फोहर घटाउन पोखरा महानगरको नयाँ अभियान


विचार
आयोमेल संवाददाता
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको

आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा

आयाेमेल संवाददाता
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा


पोखराको ल्यान्डफिलमा अहिले दैनिक १ सय ८२ टनसम्म फोहर जम्मा हुन्छ। त्यसमध्ये झन्डै ७० प्रतिशत कुहिने खालका हुन्छन्। अबको ४ महिनापछि पोखराले भइरहेको ल्यान्डफिल प्रयोग गर्न पाउने छैन।

निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएकाले उक्त साइट आउँदो पुससम्म हटाउनुपर्ने समयसीमा छ। उक्त विमानस्थल निर्माणको ६२ प्रतिशत काम भइसकेको छ। 

ल्यान्डफिल साइट हटाउनुपर्ने भएपछि पोखरा महानगरपालिकाले फोहर व्यवस्थापन गर्ने ठाउँको खोजी गरिरहेको छ। ठाउँको खोजीसँगै महानगरले ल्यान्डफिलमा पुग्ने फोहरलाई घटाउने गरी फोहर वर्गीकरणको योजना बनाइरहेको महानगरको सहरी योजना आयोग सदस्य सरोज कोइराला बताउँछन्। 

महानगरले ‘छुट्याऔं फोहर, बनाऔं मोहर’ भन्ने नारासहित फोहर वर्गीकरण तथा व्यवस्थापन अभियान सुरु गर्न लागेको हो। जनप्रतिनिधि नभएका बेला टोल विकास संस्थामार्फत पोखरामा टोलटोलमा फोहर वर्गीकरण अभियान थालिए पनि सफल भएको थिएन। अहिले फेरि त्यही अभियानलाई महानगरले जगाउने प्रयास गरेको हो। 

कुहिने फोहरलाई घरमै व्यवस्थापन गर्न प्रोत्साहन गर्ने नीतिअनुसार महानगरले १ सय ४८ सदस्यीय मूल समिति गठन गरेको छ। ‘अब फोहरलाई ३ तहमा वर्गीकरण गर्छौं। त्यसमा कुहिने फोहरलाई घरमै प्रयोग गर्ने, पुनः प्रयोग हुनसक्नेलाई बेच्ने र फाल्नैपर्नेलाई ल्यान्डफिल्ड लैजाने हुन्छ,’ सदस्य कोइरालाले भने, ‘यसको मुख्य उद्देश्य भनेको फोहर घटाएर ल्यान्डफिल्डको आयु बढाउनु हो।’बिक्री गर्न योग्य फोहरका लागि पछि छुट्टै कार्यविधि बनाइने भएको छ। मेयर मानबहादुर जिसीको संयोजकत्वमा फोहर वर्गीकरण तथा व्यवस्थापन अभियान मूल समिति गठन भएको छ। समितिको बिहीबार बसेको बैठकले फोहर्र करण मापदण्ड तयार गरी स्वीकृत गर्ने, हाल सञ्चालनमा रहेका संकलन प्रक्रियालाई यथास्थितिमा नै चार महिनासम्म निरन्तरता दिने र फोहर व्यवस्थापन तथा मूल्यलगायतका मापदण्ड निर्माण गरी स्वीकृतिका लागि महानगरमा सिफारिस गर्ने निर्णय गरेको छ।

बैठकमा मेयर जिसीले घरमा उत्पादन हुने फोहरलाई ३ प्रकारले वर्गीकरण गरी संकलन गरेर व्यवस्थापनमा अभिप्रेरित गर्ने अभियानको उद्देश्य रहेको बताए। उनले घरमा उत्पादित फोहरमध्ये कुहिने फोहरलाई कम्पोस्ट मल तथा इनर्जी निकाल्न प्रेरित गर्दै कौसी खेती वा करेसाबारीमा सदुपयोग गर्न अभियानले सघाउने बताए। उनका अनुसार पुनः प्रयोग हुने फोहरलाई बिक्री गरी आम्दानी गर्ने र फाल्नै पर्नेलाई छुट्टै संकलन गरी महानगरले व्यवस्था गरे अनुसार बिर्सजन गर्न अभियानले प्रोत्साहन गर्नेछ। 

६ वर्ष पहिले पोखरा उप–महानगरपालिका फोहर व्यवस्थापनमा देशकै सर्वोत्कृष्ट बनेको थियो। फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले त्यसबेला पोखरालाई देशकै उत्कृष्टको प्रमाणपत्र दियो। तर, त्यो खुसी धेरै टिक्न पाएन। अर्को वर्ष अर्थात् २०७२ सालमा हेटौंडाले पोखरालाई पछि पा¥यो। मूल्यांकनका १५ सूचकांकलाई हिसाब गर्दा अघिल्लो वर्ष उत्कृष्ट बनेको पोखरा अर्को वर्ष १०औं नम्बरमा पुग्यो। 

पोखरामा नयाँ ल्यान्डफिल साइट तयार नभएकाले घरमै फोहर छुट्याएर बिक्री गर्नुको विकल्प नभएको महानगरको सरसफाइ शाखा प्रमुख कल्पना बराल बताउँछिन्। ‘राम्रोसँग व्यवस्थापन गर्ने हो भने पुनः प्रयोगमा आउनसक्ने फोहरलाई १ महिनासम्म स्टोर गर्न सक्छौं। त्यसपछि व्यक्तिगत वा सामूहिक हिसाबमा विक्री गर्न सकिन्छ,’ प्रमुख बरालले भनिन्। उनका अनुसार पोखरा–७ को माछापुच्छ«े महिला क्लबले चारवटा पानीको बोटललाई १ रुपैयाँमा बेच्दै आएको छ। 

पोखरामा गुजुल्टिएको तार हटाउने, बसमा ई–टिकेटिङ लागू गर्ने, नो–हर्न जोन बनाउनेलगायतका अभियान सुरु भएको २ महिना नपुग्दै रोकिएका थिए। फोहर संकलन र बिक्री गर्ने ठाउँको व्यवस्था गर्न सके फोहर व्यवस्थापन अभियान असफल नहुने प्रमुख बरालको दाबी छ। 

‘यो भनेको ई–टिकेटिङजस्तो जटिल कुरा होइन। अल्छी नगरे सफल हुन्छ,’ उनले भनिन्, ‘संकलन गरेर राखेपछि व्यवस्थापन गर्न नसके घरबाहिर लगेर फाल्नुको विकल्प हुँदैन। पैसा दिने मान्छेको व्यवस्थापन महानगरले गर्दिन सके यो मोडल फेल हुँदैन।’

स्रोतमै फोहर वर्गीकरण गर्न सके ल्यान्डफिल साइटको आयु बढ्ने योजना आयोगका सदस्य कोइरालाले बताए। उनका अनुसार पोखराको क्षेत्र ठूलो भएकाले भेग हेरेर ३ ठाउँमा ल्यान्डफिल साइट निर्माण गर्नुपर्ने अध्ययनले देखाएको छ। पोखरा–१६, २२ र ३३ मा ल्यान्डफिल साइट निर्माण गर्न सकिने प्रारम्भिक अध्ययनले देखाएको सदस्य कोइरालाले जानकारी दिए। 

घरबाट निस्कने कुहिने फोहरलाई प्रयोग गर्न सके तरकारी आयात गर्न नपर्ने महानगरका कृषि महाशाखा प्रमुख मनहर कडरिया बताउँछन्। पोखरामा वार्षिक ७ देखि ८ अर्बको तरकारी आयत हुने गरेको भन्दै उनले घरमा कौसी खेती गर्न सके परिवारको माग धान्न सक्ने बताए। 

उनले भने, ‘हामी विषादी हालिएको तरकारी खान बाध्य छौं। तर, भान्साबाट निस्कने फोहरलाई मलको रूपमा प्रयोग गरेर कौसी खेती गर्न सके ४ जनाको परिवारलाई पुग्छ। अहिले पोखरामा मासिक ५० करोड बराबरको तरकारी भित्रिन्छ।’

२०३६ सालमा तत्कालीन पोखरा नगरपालिका हुँदादेखि कर्मचारी नियुक्त गरेर पोखरामा सरसफाइ थालिएको हो। त्यसको १० वर्षपछि गाडी ल्याएर फोहर व्यवस्थापन गरिएको थियो। पोखरा उप–महानगरपालिका बनेपछि २०५५ सालमा ल्यान्डफिल साइट निर्माणको काम अगाडि बढेको थियो। त्यसको ३ वर्षपछि २०५९ सालमा साइट तयार भएकोमा २०६१ सालदेखि त्यहाँ फोहर व्यवस्थापन हुँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
सुरुङभित्र मजदूरको मृत्यु : अरुण तेस्रोको काम ठप्प

संखुवासभा–संखुवासभाको निमार्णाधीन ९०० मेगावाटको अरुण तेस्रो जलविद्युत् परियोजनाको विद्युत् गृहस्थलको काम बुधबारदेखि ठप्प भएको छ। सुरुङभित्र मजदूरको मृत्यु भएपछि क्षतिपूर्तिको

राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको