बुटवलमा विद्यालयका क्वारेन्टाइन हटाउन सुरु


विचार
आयाेमेल संवाददाता
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा

आयाेमेल संवाददाता
सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम

आयाेमेल संवाददाता
बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७


बुटवल उपमहानगरपालिकाले विद्यालयमा रहेका क्वारेन्टाइन हटाउन सुरु गरेको छ। संघीय सरकारले भदौ १ गतेदेखि नयाँ भर्ना गर्ने निर्णय गरेसँगै उपमहानगरपालिको क्वारेन्टाइन हटाउने र निमूलीकरण गर्न लागेको हो।

तीन दिन भित्र उपमहानगरभित्रका विद्यालयमा रहेका क्वारेन्टाइनलाइ हटाउने उपमहानगरपालिका शिक्षा तथा स्वास्थ्य महाशाखा प्रमुख मित्रमणि खनालले जानकारी दिए। उनका अनुसार बुटवलको नहरपुर मावि, मोतिपुर मावि, नवरत्न मावि, कान्ति मावि, कालिका मानवज्ञान मावि र कोरियन टेक्निकल इनिष्टिच्यूट गरी ५ वटा शैक्षिक संस्थामा क्वारेन्टाइनको व्यवस्था गरिएको थियो।

 त्यसमध्ये कान्ति माविको क्वारेन्टाइन हटाइ निमूलीकरण समेत गरिएको र अन्य विद्यालयका क्वारेन्टाइन पनि तीन दिन भित्र हटाइ निमूलीकरण गरिने उनले बताए। कालिका मानवज्ञान माविमा भने क्वारेन्टाइनका लागि व्यवस्थापन गरिएपनि प्रयोगमा नआएको उनले जानकारी दिए।

विद्यालयमा पठन पाठनको वातावरण तयार गर्नका लागि उपमहानगरले विद्यालयमा रहेका क्वारेन्टाइनलाई हटाउने निर्णय गरेको महाशाखा प्रमुख खनालको भनाइ छ।

संघीय सरकारको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि भर्ना सुरु गर्ने निर्णय गरेपछि शिक्षा, विज्ञान तथा प्रवधि मन्त्रालयले विद्यालयमा रहेका क्वारेन्टाइन र आइसोलेसन खाली गर्ने निर्देशन गरेको थियो। मन्त्रालयले भर्नासहित शैक्षिक क्रियाकलाप सञ्चालन गर्न सहजीकरणका लागि मन्त्रालयले सात बुँदे निर्देशन समेत जारी गरेको छ।

जसअनुसार शैक्षिक सत्र २०७६ को नतिजा प्रकाशन गर्न बाँकी रहेको भए नतिजा प्रकाशन गर्न भनिएको छ। त्यसैगरी भदौ १ गतेदेखि नयाँ विद्यार्थी भर्ना गर्ने र कक्षागत रुपमा विद्यार्थीको संख्यात्मक विवरण यकीन गर्न, भर्ना भएका विद्यार्थीको शैक्षिक तथ्यांक भराउन निर्देशन दिइएको छ।

होटललाइ क्वारेन्टाइन बनाउँदै बुटवल उपमहानगर

बुटवल उपमहानगरपालिकाले विद्यालयका क्वारेन्टाइन हटाएपछि बुटवलका ७ वटा होटलमा क्वारेन्टाइनको व्यवस्था गरिएको छ। होटलमा बस्नेहरूले व्यक्तिगत रुपमा होटल खर्च बहोर्नुपर्नेछ। 

त्यसका लागि उपमहानगरले कोटेशन आब्हान गरी दररेट निर्धारण गरिदिएको उनले बताए। ति होटलहरूले ८ सय देखि २ हजार ५ सय सम्मको दररेट पेश गरेका छन्।

तर पैसा तिर्न नसक्नेहरूका लागि सामुदायिक क्वारेन्टाइनको व्यवस्था पनि उपमहानगरले गरेको छ। फिफा टेक्निकलको भवनमा सामुदायिक क्वारेन्टाइन संचालन हुने उपमहानगरले जनाएको छ। बुटवलमा अहिले तीन दर्जन व्यक्ति क्वारेन्टाइनमा रहेका छन्।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राष्ट्रियसभा उपनिर्वाचनमा राप्रपाले ‘बादल’ लाई मत दिने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशको राष्ट्रियसभा सदस्यका लागि हुन लागेको उपनिर्वाचनमा नेकपा एमालेका उम्मेदवार रामबहादुर थापा

सबै पार्टी र नेता निरीह भए : भट्टराई

काठमाडौं – जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले वर्तमान अवस्थामा सबै पार्टी र नेता निरीह बनेका आरोप

बारामा हृदयविदारक घटना : बालकै रहेका दाइ-भाइको हत्या

काठमाडौं – बारामा दुई बालकको हत्या भएको छ। कलैया नगरपालिका–७ बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अहमान अन्सारीको

भीमको नयाँ आकस्मिक भवनमा १५ शय्याको एचडियु सेवा सुरु

बुटवल – भैरहवामा रहेको भीम अस्पतालको नवनिर्मित आकस्मिक कक्षमा १५ शय्याको उपचार सेवा सुरु भएको छ। लिफ्टसहित १५ वटा थप