कैलालीको दक्षिणी क्षेत्रमा बाढी-डुबान, उद्धारमा कठिनाइ


विचार
आयोमेल संवाददाता
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त…

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार

आयोमेल संवाददाता
उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका

आयोमेल संवाददाता
महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग


मंगलबारदेखिको भारी वर्षाका कारण कैलालीको दक्षिणी क्षेत्रमा बाढी र डुवानको समस्या बढेको छ। जिल्लाका अन्यन्त्रका कयौं बस्ती जलमग्न भएका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार कैलालीको भजनी र टीकापुरका दक्षिणी क्षेत्रमा बाढी आएको छ।

त्यस्तै, जोशीपुर, बर्दगोरिया, सुखड, टीकापुर, जानकीनगर, धनगढी लगायतका क्षेत्रका कयौं क्षेत्र डुबानमा परेका छन् भने कतिपय बस्ती  जलमग्न भएका छन्।

एक सय १० घरपरिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन्। 

काढा र कान्द्रा नदीमा आएको बाढीका कारण भजनी नगरपालिकाका विभिन्न क्षेत्र डुबानमा परेका छन्।

भजनी-३ को दैलेखटोल र  ५ का १५ घर, वडा नम्बर-५ को धुसी, जनकपुर, वडा नम्बर-८ को काँढाढीक र लालबोझीका ३० घर डुवानमा परेको इलाका प्रहरी कार्यालय भजनीका इञ्चार्ज प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए।

डुवान प्रभावित परिवारलाई सडक र सुरक्षित घरमा सारिएको उनले बताए। अहिले काढा र कान्द्रा नदीमा पानीको बहाव उच्च छ।  

कान्द्रा नदीमा बाढी आउँदा उद्धारका लागि भजनी-८ लालबोझी जान समस्या भएको उनले बताए ।

कैलालीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्टका अनुसार सडकपुर बौनियामा जलमग्न हुँदा १६ परिवार अन्यत्रै सारिएको छ।

पथरैया नदी गाउँमा पस्दा जोशीपुरको वडा नम्बर ४ का ८ घर, वडा नम्बर-३ का २५ परिवार घर छाडेर सुरक्षित स्थानमा गएका छन्।

लगातारको वर्षाका कारण धनगढी उपमहानगरपालिका-१, २, ३, ४ र ५ नम्बर वडामा पानी जमेर घरमा पस्दा डुवान भएको प्रहरी नायव उपरीक्षक विष्टले बताए।  

कैलालीमा कर्णाली, मोहना, पथरैया, खुटियामा पानीको सहत खतराको तहसम्म पुगेको छ। स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ। 

ती स्थानमा रेडक्रस, प्रहरी, स्थानीय तहमा गठित विपद् व्यवस्थापन समितिका पदाधिकारीको टोली उद्धारमा खटिएको विष्टले बताए।


प्रतिक्रिया दिनुहोस्
थप समाचार
वैकल्पिक सरकार बन्न नदिने महन्थ–राजेन्द्रको प्रयास होला त सफल?

काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले गठबन्धनको सरकार बनाउन दिएको समयसीमा बिहीबार राति ९ बजे सकिँदै छ। भण्डारीले संविधानको धारा ७६ (२)

उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द

काठमाडौं–काठमाडौँ उपत्यकामा बिहीबारदेखि अत्यावश्यकबाहेक कार्यालय बन्द हुने भएको छ। काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार कोभिड–१९ को जोखिम बढ्दो

महामारीले लखेटिरहँदा चीनसँग किन भाग्दैछन् ओली?

काठमाडौं उपत्यकामा ‘निषेधाज्ञा’ जारी गर्ने तयारी भइरहेका बेला सरकारले भारतसँग अक्सिजन ‘सहयोग’ माग्ने निर्णय गर्‍याे। त्यो बेला भारत आफैं अक्सिजन

गण्डकीका मुख्यमन्त्री गुरुङले लिए सपथ

काठमाडौं–गण्डकी प्रदेशको मुख्यमन्त्रीमा पुनः नियुक्त भएका पृथ्वी सुब्बा गुरुङले पद तथा गोपनीयताको सपथ लिएका छन्। उनलाई बुधबार साँझ प्रदेश प्रमुख