मुक्तिनाथ विकास बैंकले जनकपुरमा खोल्यो क्षेत्रीय कार्यालय


विचार
आयोमेल संवाददाता
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन…

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ

आयोमेल संवाददाता
ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं

आयोमेल संवाददाता
जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको…

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका


मुक्तिनाथ विकास बैंकले प्रदेश २ को क्षेत्रीय कार्यालय जनकपुरमा सञ्चालनमा ल्याएको छ। आधुनिक बैंकिङ्ग, ग्रामीण बैंकिङ्ग र लघुवित्तसम्बन्धी सेवा एकै साथ सञ्चालन गर्दै आइरहेको मुक्तिनाथ विकास बैंकले जनकपुरमा क्षेत्रीय कार्यालय सञ्चालनका साथै थप एक शाखा विस्तार गरेको हो।

शाखामार्फत ग्राहकहरुको वित्तीय आवश्यक्ता पूरा गर्न सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्नुका साथै लघु व्यवसायीबीच वित्तीय पहुँच पु-याउने लक्ष्य बैंकले राखेको छ।

ग्राहकहरुलाई सुविधाजनक बचत खाता योजना, मुद्दती निक्षेप योजना, डिम्याट खाता, एटीएमलगायतका सुविधा उपलब्ध गराइने बैंकका क्षेत्रीय प्रबन्धक प्रभाष झाले जानकारी दिए। बैंकले विभिन्न कर्जामा मुक्तिनाथ ग्राहक विशेष लाभ योजनासमेत ल्याएको उनले बताए।

यसैगरी ४८ घण्टाभित्र कर्जा स्वीकृत गर्नुका साथै कर्जा स्वीकृत भएको एक वर्षसम्म कायम ब्याजदर परिवर्तन नगरिने सुविधासमेत ग्राहकहरुलाई प्रदान गरिने झाले जानकारी दिएका छन्।

कोरोना महामारीका कारण विश्व आक्रान्त रहेकोबेला महामारी न्यूनिकरण र रोकथामका लागि सरकारले गरेको प्रयासलाई टेवा पु-याउने उद्देश्यले बैंकले मोबाइल बैंकिङ्गलगायत विद्युतीय माध्यमबाट गरिने सम्पूर्ण भुक्तानीहरुलाई निःशुल्क गरेको उनले बताएका छन्।

क्षेत्रीय कार्यालय र नयाँ शाखा स्थापना भएसँगै ४४ जिल्लामा मुक्तिनाथ विकास बैंकको १ सय ३७ शाखा पुगेको छ। बैंकले देशभर २१ वटा एटीएममार्फत सेवा दिइरहेको छ।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
बालुवाटारमा ओलीले भने–स्वास्थ्य प्रणाली कोल्याप्स भयो भन्नु भएन नि!

काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रणमा लिन सक्रियताका साथ लाग्नुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार स्वास्थ्य क्षेत्रसँग सम्बन्धित

ओमानबाट ल्याइयो ५६० थान अक्सिजन सिलिण्डर

काठमाडौं–नेपाल एयरलाइन्सले ओमानबाट ५ सय ६० थान अक्सिजन सिलिन्डर काठमाडौं ल्याइपुर्‍याएको छ। एयरलाइन्सको वाइडबडी जहाजले ओमानको राजधानी मस्कटबाट अक्सिजन सिलिन्डर

जसपाको उपेन्द्र पक्षले भन्यो–संसदीय दलको नेता चयन भएको छैन

काठमाडौं–जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षले पार्टीमा हालसम्म संसदीय दलका नेता चयन नभएको जनाएको छ। केन्द्रीय कार्यकारिणी समितिका तर्फबाट प्रकाश

कांग्रेसले प्रदेशस्तरमा कोभिड-१९ को अवस्थाबारे कार्यक्रम गर्दैे

काठमाडौं–नेपाली कांग्रेसले आइतबारदेखि सातै प्रदेशमा जुम प्रविधिमार्फत् ‘कोभिड-१९ को अवस्था र कांग्रेसको भूमिका’ विषयमा प्रदेशस्तरीय अन्तरक्रिया गर्ने भएको छ ।