बाघलाई आर्थिक विकास र समृद्धिको आधारका रूपमा पनि लिन सकिन्छ : प्रधानमन्त्री ओली


विचार
आयाेमेल संवाददाता
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा

आयाेमेल संवाददाता
शपथमा लतपत : हेर्नेलाई नै लाज

केपी ओलीले हिजो फेरि प्रधानमन्त्रीको शपथ लिंदा तोकिएको ढाँचाअनुसार ‘…….प्रतिज्ञा

आयाेमेल संवाददाता
बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति


प्रधानमन्त्री केपी शर्मा ओलीले बाघलाई आर्थिक विकास र समृद्धिको आधारका रूपमा पनि लिन सकिने बताएका छन्। 

अन्तर्राष्ट्रिय बाघ दिवस-२०२० को अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले भनेका छन्, ‘बाघ नेपालको पहिचान भएको र यसको संरक्षणमा मात्र नेपालीको शान झल्कनेमा म पूर्ण विश्वस्त छु, मानव जातिको अस्तित्वको लागि पनि बाघ जोगाउनुको अर्को विकल्प हामीसँग छैन।’

अहिले कोभिड-१९ ले गर्दा नेपालको पर्यटन व्यवसाय संकटमा परे पनि भोलिका दिनमा प्रभावकारी संरक्षण गर्न सक्दा बाघ हेर्नका लागि पनि विदेशी पर्यटक नेपाल नआउलान भन्ने कुरा नरहेको उनको भनाइ छ। ‘बाघ पाइने राष्ट्रिय निकुञ्जमा विदेशी पर्यटकको आकर्षण हुने भएको हुँदा बाघलाई आर्थिक विकास र समृद्धिको आधारका रुपमा पनि लिन सकिन्छ,’ प्रम ओलीले भिडियो सन्देशमा भनेका छन्।

बाघ-मानव द्वन्द्वका घटना पनि सार्वजनिक हुने गरेका छन्। यो सम्भावनालाई नकार्न नसकिने उल्लेख गर्दै प्रम ओलीले त्यसका लागि सकेसम्म बाघ र स्थानीय समुदायबीच द्वन्द्व नहुने गरी बाघ पाइने राष्ट्रिय निकुञ्जको व्यवस्थापन गर्नुपर्ने हुने बताएका छन्।

‘आउँदा दिनमा राज्यले वन्यजन्तुबाट पीडित परिवारलाई दिइने राहत रकमलाई समय सापेक्ष रुपमा वृद्धि गर्नेछ, राहत वितरण प्रक्रियालाई सरलीकृत गर्नेछ, द्वन्द्वपीडित परिवारलाई लक्षित गरी संरक्षणका कार्यक्रम सञ्चालन गर्न सम्बन्धित सबै पक्षलाई हार्दिक आव्हान गर्दछु,’ उनले भनेका छन्।

जलवायु परिवर्तनका जोखिम र कोभिड-१९ जस्ता महामारीबाट बाघ पनि अछुतो छैन। जलवायु परिवर्तनका जोखिमबाट बाघलाई बचाउनका लागि पारिस्थितिकीय प्रणालीमा आधारित बासस्थान व्यवस्थापन गर्नुपर्ने उल्लेख गर्दै ओलीले मुख्यगरी बाघको आहरा प्रजातिका लागि आवश्यक पर्ने घाँसेमैदान र सिमसार लगायतका पानीका स्रोतको दिगो संरक्षणमा विशेष ध्यान दिन भनेका छन्।

बाघ संरक्षण गर्दा स्थानीय समुदायको हितलाई केन्द्रमा राखी उनीहरुका हकअधिकार कुण्ठित नहुने गरी संरक्षणका कार्य गर्न पनि ओलीले आह्वान गरेका छन्।

स्वच्छ र सफा पारिस्थिकीय प्रणाली भावी सन्ततिको नैसर्गिक अधिकार भएको हुँदा बाघ संरक्षण गर्नु आवश्यक रहेको उनको भनाइ छ ‘हामी बाँच्नका लागि इकोसिस्टम बचाउनु आवश्यक छ। यसै सन्दर्भमा बाघ बचाउनु अनिवार्य हुन्छ, यसैमा मानव जाति र प्रकृतिको सह(अस्तित्व कायम हुनेमा म पूर्ण विश्वस्त छु,’ ओलीले उल्लेख गरेका छन्।

सन् २०१८ काे तथ्यांक अनुसार नेपालमा दुई सय ३५ बाघ छन्। तर सन् २०२२ मा यसकाे संख्या दुई सय ५० पुर्याउनुपर्ने छ। प्रम ओलीले सन् २०२२ सम्ममा बाघको संख्यालाई दोब्बर बनाउन नेपाल सरकार पूर्ण रुपमा प्रतिवद्ध रहेकाे बताएका छन्।

 


प्रतिक्रिया दिनुहोस्
थप समाचार
राप्रपाको केन्द्रीय महाधिवेशन स्थगित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीको आगामी जेठ २२–२५ सम्म काठमाडौंमा हुने भनिएको केन्द्रीय महाधिवेशन स्थगित भएको छ। राप्रपाका अध्यक्ष त्रय

बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) बाबुराम–उपेन्द्र पक्षको कार्यकारिणी समिति बैठक बस्दै छ। पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न

फर्जी हस्ताक्षर गरेर संसदीय दलको नेता छानियो : रामसहाय यादव

काठमाडौं – जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको नेतामा राजेन्द्र महतोलाई संसदीय दलको नेता चयन गरिएकोप्रति बाबुराम–उपेन्द्र समूहले आपत्ति जनाएको

भारतमा कोरोना संक्रमण : जहाँ मृत्यु पनि लुकाइन्छ

भारतको गुजरातबाट प्रकाशित हुने एउटा प्रमुख अखबारका सम्पादककी श्रीमती एक सरकारी अस्पतालमा आफ्नी छोरीलाई कोरोना परीक्षण गराउन पुगेकी थिइन्। आफ्नो