प्रदेश १ मा कोरोना कहर, मन्त्रीहरूको काठमाडाैं सयर 


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


प्रदेश १ मा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन बढिरहेको छ।

लकडाउन खुलिसकेको अवस्थामा स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ पालना नगरिए संक्रमण भयावह अवस्थामा पुग्ने चिकित्सकहरूले चेतावनी दिइरहेका छन्।

यो अवस्थामा प्रदेश सरकारले कोरोना रोकथामका लागि उचित कदम चाल्नुपर्ने हो। तर, प्रदेश १ मा भने ठीक उल्टो भएको छ। 

प्रदेशमा कोरोना कहर रहेका बेला मुख्यमन्त्री शेरधन राईसहितका मन्त्रीहरू काठमाडाैंमा छन्। 

मुख्यमन्त्री राई, आन्तरिक मामिला एवं कानुनमन्त्री हिक्मतकुमार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री ईन्द्रबहादुर आङबो र भौतिक पूर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङ पार्टीको गुटगत भेलामा सहभागी हुन राजधानी पुगेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओली पक्षीय नेता राई आफ्नो लाइनका नेताहरूसँगको भेटघाट तीव्र बनाएको उनी निकटहरूले जानकारी दिएका छन्।

कार्की प्रधानमन्त्रीले बोलाएको आन्तरिक मामिलामन्त्रीहरूको भेलामा सहभागी भए पनि अझै काठमाडाैंमा ओली पक्षीय नेताहरूसँगको भेटघाटमा व्यस्त छन्।

अहिले प्रदेश १ को राजधानी विराटनगरमा कोरोनाको संक्रमण समुदाय तहमा पुगिसकेको चिसित्सकहरूको निष्कर्ष छ। 

दुुई ठूला सहर इटहरी र धरानमा पनि कोरोनाको संक्रमण समुदायमा फैलिएको बताइन्छ। उदयपुर र सुनसरी सदरमुकाम इनरुवामा कोरोना संक्रमण बढिरहेको छ।

बुुधवार कोरोनाका कारण ज्यान गुमाएका मोरङका ४५ वर्षीय पुरुषको शव झन्डै २४ घण्टापछि मात्र उठेको छ।

धरानस्थित बिपी प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले शव उठ्न ढिला हुनुले प्रतिष्ठान जस्तो ठूलो स्वास्थ्य संस्थामा थप जोखिम बढ्नुरहेको तर्क गरे।

उनले कोरोनाका बिरामीको ज्यान भएपछि त्यसको १ घन्टाभित्र शव उठाएर संक्रमित क्षेत्र डिस्इम्फेक्ट गर्नुुपर्ने प्रावधान रहेको बताए। 

यसरी प्रदेशको पछिल्लो स्वास्थ्य समस्यासँग जुध्न आवश्यक सुरक्षाकर्मीको परिचालन गर्न आवश्यक पर्ने गृहमन्त्री, आर्थिक व्यवस्थाका लागि निर्णय लिनुपर्ने आर्थिक मन्त्री र मन्त्रालय तहमा समन्वय गर्दै अभिभावकत्व खेल्नुपर्ने जिम्मेवारीमा रहेका मुख्यमन्त्री नै प्रदेश बाहिर रहनुले पछिल्लो अवस्थाप्रति सरकारको गम्भीरता नदेखाएको प्रष्ट झल्किन्छ। 

यसरी प्रदेश १ मा अहिलेसम्मकै उच्च जोखिममा पुगिसक्दा प्रदेशको जिम्मेवारी लिएका मन्त्रीहरू काठमाडाैं हुनुले अभिभावक गम्भीर नदेखिएको विपक्षी दलका नेताहरुले आरोप लगाएका  छन्। 

नेपाली कांग्रस संसदीय दलका नेता राजीव कोइरालाले मन्त्रीहरू नागरिकको अभिभावकत्व ग्रहण गर्नबाट चुकिरहेको बताए।

‘कोरोना नियन्त्रणमा ध्यान दिनुपर्नेमा मन्त्रीहरू गम्भीर देखिएनन्,’ कोइरालाले भने, ‘प्रदेश सरकारको चरम लापरवाही देखिएको छ।’

कोइरालाले कोरोना परीक्षणको दायरा बढाउनुपर्ने बताए। 

समाजवादी पार्टी नेपालका संसदीय दलका नेता जयराम यादवले सरकारको ध्यान कोरोना संक्रमण नियन्त्रणमा जान नसकेको बताए।

‘यो सरकारको गैरजिम्मेवारपन हो,’ यादवले भने, ‘हाम्रा मन्त्रीहरू जनताको सेवा गर्नुको साटो पार्टीगत राजनीतिमा व्यस्त देखिए।’ 

प्रदेश १ मा पहिलो पटक चैत ५ गते कोरोना देखिएको थियो। उदयपुरका भुल्केमा रहेका भारतीय नागरिकमा कोरोना देखिएको पुष्टि भएको थियो।

भुल्के मोडेल विकास गरेर त्यहाँको कोरोना नियन्त्रण गर्न सफल रहेको प्रदेश सरकार बताउँदै आएको थियो।

तर, अहिले कोरोना संक्रमण समुदाय स्तरमा फैलिए पनि नियन्त्रणका लागि ठोस कदम चालिउको छैन।

प्रदेश १ मा हालसम्म ९ सय ८७ मा कोरोना पुष्टि भएको छ।

निको भएर घर फर्कनेको संख्या ७ सय ८७ रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा. सुरेश मेहेताले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख