मानव अधिकारको अवस्थाबारे अधिकारकर्मीको चासो


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


नेपालगन्जमा प्रदेश ५ को समसामयिक मानवअधिकार अवस्था बारे छलफल गरिएको छ।

अनौपचारिक क्षेत्र सेवा केन्द्र नेपालगञ्जको आयोजना तथा डिसिएको सहयोगमा आयोजित छलफल कार्यक्रमका सहभागीहरूले लकडाउनको समयमा मानव अधिकार रक्षक माथि भएका दुब्र्यवहार घटना प्रति ध्यानाकर्षण भएको जनाएका छन्।

इन्सेक प्रदेश ५ प्रमुख भोला महतले लकडाउनको समयमा स्वास्थ्यकर्मीहरूलाई डेराबाट निकालेको, समाचार सङ्कलनमा रहेका पत्रकारमाथि कुटपिट र दुर्व्यवहार गरिएको बताए

। प्रमुख महतले सरकारले पुर्व जानकारी बिना लकडाउन गरेकोले मानिसहरूलाई समस्या परेको बताउदै क्वारेण्टाइनको उचित व्यवस्थापन नहुँदा कोभिड- १९ को जोखिम रहेको औंल्याए।

नेपाल बार एशोसिएशनका उपाध्यक्ष सुनिल श्रेष्ठले कोरोनाका कारण न्यायिक निकायहरू प्रभावित भएकाले न्याय सम्पादनमा समस्या भएको बताए। उनले हालको परिस्थितिमा घटनालाई मात्र नभई घटनाको अवस्थालाई पनि चित्रण गर्न आवश्यक रहेको बताए।

राष्ट्रिय मानवअधिकार आयोगकी अधिकृत द्वारिका अधिकारीले राहत वितरणमा एकरुपता नभएको बताइन्। उनले गर्भवति महिलाले धेरै समस्या खेप्नु परेको बताउदै चिकित्सकहरूले सामान्य रोगको पनि औषधि नगर्दा अर्को रोगले ग्रसित पारेको बताइन्।

उच्च अदालत बार एशोसिएशनका नेपालगञ्जका अध्यक्ष विकास आचार्यले खाद्य वस्तुमा मिसावट गरेर बिक्री वितरण भएको बताए। अभियान नेपालकी अभियन्ता कमला पन्तले शारीरिक हिंसामात्र नभइ मानसिक हिंसाका विषयलाई पनि अधिकारकर्मीहरूले उजागर गर्न आवश्यक रहेको बताइन्।

उनले कोरोना भाइरसका कारण देश विदेशबाट जागिर छोडेर घर बसेकालाई परेको मानसिक समस्यार राज्यले गरेको व्यवहारका विषयमा इन्सेकले अध्ययन गर्न सुझाव दिइन्।

उपभोक्ता हित संरक्षण मञ्चका अध्यक्ष अधिवक्ता बसन्त गौतमले लकडाउनका वेला काम गर्नमा धेरै चुनौति आएको बताए। महिला बालबालिकाहरु भोकमरीमा परेको बताए।

मानवअधिकारकर्मी प्रकाश उपाध्यायले न्यायिक समितिहरु सवै बन्द गरेको र कुनै पोष्टहरुपनि नराखेकोले ९० प्रतिशत घटना घरभित्रै लुकेको बताए। उनले लकडाउनका समयमा न्यायिक समितिमा कुनैपनि उजुरी नआएकोले यसमा सवैको ध्यान हुनुपर्ने बताए।
 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।