

नेपालमै सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुदमा पनि नेपाल दोस्रो भएको थियो। त्यतिखेर नेपालले ३१ स्वर्ण, १० रजत र २४ कांस्य जितेको थियो।

साउन ६ गते विभागले आफ्नो बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा १३औं साग स्वर्ण विजेतालाई १० दिनभित्र नगदसहित सम्मान गर्ने घोषणा गरेको थियो। 

विभागका प्रमुख मोहनबहादुर बस्नेतले एकल र टिम प्रतिस्पर्धाका स्वर्ण विजेतालाई सम्मान गरेको जनाएको छ।

कांग्रेसको केन्द्रीय कार्यालयमा सानेपामा आयोजित कार्यक्रममा एउटा स्वर्ण विजेतालाई १० हजार, दुई स्वर्ण जितेकालाई १५ हजार र चार स्वर्ण जित्नेलाई २५ हजारसहित सम्मानित गरिएको थियो। 

दोहोरो स्वर्ण जित्नेमा गोल्फका सुवास तामाङ, तेक्वान्दोकी आयशा शाक्य र करातेका मन्डेकाजी श्रेष्ठ छन्। पौडीकी गौरिका सिंहले ४ स्वर्ण जितेकी थिइन्। 

व्यक्तिगत प्रतिस्पर्धा र टिम प्रतिस्पर्धाका स्वर्ण विजेतालाई १०–१० हजार नगद पुरस्कार प्रदान गरिएको थियो। गौरिका लन्डनमा रहेकाले उनको पुरस्कार नेपाल पौडी संघका अध्यक्ष अशोक वज्राचार्यले ग्रहण गरे। कार्यक्रममा उपस्थित हुन नसकेका खेलाडीको पुरस्कार सम्बन्धित खेलाडीसम्म पु-याउने व्यवस्था मिलाउने विभागले जनाएको छ।

नेपाल कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले खेलाडीलाई पुरस्कृत गर्दै १३औं सागमा उत्कृष्ट प्रदर्शन गरी नेपालको छवि अन्तर्राष्ट्रियजगतमा उच्च बनाएको आफूहरू गौरवान्वित भएको बताए।

विभाग प्रमुख बस्नेतले रजत र कांस्य विजेतासँगै प्रशिक्षकलाई पनि क्रमैसँग सम्मान गर्ने प्रतिबद्धता जनाए। 

राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्य–सचिव रमेशकुमार सिलवालले हरेक राजनीतिक पार्टीले खेलकुदलाई महत्व दिने हो भने नेपाली खेलकुदलाई अझ उचाइमा पु-याउन सहज हुने बताए। 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
कोरोना कहरमा सांकेतिक रथयात्रा [फोटो फिचर]

काठमाडौं–कोरोना महामारीका कारण ललितपुरमा यसवर्ष रातो मत्स्येन्द्रनाथको रथयात्रा सांकेतिक रुपमा मात्र भएको छ। करिब १ सय ५० जनाले स्वास्थ्य मापदण्ड

स्वास्थ्यमन्त्री र सामाजिक विकासमन्त्रीको राजीनामा माग्दै जनकपुरमा प्रदर्शन

जनकपुरधाम–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी र प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको राजीनामा माग्दै युवाहरूले जनकपुरमा प्रदर्शन गरेका छन्।

जब गाडेका शव नदी किनारमा उत्रन थाल्छन्…

लखनऊ–सबैभन्दा धेरै जनसख्या भएको भारतीय राज्य उत्तरप्रदेशमा कोरोनाभाइरस महामारीको दोस्रो लहर ‘हरर स्टोरी’ मा परिणत हुन थालेको छ। भारतका विभिन्न

रुपन्देहीमा नेपाली सेनाले झार्‍यो १२० सिलिण्डर अक्सिजन

बुटबल–रुपन्देहीमा देखिएको अक्सिजन अभाव कम गर्न नेपाली सेनाको विमानबाट सिलिण्डर झारिएको छ। अर्थमन्त्री विष्णु पौडेलको पहल तथा बुटवल उपमहानगरपालिकाको समन्वयमा