सशस्त्रको खरिदमा आइजी खनालको विशेष मोह


विचार
आयाेमेल संवाददाता
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा

आयाेमेल संवाददाता
बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति

आयाेमेल संवाददाता
फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो :…

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र


सशस्त्र प्रहरी बलले आर्थिक वर्ष २०७५/७६ का लागि फर्निचर शीर्षकमा विनियोजित बजेटबाट एक करोड ३२ लाखबढीको सामग्री खरिद गर्न बोलपत्र आह्वान गरेको थियो।

ती सामग्रीहरू खरिद भएपछि आर्थिक ऐन-नियमानुसार गन्ती तथा गुणस्तर चेकजाँच समिति गठन गरियो भनिएको थियो।

समितिको सिफारिसपछि भण्डार दाखिला गरी दाखिला प्रतिवेदन अनुसार भुक्तानीको विधि र प्रक्रिया अपनाउने भनिएको थियो।

तर, फर्निचरका सामानहरू भण्डार शाखामा गएनन्। सशस्त्र प्रहरी मुख्यालयको विश्वसनीय स्रोतले भन्छ- ती सामग्री  सिधै कार्यालयहरूमा पठाइयो।

त्यसपछि मात्र मर्मत शाखा प्रमुख डिएसपी सरोजसिंह बस्नेतको अध्यक्षतामा गन्ती समिति गठन गरियो। भन्डार शाखा नपुगेका ती सामान ठिक छन् भन्ने प्रतिवेदन बस्नेत समितिले दिएको आरोप मुख्यालयलाई लागेको छ।

ती सामान सशस्त्र मुख्यालयका विभाग, निर्देशनालय, महाशाखा, शाखा तथा मातहत कार्यालयहरूमा ‘प्रहरी महानिरीक्षक’को आदेश भन्दै वितरण गरिएको छ।भण्डारण दाखिला नभएपछि त्यहाँका कर्मचारी निकै समस्यामा परे। मर्मत शाखाका कर्मचारीले ठेक्काबाट प्राप्त भएको भनी फर्निचरका सामानहरू वितरण गरेका थिए।

ती सामान न्यू नेहा इन्टरप्राइजेज काठमाडौं र सिएन काठमाडौंबाट ल्याइएको थियो।

न्यू नेहा इन्टरप्राइजेजको भ्याट नम्बर ३०१३२९६४४, बिल नम्बर ३८९ र सिएनको भ्याट नम्बर ३०२०१७१२८ बिल नम्बर १२१ बाट समेतले खरिद भएको देखाउँछ।

बस्नेतको अध्यक्षतामा रहेको समितिले ती सबै सामग्री गुणस्तरीय रहेको प्रतिवेदन दिएको छ। ‘भण्डार शाखामा प्राप्तै नभएका सामग्रीको गुणस्तरको परीक्षण कसरी भयो हामीलाई अचम्म लागेको छ,’ सशस्त्र प्रहरी मुख्यालय स्रोतले भन्यो, ‘भण्डारण शाखामा आउँदै नआएका सामग्री गुणस्तरीय छन् भनेर समितिले कसरी भन्यो? नियमअनुसार त भण्डारण शाखामा आएपछि परीक्षण हुनुपर्ने हो नि।’

साधारणतया, खरिद गरिएका सामग्री भन्डारण शाखामा आउनुपर्ने खरिद नियमावलीको व्यवस्था हो। त्यसपछि उक्त शाखाले गन्ती तथा गुणस्तर परीक्षण गर्न समिति गठन गर्न सिफारिस गर्छ। उसको सिफारिसपछि गुणस्तर परीक्षण समिति गठन गरिन्छ।

तर, यो खरिदमा भण्डारण शाखाले सामानहरू प्राप्त गरेर गुणस्तर परीक्षणको प्रक्रिया अघि बढाउन नपाएको देखिएको सम्बद्ध अधिकारीहरूले बताएका छन्।

सम्बद्ध अधिकारीहरूका अनुसार हिजोआज मुख्यालयबाट हुने खरिदले आर्थिक ऐनको दायित्व भुल्न थालेका छन्। ती सामग्री ठेकेदारबाट ल्याएर सिधै कार्यालय-कार्यालय पठाइएको थियो।

‘पहिले कार्यालयमा पठाएर गुणस्तर परीक्षण गर्नु भनेको सामान्य आर्थिक दायित्व भुलेर गरिने काम हो, यसो गर्दा नियम, प्रक्रिया र पद्धति मिलेन भनिएको हो,’ मुख्यालयका एक अधिकारीले भने।    

डिएसपी बस्नेतले पनि ती सामान भण्डार शाखामा आएपछि राम्ररी परीक्षण गरिएको बताएका छन्। यसो गर्दा भण्डारबाट अपनाइने कानुनी प्रक्रिया मिल्यो कि मिलेन भन्नेबारे उनले भने, ‘हामीले गर्ने सबै कामहरू खरिद नियमावली अनुसार नै हुन्छन्। बाँकी कुरा प्रवक्ताज्यूबाट बुझ्नुहोला।’  

यस्तै, सशस्त्र प्रहरी मुख्यालयले आर्थिक वर्ष २०७६/७७ को लागि फर्निचर तथा पिक्चर्स शीर्षकमा विनियोजन भएको रकममध्ये ८९ लाख बराबरको फर्निचर खरिदका लागि बोलपत्र आह्वान गर्‍यो।

उनै डिएसपी बस्नेतको अध्यक्षतामा गन्ती तथा गुणस्तर समिति गठन भयो। सामानहरू ठिक भएको प्रकितवेदन भण्डारण शाखामा पठाइयो। तर, ती सामान भण्डारण शाखामा गएनन्।

पठाइएको प्रतिवेदनसमेत ‘नक्कली’ बनाइएको आरोप मुख्यालयलाई लागेको छ। ‘झुठा कागजात तयार पारी भुक्तानी समेत दिइसकिएको छ। तर, कुनै पनि फर्निचरका सामान भण्डारण शाखामा प्राप्त भएका छैनन्,’ यो गुनासो सशस्त्र प्रहरी मुख्यालयबाट गृह मन्त्रालयसम्म पुर्‍याउनेहरूले उपलब्ध गराएको विवरणमा उल्लेख छ, ‘उक्त कुरा सम्बन्धित कर्मचारी, आकस्मिक निरीक्षण तथा चेकजाँचबाट थाहा लागिसकेको छ।’

सामग्री खरिद गरिएको कृष्ण स्टेशनरी तथा जनरल सप्लायर्सको भ्याट नम्बर ५००२२७४२६ र बिल नम्बर २०९ बाट देखिएको छ।

अनियमितता भयो कि भन्ने शंका उत्पन्न भए पनि अहिलेसम्म त्यसको निवारण भएको छैन। सशस्त्र प्रहरीले गुनासो आए पनि आन्तरिक रुपमा छानबिन नगरेपछि असन्तुष्टहरू गृह मन्त्रालय पुगेका छन्।

तर, गृह मन्त्रालयले खरिद, अनियमितता तथा भ्रष्टाचारजन्य प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग देखाउँदै पन्छिने गरेको छ। ‘अनियमितता र भ्रष्टाचारजन्य विषयवस्तु अख्तियारको क्षेत्राधिकारभित्र पर्ने कुरा हो, हामीले छानबिन र अनुसन्धान गर्नेभन्दा अख्तियारबाटै प्रभावकारी रुपमा यस्ता कुरामा छानबिन हुन्छ,’ गृहका एक अधिकारीले भने।

यी दुई खरिद अपारदर्शी भएको गुनासो निवारण गर्न तत्कालै सोधीखोजी थालिने सशस्त्र प्रहरी प्रवक्ता राजु अर्यालले बताए। ‘खरिद हुने हरेक सामग्री खरिद नियमावलीअनुसार परीक्षण हुन्छन्, सिधै कार्यालय-कार्यालय पुर्‍याइँदैन,’ उनले भने, ‘यो खरिदमा के कसो भएको हो, म बुझ्छु।’

यी खरिदमा प्रबन्ध शाखा बढी उत्तरदायी हुनुपर्ने हो। तर, गुणस्तर परीक्षण तथा गन्ती गर्न सशस्त्र प्रहरी महानिरीक्षकको सचिवालय बढी अग्रसर देखिएको छ।

आर्थिक वर्ष २०७५/७६ मा खरिद गरिएका यी फर्निचरका सामग्रीमा सिधै महानिरीक्षकको सचिवालय सक्रिय भई गुणस्तर परीक्षण गरिएको देखिएको छ।

उक्त वर्षमा खरिद भई प्राप्त भएका सामग्रीको गुणस्तर जाँच गर्न महानिरीक्षकको सचिवालयले सिधै मर्मत शाखालाई चिठी लेखेको छ। मर्मतले बुझाएको प्रतिवेदनमा भनिएको छ, ‘२०७६ वैशाख ५ गतेको पत्रमा उल्लेख भएअनुसार आब २०७५/७६ मा सशस्त्र प्रहरी बल नेपालको लागि आवश्यक भएका विभिन्न किसिमको फर्निचरसँग सम्बन्धित सामानहरू प्रबन्ध महाशाखा र न्यू नेहा इन्टरप्राइजेजसँग द्विपक्षीय खरिद सम्झौता भए बमोजिम खरिद गरिएका सामानहरू उक्त कम्पनीमार्फत भण्डार महाशाखामा प्राप्त भए, ती सामानहरू माग भएबमोजिमको गुणस्तरका छन्।’

यी प्रतिवेदन महानिरीक्षक शैलेन्द्र खनालले बुझेर ‘निमानुसार गर्नू’ भनी तोक लगाएको देखिन्छ। प्रबन्धका खरिदारीमा सिधा संस्थाको प्रमुख संलग्न भएको देखिन्छ।

सदाचार नीति अपनाउने संस्थाको प्रमुखले खरिदारीमा आफूलाई अलग राख्न चाहन्छन्, सम्बद्ध शाखालाई नै उत्तरदायी बनाउँछन्। ‘जब खरिदमा संस्थाको प्रमुख व्यक्तिले चासो राख्न थाल्छ, अपारदर्शी कामहरू हुन थाल्छन्,’ सुरक्षासम्बन्धी खरिदबारे जानकार एक उच्च प्रहरी अधिकारी भन्छन्।

आब २०७५/७६ को खरिदमा जसरी महानिरीक्षक खनाल आफैं संलग्न भएका थिए, २०७६/७७ मा पनि सोही काम दोहोरिएको आयोमेललाई प्राप्त कागजातबाट देखिन्छ।

सशस्त्रका खरिदारी कागजातहरु-

सबै हेर्नुहोस्

सशस्त्रमा भ्रष्टाचारको सूचना दिनेहरूमाथि छानबिन, एआइजीको नेतृत्वमा समिति

सशस्त्र प्रहरीको बुलेटप्रुफ ज्याकेट र ढाला खरिदमा अनियमितता

ग्यास ग्रिनेड पठाउन नसक्दा सशस्त्रको सुडान मिसन संकटमा 

सशस्त्रमा चुलिँदो अराजकता: जवानबाट लगातार कुटिँदैछन् हाकिम 

यी हुन् सशस्त्र आइजीले लुकाएका राशन घोटाला

सीमा ह्वाङ्ग पार्ने खेलमा सशस्त्रका आइजी खनाल

सीमाबाट फौज हटाइनु राष्ट्रघात

सशस्त्र प्रहरीको जन्म, अस्तित्व र भविष्य

‘ओएन्डएम’ मै सशस्त्र आइजीकाे किर्त


प्रतिक्रिया दिनुहोस्
थप समाचार
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा गर्छु’ भन्नुपर्नेमा राष्ट्रपति विद्यादेवी भण्डारीले सम्झाउँदा पनि टेरेनन्, टारिदिए। त्यसमै

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको

भारतमा कोरोना संक्रमण : जहाँ मृत्यु पनि लुकाइन्छ

भारतको गुजरातबाट प्रकाशित हुने एउटा प्रमुख अखबारका सम्पादककी श्रीमती एक सरकारी अस्पतालमा आफ्नी छोरीलाई कोरोना परीक्षण गराउन पुगेकी थिइन्। आफ्नो