निर्मला हत्या प्रकरणमा मुछिएका एसपी विष्टसहित ८ प्रहरीले सफाइ पाए


विचार
आयाेमेल संवाददाता
ओमानबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले

आयोमेल संवाददाता
नेपाल पक्षले दियो ओलीलाई ४ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडाैं–नेकपा एमालेको माधव नेपालसमूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अपरान्ह

आयोमेल संवाददाता
मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त

काठमाडौं–मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त


निर्मला पन्त प्रकरणमा प्रमाण नष्ट र यातनाको मुद्दा खेपिरहेका कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज विष्टसहित आठैजना प्रहरीले सफाइ पाएका छन्। जिल्ला अदालत कञ्चनपुरले आजै उक्त फैसला सुनाएको हो। 

तत्कालीन कञ्चनपुर प्रहरीका एसपी दिल्लीराज विष्ट, डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकिन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदविरुद्ध पक्राउ परेकालाई यातना र प्रमाण नष्ट गरेको भन्दै मुद्दा लागेको थियो। 

सोही मुद्दामा उनीहरू सबैले सफाइ पाएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुराज शर्माले जानकारी दिएका छन्। उनीहरूविरुद्ध निर्मलाकै आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको आरोपमा उजुरी गरेकी थिइन्। 

यसअघि तत्कालीन एसपी डिल्लीराज विष्ट साढे १० लाख, डिएसपी अंगुर जिसी पनि ९ लाख, प्रहरी नायब उपरीक्षक (डीएसपी) ज्ञानबहादुर सेठी, प्रहरी निरीक्षक एकेन्द्र खड्का ९/९ लाख, प्रहरी निरीक्षक जगदीश भट्टलाई ४ लाख, सई हरिसिंह धामीलाई ३ लाख ५० हजार, अर्का सई रामसिंह धामीलाई ३ लाख र प्रहरी जवान चाँदनी साउदलाई २ लाख ५० हजार धरौटीमा रिहा भएका थिए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
ओमानबाट ६०० अक्सिजन सिलिण्डर ल्याइने

काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले ओमानको मस्कटबाट ६०० थान अक्सिजन सिलिण्डर ल्याउने भएको छ। गैरआवासीय

नेपाल पक्षले दियो ओलीलाई ४ बजेसम्मको ‘अल्टिमेटम’

काठमाडाैं–नेकपा एमालेको माधव नेपालसमूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अपरान्ह ४ बजेसम्मको अल्टिमेटम दिएको छ। उक्त समूहको स्थायी कमिटीका सदस्यहरुको

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पदाधिकारी नियुक्त

काठमाडौं–मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले खुला प्रतिष्पर्धाबाट विभिन्न १७ पदाधिकारी नियुक्त गरेको छ। लामो समयदेखि रिक्त रहेका ती पदमा विश्वविद्यालयले पहिलोपटक

कोभिड–१९ विरुद्धको लडाइँमा नेपाललाई सघाउन आग्रह

काठमाडौं–युरोपेली संघका लागि नेपाली राजदूत गेहेन्द्र राजभण्डारीले कोभिड–१९ विरुद्धको नेपालको लडाडँमा सघाउन युरोपेली आयोगका अध्यक्षसमक्ष आग्रह गरेका छन्। आयोगका अध्यक्ष